वर्षा भएसँगै देशभर तापक्रम घट्यो, कहाँ कति छ ?
नेपालबहस संवाददाता
जेठ १९, २०८१ शनिबार २१:२७:४६
१९ जेठ, काठमाडौं । नेपालगन्जमा यही जेठ १७ गते वर्षकै सबैभन्दा धेरै ४४ दशमलव दुई डिग्री सेल्सियस तापक्रम भयो । त्यसपछि धनगढीमा ४४ दशमलव एक डिग्री मापन भएको तापक्रम त्यसको दुई दिनपछि आज देशभरकै तापक्रम घटेको छ ।
ठाउँठाउँमा वर्षा भएकाले अधिकतम तापक्रममा गिरावट आएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले आज साँझ ६ बजे अद्यावधिक गरेको तापक्रमको विवरणअनुसार रेकर्ड ब्रेक गरेको नेपालगन्जको तापक्रम आज ४१ दशमलव चार डिग्रीमा झरेको छ ।
यस्तै धनगढीमा ४० दशमलव सात डिग्री रहेको छ ।सोही दिन पोखरामा ३४ र काठमाडौँमा ४३ दशमलव चार डिग्री तापक्रम मापन भएकामा आज झरेर पोखरामा अधिकतम तापक्रम ३१ दशमलव पाँच र काठमाडौँमा ३२ डिग्री रहेको छ । जेठ १७ गते बिहीबार विराटनगरमा ४१ डिग्री थियो आज त्यहाँ ३४ मा झरेको तथा दाङको घोराहीमा ४० दशमलव दुई डिग्री रहेकामा आज ३५ दशमलव दुई डिग्रीमा झरेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले सार्वजनिक गरेको देशभरको तापक्रम मापनको विवरणअनुसार आज दीपायलमा ३९ दशमलव चार, वीरेन्द्रनगरमा ३८ दशमलव एक, डडेलधुरामा ३१ दशमलव चार, जुम्लामा २८ दशमलव नौ, भैरहवामा ३७ दशमलव दुई, सिमरामा ३६ दशमलव छ, ओखल्ढुङ्गामा २८, ताप्लेजुङमा २६ दशमलव आठ र धनकुटामा ३० दशमलव पाँच डिग्री अधिकतम तापक्रम मापन भएको छ ।
यस्तै जोमसोममा, २२ दशमलव पाँच, धरानमा ३३ दशमलव छ, लुम्लेमा २५ दशमलव पाँच, जनकपुरमा ३५ दशमलव आठ र दोलखाको जिरीमा २४ दशमलव चार डिग्री तापक्रम मापन भएको महाशाखाले जानकारी दिएको छ । आज नेपालमा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको पश्चिम उत्तरप्रदेशदेखि पश्चिम बङ्गलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव छ ।
हाल कोशी, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ, हावाहुरीसहित हल्का वर्षा भइरहेको छ ।
आगामी २४ घण्टामा कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा बाँकी भू–भागको एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार