१४ वर्षदेखि धनुषामा असुली गर्दै अघोषित घुमुवा आजाद यादव
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
जेठ २०, २०८१ आइतबार १२:५२:४०
![](https://nepalbahas.prixacdn.net/media/albums/Dhanush-police_mlzw2KTnJ7_2lij8DtPg5.jpg)
२० जेठ, जनकपुरधाम । सीमाबाट तस्करी गराउने मुख्य भूमिका कस्को हुन्छ भनेपछि जवाफ एउटै हुन्छ– “प्रहरी” । धनुषामा एक प्रहरी यस्ता पनि छन्, जो जिल्ला घुमुवाको टोली हुँ भनी तस्करहरूसँग विगत १४ बर्षदेखि सहजै करोडौं उठाएर सरकारको राजश्व छली गर्दै आएको आरोप लगाइएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषामा विगत १४ बर्षदेखि एसपीको ड्राइभर समेत रहेका आजादप्रसाद यादवले गोप्य घुमुवाको रुपमा परिचालन भई करोडौं रुपैयाँ असुली गर्दै आएको बताइएको छ । यादवले धनुषाको सीमा क्षेत्रमा अड्डा जमाएर बसेका तस्करहरूसँग मासिक लाखौँ असुली गरी एसपीलाई बुझाउने गरेको दावी समाचार स्रोतको छ । धनुषामा आउने एसपीले चढने बा ७ झ ३६०६ नम्बर प्रहरी भ्यानका चालक रहेका यादवले विगतमा पनि धनुषा आउने एसपीहरूलाई गुमराहमा पनि राख्ने गरेको स्रोतको भनाई छ ।
कुनै पनि जिल्लामा तस्करहरूसँगको सम्पर्क प्रहरी संगठनको चार तहसम्म हुने गर्छन् । जसको लागि उच्च पदस्थ अधिकारीहरूले एउटा गोप्य मान्छे राख्ने गरेका छन् । यस्तै, धनुषामा आउने एसपीहरूको चाहना र गोप्य घुमुवाको रुपमा विगत १४ बर्षदेखि सवारी चालक यादवले अड्डा जमाएर बसेका छन् ।
विभिन्न सीमा नाकाबाट हुने तस्करीको मुख्य जिम्मेवार बोर्डरमा स्थापित सशस्त्र प्रहरीको बीओपी हुन्छ । तर, यसपछि ईलाका प्रहरी कार्यालय, प्रहरी चौकीसम्म सेटिँग हुन्छन् । ईलाका र प्रहरी चौकीले सेटिँग मिलाएका तस्करहरूलाई कुनै कुनै बेला जिल्लाको टोली भनेर समाउने गरेको छ, त्यो दाम नमिलेर मात्र हो । कहिलेकाँही राती १० बजेपछि जिल्ला प्रहरी कार्यालय धनुषाबाट निस्कने आजाद यादव धनुषाको विभिन्न नाका पुग्ने गरेको गोप्य स्रोतको दाबी छ । साथमा केही प्रहरी राखेर रुपैयाँ नदिने व्यापारी, तस्कर र सामानलाई समाएर जिल्ला प्रहरी कार्यालय धनुषामा बुझाउने गरेको नाम नखोल्ने शर्तमा एक प्रहरीले बताए ।
प्रहरी संगठनमा एकै ठाउँमा विगत १४ बर्षदेखि अड्डा जमाएका यादवले धनुषा आउने एसपीहरुकै छत्रछायाँमा राखिएको छ । यस सन्दर्भमा वर्तमान एसपी भुवनेश्वर तिवारीले भने अहिले जिल्लामा कुनै घुमुवा नरहेको दाबी गरे । उनले आफू धनुषामा नमुना कार्य गर्न आएको बताउँदै कुनै घुमुवा परिचालन नभएको तथा चालकको यस्तो कार्यमा संलग्नताबारे आफूलाई जानकारी नभएको बताए । उनले आफू भर्खरै जिल्ला प्रमुख बनेर आएपछि आफूलाई धेरै कुरा अहिले थाहा नभएको भन्दै खण्डन गरे ।
स्रोतको अनुसार, यादव र प्रकाश सिंह नामक प्रहरी समय मिलाएर मात्र नाकाहरूमा निस्कने गरेका छन् । यी दुवै जनाको जुगलबन्दीले सीमाबाट हुने तस्करीलाई थप ठाउँ मिलेको हो । यादव र सिंहले धनुषा आउने एसपीहरूको नाममा सीमामा जरो गाडेर बसेका नामुद तस्कर, व्यापारीहरूसँग असुली गर्दै आएको बताइन्छ ।
पूर्वी धनुषाको इनरुवादेखि पश्चिम मुखियापट्टि मुसरनीयाँसम्म आजाद यादव र प्रकाश सिंहले महिनावारी उठाउने गरेका छन् । जसमा दूध व्यापारी तस्कर मनिष मिश्रा, रक्सी तस्कर प्रमोद ठाकुर, रुपेश यादव, अनिल मण्डलसँग मासिक १८ हजार रूपैयाँदेखि सुरु भई ३० हजार रूपैयाँसम्म उठाउने गरेको स्रोतले बतायो ।
यस्तै, कपडाको नामुद तस्कर रहेको पहनी चाचीबाट मासिक ३० हजार, कपडाकै गुप्ता तस्करबाट मासिक ४५ हजार रुपैयाँ, नरेशसँग मासिक २८ हजार रुपैयाँ तोकेर उठाउने गरेका छन् । यादवले रामकुमारको क्रसर उद्योगबाट समेत २५ हजारको मासिक लिने गरेको स्रोतको दावी छ।
असई सरुवामा पनि लेनदेनको आरोप
जिल्ला प्रहरी कार्यालय धनुषाबाट हुने असई सरुवा प्रक्रियामा पनि आजाद यादवले रकम उठाउने गरेको आरोप छ । अनुशासन विपरीत, विभाग विपरीत वा गैर अनुशासित कार्यमा संलग्नतापछि जिल्ला प्रहरी कार्यालय धनुषाबाट हुने निष्पक्ष कारवाहीको क्रममा पनि यादवले सोही ठाउँमा राखिराख्न वा अन्यत्र कतै सरुवा मिलाइदिन उनले २५ देखि ५० हजारसम्म लिने आरोप प्रहरी संगठनकै कर्मचारीको छ । धनुषा आउने एसपीहरूको विश्वासको पात्र मानिएका आजाद यादवले सोझासाझा एसपीहरूलाई धोका समेत दिने स्रोत बताउँछन् । एसपीहरूको नाम बेचेर उनले रकम उठाउने गरेको पाएको छ ।
यस सन्दर्भमा सवारी चालक यादवले आफू एक बर्ष अगाडि मात्र आएको प्रतिक्रिया दिए । आफू धनुषामा विगत एक बर्षदेखि मात्र सवारी चालकको रुपमा कार्यरत रहेको भन्दै तथ्यलाई खण्डन गरे । तस्करहरूसँगको सेटिँगको बारेमा उनले आधारहीन र अफवाह मात्रै रहेको दाबी गरे ।
यादवले आफू मात्र हाकिमको सवारी चालकको रुपमा रहेको दाबी गर्दै आफ्नो बारेमा गलत तथ्य प्रवाह भएको बताए । यद्यपि, यादवसँग यसअघि कहाँ हाजिरी गर्दै गरेको ? कहाँ दरबन्दी भएको बारेमा सोध्दा उनले जवाफ दिन सकेनन् ।
स्रोतका अनुसार, यादवलाई बीच बीचमा धनुषा आउने एसपीले गण पठाएर पुनः जिल्ला प्रहरीमै ल्याउने गरिएको हो । माथिल्लो तहसम्म पहुँच बनाएका आजाद प्रसाद यादवले शक्तिको पहुँचमा जिल्ला प्रहरी कार्यालय धनुषामै कार्यरत छन् । प्रहरी संगठनमा अधिकतम दुई वर्षभन्दा अधिक एकै ठाउँमा बस्ने प्रावधान हटाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअन्तर्राष्ट्रिय ‘मैथिली फिल्म फेस्टिभल’ सुरु
असार ११, २०८१ मंगलबार
२० वर्षपछि विवाह गर्ने किशोरीलाई २० हजार दिने
असार ११, २०८१ मंगलबार
पोखरिया नगरपालिकाको आठौं नगरसभा सम्पन्न, ४७ करोड भन्दा बढीको बजेट प्रस्तुत
असार ११, २०८१ मंगलबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
नेपालबहस संवाददाता
असार ११, २०८१ मंगलबार
अष्ट्रेलियालाई २१ रनले पराजित गरेपछि कप्तान राशिद खानले के भने ?
नेपालबहस संवाददाता
असार ९, २०८१ आइतबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
असार ११, २०८१ मंगलबार
टोली सेमिफाइनलमा पुग्नेबित्तिकै अफगानिस्तानका सडकमा ट्राफिक जाम
असार ११, २०८१ मंगलबार
सर्वोच्चले खारेज गर्यो कोशी प्रदेश सरकार विरुद्धको रिट
असार ११, २०८१ मंगलबार
लेबनानमा हुने चार देशीय प्रतियोगिता खेल्ने महिला फुटबल टिमको घोषणा
असार १२, २०८१ बुधबार
लमजुङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका चार जनाको मृत्यु
असार १२, २०८१ बुधबार
घण्टाघरको पुनर्निर्माणको कार्य सुरू (तस्बिरहरु)
असार १२, २०८१ बुधबार
तनहुँका किसानलाई रासायनिक मलको समस्या नहुने
असार १२, २०८१ बुधबार