पशुपति क्षेत्रको भण्डारखाल बगैँचामा वृक्षारोपण
नेपालबहस संवाददाता
जेठ २३, २०८१ बुधबार ११:४४:३८
२३ जेठ, काठमाडौं । विश्व वातावरण दिवसका अवसरमा विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रको भण्डारखाल बगैँचामा विभिन्न जातका एक हजार ५०० बिरुवा रोपिएको छ । पशुपति क्षेत्र विकास कोष र काठमाडौँ महानगरपालिका–८ को संयुक्त आयोजनामा कपुर, समी, असारेलगायत जातका एक हजार पाँच सय बिरुवा रोपिएको हो ।
सो अवसरमा कोषका सदस्य सचिव डा. मिलनकुमार थापाले मानव कल्याणका लागि प्रकृतिको संरक्षण गर्न यस्ता कार्यक्रमले सहयोग गर्ने विश्वास व्यक्त गरे । प्रकृतिको संरक्षणका लागि प्रत्येक व्यक्तिले प्रत्येक वर्ष कम्तीमा एउटा बिरुवा रोपेर हुर्काउनुपर्नेमा उनले जोड दिए ।
काठमाडौं–८ का वडाध्यक्ष आशामान सँगतले पशुपति क्षेत्रका अन्य खुला स्थानमा पनि वृक्षारोपणका लागि बिरुवा उपलब्ध गराउने प्रतिबद्धता जनाए । आज रोपिएका सबै बिरुवा वडा कार्यालयले उपलब्ध गराएको कार्यक्रममा जानकारी गराइएको थियो । वृक्षारोपण कार्यक्रममा कोषका पदाधिकारी एवं परिषद् सदस्यलगायत कर्मचारी वडा कार्यालयका जनप्रतिनिधि एवं कर्मचारी, महानगरीय प्रहरी वृत्त गौशालाका प्रमुखलगायत प्रहरीको उपस्थिति रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्वामित्व विवादले गौशालाको अस्तित्व सङ्कटमा
असोज ११, २०८१ शुक्रबार
देशका यी नदीहरूको जल सतह बढ्ने, सतर्क रहन आग्रह
असोज ११, २०८१ शुक्रबार
सांस्कृतिक कार्यक्रममा योगदान गर्ने सम्मानित
असोज १०, २०८१ बिहिबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार