मध्यपुरथिमिमा शनिबारदेखि दोस्रो ‘वः’ महोत्सव हुने
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
जेठ २४, २०८१ बिहिबार १५:४१:५
![](https://nepalbahas.prixacdn.net/media/albums/wasa_0_sGTk6u0anX_r6ZBs81C2l.jpg)
२४ जेठ, भक्तपुर । मध्यपुरथिमिमा पर्यटन प्रवर्द्धनका साथै नेवारी परिकारको संरक्षण गर्ने उद्देश्यले दोस्रो वः (बारा) महोत्सव आयोजना हुने भएको छ । मध्यपुरथिमि नगदेशमा शानिबारदेखि आयोजना हुने उक्त महोत्सव तथा ग्रीन एग्रो एक्स्पो–२०२४ को सम्पूर्ण तयारी पूरा भएको आज पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ ।
मध्यपुर पर्यटन विकास समितिले आयोजना गर्ने महोत्सव तथा एक्स्पोको सम्पूर्ण तयारी पूरा भएको समितिका अध्यक्ष रमेश प्रजापतिले बताए । नेवार समुदायका विभिन्न परिकार र खानाको स्वाद, ग्रीन भेजिटेबल प्रदर्शन एवं विभिन्न खानाका बारेमा आन्तरिक तथा बाह्य पर्यटकलाई जानकारी दिनुका साथै मध्यपुरथिमिमा पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले महोत्सव गर्न लागिएको उनले जानकारी दिए ।
मध्यपुरका विभिन्न पर्यटकीय कला–संस्कृति र सम्पदा, कलात्मक मठमन्दिर, पाटीपौवा, सत्तल, बिहार, बस्ती र स्मारक क्षेत्र पर्यटकलाई घुमाउने, महोत्सवमा १० प्रकारका वः को प्रदर्शनी एवं बिक्री गरिने, अन्य विभिन्न नेवारी परिकार र हरिया तरकारी, कोरियन तरकारीको प्रदर्शन गरिने, गाँजरलगायत विभिन्न तरकारीबाट उत्पादित वाइनका साथै स्थानीयस्तरमा उत्पादित सामग्रीसहितका ५० भन्दा बढी ‘स्टल’ राखिने अध्यक्ष प्रजापतिले पत्रकार सम्मेलनमा जानकारी दिए ।
महोत्वसका लागि मध्यपुरथिमि नगरपालिकाको रु छ लाख र आयोजकको लागत सहभागिता एवं विभिन्न निकायको रु दुई लाख गरी रु आठ लाख खर्च हुने अनुमान गरिएको समितिका उपाध्यक्ष कविदास श्रेष्ठले जानकारी दिए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवैदेशिक रोजगार पीडितलाई न्यायको माग गर्दै आइटी आर्मीको प्रदर्शन
असार २, २०८१ आइतबार
इलाममा आदिवासी जनजाति महोत्सव
जेठ २७, २०८१ आइतबार
भैरहवामा वृहत् सांस्कृतिक साँझ तथा सडक खाना महोत्सव कार्यक्रम सम्पन्न
जेठ १६, २०८१ बुधबार
नेपाल आइडल सिजन ५ को उपाधि बर्दियाका करण परियारले जिते
नेपालबहस संवाददाता
असार ८, २०८१ शनिबार
अख्तियारको मुद्दा नजाँदै सिंहदरबारमा मुख्यसचिवका लागि दौडधूप
नेपालबहस संवाददाता
असार ९, २०८१ आइतबार
सत्तामा निरीह प्रधानमन्त्रीः समीकरण फेरिन्छ कि मध्यावधि हुन्छ ?
केदार भट्टराई (काका)
असार ८, २०८१ शनिबार
अन्तरिक्षबाट घरको छतमा टुक्रा खसेपछि नासाविरुद्ध मुद्धा दायर
असार १०, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
असार १०, २०८१ सोमबार
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदै छ किनबेच ?
असार १०, २०८१ सोमबार
रामबहादुर बम्जन बाल यौन दुराचारमा दोषी ठहर
असार १०, २०८१ सोमबार
भारतको सेमिफाइनल खेलमा वर्षा भयो भने के हुन्छ ?
असार १०, २०८१ सोमबार
विश्वकप जित्ने दावेदार वेस्ट इन्डिज किन सेमिफाइनलमा पुग्न सकेन ?
असार १०, २०८१ सोमबार
गणतन्त्रपछि हरेक क्षेत्रमा सम्भावनाका ढोका खुलेका छन् : अध्यक्ष यादव
असार १०, २०८१ सोमबार
प्रधानमन्त्रीसँग चिनियाँ उपविदेशमन्त्रीको शिष्टाचार भेट
असार १०, २०८१ सोमबार
इंग्ल्यान्ड वा दक्षिण अफ्रिका, सेमिफाइनलमा को सँग भिड्छ भारतीय टीम ?
असार १०, २०८१ सोमबार