जलवायु परिवर्तनका समस्या न्यूनीकरण गर्न साना अनुदान कार्यक्रम प्रभावकारी
नेपालबहस संवाददाता
जेठ २५, २०८१ शुक्रबार २०:५३:२९
२५ जेठ, काठमाडौं । विश्व वातावरण सुविधा, साना अनुदान कार्यक्रममार्फत् नेपालका विभिन्न जिल्लामा सञ्चालित कार्यक्रम प्रभावकारी देखिएका छन् । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) अन्तर्गत विभिन्न जिल्लाका २८६ स्थानमा सञ्चालित कार्यक्रम प्रभावकारी देखिएका आज यहाँ आयोजित कार्यक्रममा जानकारी दिइयो ।
मकवानपुरको उत्तरपश्चिम भेगस्थित मनहरी गाउँपालिकामा सञ्चालित खोरिया सुधार कार्यक्रम, नवलपुरमा सञ्चालित गिद्ध संरक्षण कार्यक्रम, कास्कीमा सञ्चालित रुपा ताल पुनःस्थापना, तनहुँमा सञ्चालित पर्यापर्यटन र सांस्कृतिक पर्यटन प्रवर्द्धनलगायत कार्यक्रम प्रभावकारी भएको सो अवसरमा जानकारी गराइयो । जलवायु परिवर्तनबाट आउने समस्या समाधान गर्न यी कार्यक्रम गरिएको नेपालका लागि युएनडिपीका आवासीय प्रतिनिधि आसानी मेडागंगोडा–लेबले बताए । जलवायु परिवर्तनको समस्याबाट पर्ने प्रभाव न्यूनीकरण गर्न कार्यक्रम सञ्चालन गरिएको उनको भनाइ थियो ।
कार्यक्रममा राष्ट्रिय जनजाति आयोगका अध्यक्ष रामबहादुर थापाले आदिवासी जनजाति लक्षित कार्यक्रम भएकाले आयोगका तर्फबाट सक्ने सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाए । “जनजातिको जीवनस्तर सुधार गर्न अनुदान कार्यक्रम प्रभावकारी देखिएको छ”, उनले भने ।
कार्यक्रममा जलवायु परिवर्तनले जनजाति समुदायमा पारेका प्रभाव र अनुदान कार्यक्रमका माध्यमबाट यसलाई न्यूनीकरण गर्न गरिएका प्रयासका विषयमा विभिन्न समूहमा संवाद गरिएको थियो । समूह संवादमा वन तथा वातावरण, अर्थ, परराष्ट्र, पशुपक्षी विकास, सङ्घीय मामिला तथा सामान्य प्रशासन, स्वास्थ्य तथा जनसङ्ख्या, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय योजना आयोग, राष्ट्रिय दलित आयोग, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, वातावरण विभाग, विभिन्न स्थानीय तह, नेपाल नगरपालिका सङ्घलगायतका सरोकारवाला निकायका प्रतिनिधिको सहभागिता थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजाजरकोटमा बाढीले बगाउँदा शिक्षकको मृत्यु, ६ जना घाइते
असार ९, २०८१ आइतबार
थाई नरेशसमक्ष राजदूत ओलीद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत
असार ९, २०८१ आइतबार
कोशी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षा हुने
असार ९, २०८१ आइतबार
नेपाल आइडल सिजन ५ को उपाधि बर्दियाका करण परियारले जिते
नेपालबहस संवाददाता
असार ८, २०८१ शनिबार
सत्तामा निरीह प्रधानमन्त्रीः समीकरण फेरिन्छ कि मध्यावधि हुन्छ ?
केदार भट्टराई (काका)
असार ८, २०८१ शनिबार
राष्ट्रिय अनुसन्धान विभागका एसपी प्रसाईमाथि छानबिन !
नेपालबहस संवाददाता
असार ६, २०८१ बिहिबार
नेपाल आइडल सिजन ५ को उपाधि बर्दियाका करण परियारले जिते
असार ८, २०८१ शनिबार
सत्तामा निरीह प्रधानमन्त्रीः समीकरण फेरिन्छ कि मध्यावधि हुन्छ ?
असार ८, २०८१ शनिबार
'कार्वाइड' प्रयोग गरिएका फलफूल खरिदबिक्री नगर्न विभागको आग्रह
असार ८, २०८१ शनिबार
टी- २० विश्वकप : बंगलादेश ५० रनले पराजित, भारत सेमिफाइनल नजिक
असार ९, २०८१ आइतबार
पहिराले डुम्रे–बेँसीसहर सडक पुनः अवरुद्ध, सयौं यात्री अलपत्र
असार ९, २०८१ आइतबार
जाजरकोटमा बाढीले बगाउँदा शिक्षकको मृत्यु, ६ जना घाइते
असार ९, २०८१ आइतबार
पोर्चुगल युरोकपको नकआउट चरणमा
असार ९, २०८१ आइतबार
थाई नरेशसमक्ष राजदूत ओलीद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत
असार ९, २०८१ आइतबार
युरोकपमा जर्जिया र चेक रिपब्लिक बराबरीमा रोकिए
असार ९, २०८१ आइतबार