यातायात कार्यालय पर्सामा चालक अनुमति पत्र वितरणमा संजय साहको ब्रह्मलुट
नेपालबहस संवाददाता
जेठ २६, २०८१ शनिबार १३:४८:४७
•मुर्तुजा मियाँ तेली
२६ जेठ, वीरगंज । यातायात व्यवस्था कार्यालय पर्सामा कार्यरत दुई जना कर्मचारीले सवारी चालक अनुमतिपत्रको ठेक्का नै लिएको खुलेको छ । यातायात व्यवस्था कार्यालय वीरगञ्ज पर्सामा सेटिङ्गमा सवारी चालक अनुमतिपत्र 'ड्राइभिङ लाईसेन्स'खरिद बिक्री हुने गरेको पाइएको छ।
सहायक शाखा अधिकृत संजय साहले घुस नबुझाई जतिपटक परीक्षा र ट्रायलमा दिए पनि पास नहुने र घुसवापत रकम बुझाएपछि सजिलै लाइसेन्स हात लाग्ने भएपछि यो रहस्य बाहिरिएको हो। लिखित र ट्रायलको लागि साहले बिचौलिया मार्फत मोटो रकम लेनदेन गरि आर्थिक आतंक मच्चाउँदै आएका छन ।
यातायात कार्यालयको सवारी चालक अनुमति पत्र शाखामा कार्यरत शाखा अधिकृत संजय साहले सवारीको वर्गीकरण अनुसार चालक अनुमतिपत्र वितरणको ठेक्का लिएका हुन् । कुन वर्गको कति रुपैयाँ लिएर पास फेल गराउने भन्ने ठेक्का दुबैले लिएको विचौलियाहरु बताउँछन् ।
साहले आफू नेपाल निजामती कर्मचारी युनियनको नेता रहेको भन्दै नेता, पत्रकार तथा ट्राफिक प्रहरी र अख्तियार समेतलाई सेटिङमा मिलाइसकेको भन्दै धमाधम खुलेआम रुपमा बार्गेनिङ गरेर चालक अनुमति पत्र वितरण गर्ने गरेको भेटिएको छ । साह र दुवै जना मिलेर अहिले चालक अनुमति पत्रमा व्यापक दुरुपयोग गर्दै रकम कुम्ल्याउने काम गरिरहेका हुन् ।
पैसा हातमा नपरेसम्म साहले लिखित र ट्रायलका लागि सेवाग्राहीको नाम सूचीमा समेत समावेश नगरिदिने गरेको पाइएको हो । लिखित र ट्रायलको सूचीमा नाम राख्ने र हटाउने गरेको पाए पछि केही समय अघि अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाले चासो दिएर त्यस्तो नगर्न पत्राचार नै गरेको थियो । तर त्यो पत्रको अहिले कार्यालयका कर्मचारीले धज्जी उडाउने काम गर्दै आएका छन् । दुवैका कारण अहिले यातायात कार्यालयलाई दलालको कार्यालयको रुपमा समेत सेवाग्राहीले हेर्न थालेका छन् ।
साहले यातायात कार्यालयमा ब्रह्मलुट मच्चाएको विषय पैसा नदिँदा लिखित र ट्रायलमा फेल भएको सूचीमा परेका व्यक्ति पैसा दिएपछि पास भएर चालक अनुमति पत्र लिएको घटनाले छर्लङ्ग पारेको छ । कार्यालयका प्रमुख उमेश रेग्मीले आफूलाई यस विषयमा कुनै जानकारी नरहेको भन्दै बुझ्ने प्रतिक्रिया दिए । यदि त्यस्तो रहेको पाइए कारबाही गर्ने प्रतिक्रिया दिँदै उनले थप विषय भेटेरै कुरा गरौँ न भनेर आग्रह गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअन्तःशुल्क स्टीकरण छपाई प्रकरणमा अख्तियारको अनुसन्धान, कति सम्बन्धित छन विवरण ?
असार १२, २०८१ बुधबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
नेपालबहस संवाददाता
असार ११, २०८१ मंगलबार
सशस्त्र प्रहरीका एसपी र डीएसपी सरुवामा गृहमन्त्रीको मनलाग्दी
नेपालबहस संवाददाता
असार १२, २०८१ बुधबार
मुख्यसचिवका दाबेदार गृहसचिव अर्याल ढुक्कै विदेश भ्रमणमा
नेपालबहस संवाददाता
असार ११, २०८१ मंगलबार
फेल भएका एक लाख २६ हजार विद्यार्थीले कक्षा १० मा दोहोर्याएर पढ्नुपर्ने
असार १३, २०८१ बिहिबार
एसईईमा सबैभन्दा बढीले २.८० देखि ३.२० सम्मको ग्रेड प्राप्त
असार १३, २०८१ बिहिबार
एसईईको रिजल्ट हेर्न मिल्ने १० वटा वेबसाइट खुल्नै गाह्रो
असार १३, २०८१ बिहिबार
बसमा सवार यात्रुको मृत्यु, चालक र सहचालक पक्राउ
असार १३, २०८१ बिहिबार
विपद् प्रभावितको घरमै पुगेर राहत
असार १३, २०८१ बिहिबार
पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन गर्न छुट्टाछुट्टै समिति गठन
असार १३, २०८१ बिहिबार
मेलम्ची नदीमा महिलाको शव फेला
असार १३, २०८१ बिहिबार
सूचना मागेकै कारण सूचनाको हकका अभियन्ता दश दिनदेखि हिरासतमा !
असार १३, २०८१ बिहिबार
युरोकप फुटबलमा नकआउट चरणको समीकरण पूरा
असार १३, २०८१ बिहिबार