चितवनमा रगत पाउनै मुस्किल !
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
जेठ २८, २०८१ सोमबार ११:२१:४४
![](https://nepalbahas.prixacdn.net/media/albums/blood1_DTCEidiKq5_RQBVRY9CtK.jpg)
२८ जेठ, चितवन । भरतपुरस्थित क्षेत्रीय रक्तसञ्चार केन्द्रले यही जेठ १५ मनाङमा पुगेर रक्त सङ्कलन कार्यक्रम आयोजना गर्यो । स्थानीय श्वेता रक्तदाता अभियानले संकलन गरेको ५५ युनिट रगत लिएर केन्द्रका प्राविधिक फर्किए ।
गत चैत र वैशाख महिनामा मात्र पोखराको प्रादेशिक रक्तसञ्चार केन्द्रबाट दुई हजार युनिट रगत भरतपुर ल्याइयो । अहिले रगतको अभाव टार्न पोखरालगायतका केन्द्रमा अनुरोध गरिएको भए पनि रगत पाउन सकिएको छैन । केन्द्रका प्रमुख रमेशकान्त पौडेल रगतको माग सहज बनाउन निरन्तर लागिरहेको भए पनि कठिन हुँदै आएको जानकारी दिए । केन्द्रले जिल्लासहित मकवानपुर, बारा, रौतहट, सर्लाही, धादिङ, लमजुङ, तनहुँ, गोरखा, नवलपरासी (बर्दघाट–सुस्ता पूर्व)मा पुगेर रगत सङ्कलन गर्ने गरेको छ ।
विगतका तुलनामा रगत सङ्कलन घट्दो रहेको छ भने माग बढ्दो छ । उनका अनुसार गत आर्थिक वर्षमा २७ हजार एक सय चार युनिट रगत सङ्कलन गरिएको थियो । केन्द्रमा नै गएर प्रदान गरिएको रगतको युनिट पाँच हजार आठ सय ३५ थियो । केन्द्रले विगतमा ३५ हजार युनिटसम्म रगत सङ्कलन गर्ने गरेको थियो । रक्त सङ्कलन क्रमशः घट्दै गएको केन्द्रले जनाएको छ ।
नेपाल रेडक्रस सोसाइटी चितवन शाखाद्वारा केन्द्र सञ्चालित छ । शाखाका सभापति हरि पौडेल अधिकतम प्रयास गरेर रगतको मागलाई धान्दै आएको बताउँछन् । दैनिक सयदेखि एकसय ५० युनिटसम्म रगत यहाँ माग हुने गर्दछ । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, दुई मेडिकल कलेज, भरतपुर अस्पताल र निजी अस्पतालमा रगतको माग हुने गर्दछ ।
सङ्कलन भएको रगतलाई रक्ततत्व छुट्याएर एक युनिट रगतले दुई जना बिरामीको आवश्यकतालाई पूर्ति गरिँदै आएको छ । सभापति पौडेल युवाहरूको पलायन अवस्था, रक्तदानसम्बन्धी उत्प्रेरणाको कमी, अहिलेको अवस्था निकै गर्मी हुनु, ज्वरोलगायतका रोग देखिनु, खानपानलगायतका कारण युवा अवस्थामा नै दीर्घरोग देखिनुजस्ता कारण रगत संकलनमा कमी आएको बताउँछन् ।
यससँगै रक्तदानसम्बन्धी कार्यक्रम हुँदासमेत रगत कम संकलन हुने गरेको जनाइएको छ । भरतपुर अस्पताल विकास समितिका पूर्वअध्यक्ष डा भोजराज अधिकारी रक्तदाता कसले रगत दिन मिल्छ भन्ने विषयमा परीक्षण गर्ने प्राविधिकका कारण पनि रक्तदाता घटेको बताउँछन् । रगत सङ्कलन गर्ने प्राविधिकलाई तालिम दिनुपर्ने उनी बताउँछन् । आवश्यकताभन्दा बढी कडाइ गर्ने गरेको जनाउँदै उनले उच्च रक्तचाप, मधुमेहजस्ता बिरामीले पनि औषधि खाएर सामान्य बनेको अवस्थामा रगत दिन मिल्ने बताए ।
दुर्लभ समूहका रक्तदातालाई पैसा दिने र अन्यलाई सट्टामा केही सहुलियत दिएर रगत सङ्कलन गर्नुपर्ने उनी बताउँछन् । विद्यालय, कलेजलगायतका सङ्घ संस्थाको क्यालेन्डरमा वर्षका तीनदेखि चार पटक रक्तदान कार्यक्रम राख्नुपर्ने उनको सुझाव छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजंगली च्याउ खाँदा ३ जनाको मृत्यु, १६ बिरामी
असार ११, २०८१ मंगलबार
इच्छाकामनाले बाँझो जमिनमा खेती गर्नेलाई अनुदान दिने
असार ११, २०८१ मंगलबार
भरतपुर महानगरपालिकाले बाँझो जमिनमा खेती गर्नेलाई प्रोत्साहन गर्ने
असार ११, २०८१ मंगलबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
नेपालबहस संवाददाता
असार ११, २०८१ मंगलबार
अन्तरिक्षबाट घरको छतमा टुक्रा खसेपछि नासाविरुद्ध मुद्धा दायर
नेपालबहस संवाददाता
असार १०, २०८१ सोमबार
भारतको सेमिफाइनल खेलमा वर्षा भयो भने के हुन्छ ?
नेपालबहस संवाददाता
असार १०, २०८१ सोमबार
सशस्त्र प्रहरीका एसपी र डीएसपी सरुवामा गृहमन्त्रीको मनलाग्दी
असार १२, २०८१ बुधबार
यी राशीमा ३ दिनपछि आर्थिक संकटको छायाँ पर्न सक्छ !
असार १२, २०८१ बुधबार
नेपाल आइडल विजेता करण परियारलाई प्रधानमन्त्रीले दिए बधाई, गितार उपहार
असार १२, २०८१ बुधबार
कलाकार संघले भन्यो- स्वस्तिमा-साम्राज्ञीको अभिव्यक्ति गैरजिम्मेवारपूर्ण
असार १२, २०८१ बुधबार
अब साउनदेखि सिंहदरबार प्रवेश गर्न 'इ–गेटपास'को व्यवस्था गरिने
असार १२, २०८१ बुधबार
ढल्केबर–इनरुवा प्रसारण लाइन सञ्चालन
असार १२, २०८१ बुधबार
देशका विभिन्न नदीमा पानीको बहाव बढ्दै, सतर्कता अपनाउन आग्रह
असार १२, २०८१ बुधबार
कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल
असार १२, २०८१ बुधबार