चैते धान भित्र्याउने चटारो
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
जेठ २८, २०८१ सोमबार १५:३५:७
![](https://nepalbahas.prixacdn.net/media/albums/dhan-1_pRUDItZ0Y1_QHkgbYosOv.jpg)
२८ जेठ, कैलाली । कैलालीको घोडाघोडी नगरपालिका–८ का बुुझाउन चौधरीलाई हिजोआज चैते धान भित्र्याउने चटारो छ । उनले पाँच कठ्ठा जमिनमा चैते धान लगाएको छ । चौधरीले तीन वर्षदेखि चैते धानको खेती गर्दै आएको छ । बर्खे धानभन्दा चैते धान बढी उब्जनी भएको उनले बताए ।
“अर्को वर्ष एक बिघामा चैते धान लगाउने सोच छ”, चौधरीले भने । चैते धान लगाएको सुरुको वर्ष पाँच कठ्ठामा १० क्विन्टल उत्पादन भएको उनले बताए । बर्खे धान सो जग्गामा ६ क्विन्टल उत्पादन भएको थियो । खानमा मिठो र उत्पादन बढी हुने भएकाले चैते धान खेतीतर्फ आकर्षित भएको चौधरीको भनाइ छ ।
चौधरीले जस्तै घोडाघोडी नगरपालिकाका ९० किसानले पाँच सय २१ कट्ठामा यस वर्ष चैते धान लगाएका छन् । कतिपय किसानले चैते धान भित्र्याइसकेका छन् । कोही भित्र्याउने तयारीमा छन । किसानलाई प्रोत्साहन गर्न घोडाघोडी नगरपालिकाले चैते धान खेती गर्नेलाई पुरस्कृत गर्दै आएको छ । पालिकाभित्रका चैते धान रोप्ने ९० किसानलाई प्रतिकट्ठा रु पाँच सयका दरले पुरस्कृत गरिएको कृषि शाखा प्रमुख जनकसिंह धामीले जानकारी दिए ।
पछिल्लो समय जमिन बाँझो राख्ने क्रम बढेको र स्थानीय रुपमै उत्पादन गर्न सकिने खाद्यान्नको समेत आयात बढ्दै जान थालेकाले किसानलाई प्रोत्साहित गरी उत्पादनमा जोड दिइएको उनले बताए । घोडाघोडीसँगै कैलालीका अन्य पालिकाका किसान पनि चैते धान खेतीतर्फ आकर्षित भएका छन् । बर्सेनि बाढीका कारण बर्खे धान भित्र्याउन नपाएपछि सो क्षेत्रका बासिन्दा चैते धान लगाउन थालेका हुन् ।
पछिल्लो समय कैलालीका किसान चैते धान खेतीतर्फ आकर्षित हुँदै गएको कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्र शर्माले जानकारी दिए । उनका अनुसार भजनी र टीकापुर नगरपालिकाका साथै जोशीपुुर र कैलारी गाउँपालिकामा विगतदेखि नै चैते धान खेती लगाउने गरिएको छ । यी क्षेत्रमा वर्षातमा डुबान हुने भएकाले चैते धान लगाइन्छ । पछिल्ला वर्षहरूमा जिल्लाको घोडाघोडी, लम्किचुहा नगरपालिका र धनगढी उपमहानगरपालिकामा पनि चैते धान खेती लगाउने किसानको सङ्ख्या बढ्दै गएको प्रमुख शर्माले बताए । डुबान हुने क्षेत्रमा एक बाली मात्रै धान भित्र्याउने गरिन्छ । अन्य क्षेत्रमा चैते र बर्खे गरेर दुई बाली भित्र्याइने गरेको उनले बताए ।
चैते धान लगाउँदा जिल्लाको धान उत्पादनमा वृद्धि भएको प्रमुख शर्माले बताए । उनका अनुसार कैलाली जिल्लाभर गत वर्ष एक हजार एक सय हेक्टरमा चैते धान लगाइएको थियो । यसवर्ष एक हजार एक सय ५० हेक्टरमा चैते धान लगाइएको छ । चैते धान प्रति हेक्टर औषतमा पाँच टनका हिसाबले उत्पादन हुने प्रमुख शर्माले बताए । गत वर्ष पाँच हजार पाँच सय टन धान उत्पादन भएकामा यसवर्ष पाँच हजार सात सय ५० टन धान उत्पादन हुने अनुमान गरिएको छ ।
चैते धान खेतीका लागि सङ्घीय र प्रदेश सरकारका साथै स्थानीय तहले पनि विभिन्न कार्यक्रम ल्याएको छ । चैते धान खुला आकाश मुनी पर्याप्त सूर्यको प्रकाश पाउने भएकाले उत्पादन पनि बढी हुने प्रमुख शर्माले बताए । “यसमा रोग कीराको प्रकोपसमेत कम हुन्छ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबारामा ८७ हजार मेट्रिकटन मकै उत्पादन
असार १२, २०८१ बुधबार
तनहुँका किसानलाई रासायनिक मलको समस्या नहुने
असार १२, २०८१ बुधबार
वन्यजन्तुले मकै सखाप पारेपछि उदयपुरका किसान केराखेतीमा आकर्षित
असार ११, २०८१ मंगलबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
नेपालबहस संवाददाता
असार ११, २०८१ मंगलबार
अन्तरिक्षबाट घरको छतमा टुक्रा खसेपछि नासाविरुद्ध मुद्धा दायर
नेपालबहस संवाददाता
असार १०, २०८१ सोमबार
भारतको सेमिफाइनल खेलमा वर्षा भयो भने के हुन्छ ?
नेपालबहस संवाददाता
असार १०, २०८१ सोमबार
सशस्त्र प्रहरीका एसपी र डीएसपी सरुवामा गृहमन्त्रीको मनलाग्दी
असार १२, २०८१ बुधबार
नेपाल आइडल विजेता करण परियारलाई प्रधानमन्त्रीले दिए बधाई, गितार उपहार
असार १२, २०८१ बुधबार
देशभर मनसुनी वायुको प्रभाव : आज यी ठाउँहरुमा भारी वर्षा हुने
असार १२, २०८१ बुधबार
अब साउनदेखि सिंहदरबार प्रवेश गर्न 'इ–गेटपास'को व्यवस्था गरिने
असार १२, २०८१ बुधबार
ढल्केबर–इनरुवा प्रसारण लाइन सञ्चालन
असार १२, २०८१ बुधबार
देशका विभिन्न नदीमा पानीको बहाव बढ्दै, सतर्कता अपनाउन आग्रह
असार १२, २०८१ बुधबार
कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल
असार १२, २०८१ बुधबार
यी राशीमा ३ दिनपछि आर्थिक संकटको छायाँ पर्न सक्छ !
असार १२, २०८१ बुधबार