खुलामञ्च अतिक्रमण प्रकरणमा मेयर-उपमेयर आमनेसामने
इन्द्र रिजाल
बैशाख १३, २०७६ शुक्रबार २२:५३:४९
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले खुल्लामञ्चमा अतिक्रमण गरेर व्यवसायिक सटरहरु भत्काइने बताएका छन् ।
शुक्रबार महानगरमा सरोकारवाला स्थानीयहरुको ध्यानाकर्षण पत्र बुझ्दै शाक्यले अनुगमनको रिपोर्ट आउने बितिकै व्यवसायिक सटरहरु भत्काइने बताएका हुन् ।
उनले खुलामञ्च बिक्री प्रकरणबारे उपमेयरलाई अनुगमन गरेर रिपोर्ट दिन निर्देशन दिएको भन्दै अहिलेसम्म रिपोर्ट नै प्राप्त नभएको बताए । आफ्नै महानगरकी उपमेयर हरिप्रभा खड्कीलाई चिठ्ठी नै पठाएर रिपोर्ट बुझाउन आग्रह गरिएको उनले बताए ।
शाक्यले उपमेयर खड्कीले कांग्रेसको कार्यकर्ता बनेर खुलामञ्च प्रकरणमा राजनीतिक गरेको आरोप पनि लगाए । त्यस्तै उनले आफुलाई धम्काउने गरेको पनि गुनासो गरे । खुलामञ्चमा बसपार्क राख्न दिएको सम्झौताभन्दा विपरित गएर नयाँ संरचना बनाइएको जानकारी पाए लगतै यसबारे आफुले चासो दिएको उनको दाबी छ ।
सो क्रममा भीमसेनदास प्रधानले खुलामञ्च बिक्री प्रकरणमा संलग्न जो कोहीलाई कारवाही हुनुपर्ने बताएका छन् । उनले खुलामञ्च अतिक्रमण रोक्न निरन्तर दवाव दिईने पनि बताएका हुन् ।
काठमाडौंको सबैभन्दा ठूलो खुला क्षेत्रमा रहेको खुलामञ्च हाल बसपार्कको रुपमा संचालन हुँदै आईरहेको छ । नियम, मापदण्ड र सहमति विपरित ४० वटा नयाँ सटर निर्माण गरी बिभिन्न क्रियाकलापहरु भएपछि स्थानियहरु आन्दोलनमा उत्रेका हुन् । निर्माण भएका सटरहरु डोजर लगाएर नहटाएसम्म आन्दोलन जारी राख्ने चेतावनी समेत उनीहरुले दिएका छन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपद्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
शनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
क्यानडाविरुद्ध नेपालले टस जित्यो
असोज १२, २०८१ शनिबार
विपद् अपडेट : देशभर बाढी, पहिरो र डुबानबाट ८७ जनाको मृत्यु, ७२ बेपत्ता
असोज १२, २०८१ शनिबार
आपत्कालीन उपचारका लागि चौबिसै घण्टा तयार रहन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
असोज १२, २०८१ शनिबार
झ्याप्ले खोलामा पहिरोले पुरिएका २ सवारी साधनबाट १४ शव निकायो
असोज १२, २०८१ शनिबार
काठमाडौं उपत्यकामा वर्षाको ‘रेकर्ड ब्रेक’
असोज १२, २०८१ शनिबार