कोशी प्रदेशको बजेट ३५ अर्ब २७ करोड
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
असार १, २०८१ शनिबार १८:४२:५९
![](https://nepalbahas.prixacdn.net/media/albums/koshi_budget_ovwpdsBvMJ_y8e284a1DB.jpg)
१ असार, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम कार्यान्वयन गर्न रु ३५ अर्ब २७ करोड ९३ लाखको बजेट सार्वजनिक गरेको छ । कोशी प्रदेशको प्रदेशसभा नियमावली, २०७४ को नियम ११४ (१) बमोजिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले आगामी आवका लागि राजस्व र व्ययको वार्षिक अनुमानसहितको बजेट प्रस्तुत गरेका हुन् ।
सार्वजनिक गरिएको बजेटमध्ये चालु खर्चतर्फ रु १४ अर्ब ४७ करोड २३ लाख तथा पूँजीगत खर्चतर्फ रु १६ अर्ब २० करोड २० लाख, वित्तीय व्यवस्थातर्फ रु दुई करोड र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ रु चार अर्ब ५८ करोड ५० लाख विनियोजन गरिएको छ । चालु खर्चमध्ये सङ्घीय अनुदान फिर्ता रु तीन अर्ब रहेको छ ।
आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये प्रदेश सरकारको आन्तरिक राजस्वबाट रु चार अर्ब ९८ करोड, राजस्व बाँडफाँटबाट रु १२ अर्ब ४० करोड आठ लाख, सङ्घीय सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट रु आठ करोड ९४ लाख, समपूरक अनुदानबाट रु ६५ करोड ५० लाख तथा विशेष अनुदानबाट रु ७८ करोड एक लाख गरी राजस्व तथा वित्तीय हस्तान्तरणबाट जम्मा रु ३१ अर्ब ९२ करोड ३४ लाख खर्च व्यहोर्ने तथा बाँकी नगद मौज्दातबाट रु तीन अर्ब २५ करोड र वैदेशिक अनुदानबाट रु १० करोड ५९ लाख व्यहोर्ने आज सार्वजनिक गरिएको बजेटमा उल्लेख छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअदालत छल्न हतारमा पारित गरियो कोशीको बजेट
असार ८, २०८१ शनिबार
बाढीपहिरोले मकालुमा २४ घर विस्थापित
असार ७, २०८१ शुक्रबार
इलामको फाकफोकथुममा बने ६ वटा सिँचाइ आयोजना
असार ५, २०८१ बुधबार
नेपाल आइडल सिजन ५ को उपाधि बर्दियाका करण परियारले जिते
नेपालबहस संवाददाता
असार ८, २०८१ शनिबार
सत्तामा निरीह प्रधानमन्त्रीः समीकरण फेरिन्छ कि मध्यावधि हुन्छ ?
केदार भट्टराई (काका)
असार ८, २०८१ शनिबार
राष्ट्रिय अनुसन्धान विभागका एसपी प्रसाईमाथि छानबिन !
नेपालबहस संवाददाता
असार ६, २०८१ बिहिबार
नेपाल आइडल सिजन ५ को उपाधि बर्दियाका करण परियारले जिते
असार ८, २०८१ शनिबार
सत्तामा निरीह प्रधानमन्त्रीः समीकरण फेरिन्छ कि मध्यावधि हुन्छ ?
असार ८, २०८१ शनिबार
'कार्वाइड' प्रयोग गरिएका फलफूल खरिदबिक्री नगर्न विभागको आग्रह
असार ८, २०८१ शनिबार
जाजरकोटमा बाढीले बगाउँदा एक जनाको मृत्यु, ६ घाइते
असार ९, २०८१ आइतबार
पोर्चुगल युरोकपको नकआउट चरणमा
असार ९, २०८१ आइतबार
थाई नरेशसमक्ष राजदूत ओलीद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत
असार ९, २०८१ आइतबार
युरोकपमा जर्जिया र चेक रिपब्लिक बराबरीमा रोकिए
असार ९, २०८१ आइतबार
कोशी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षा हुने
असार ९, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
असार ९, २०८१ आइतबार