पञ्चकोटको विश्वशान्ति कलश निर्माणका लागि ७ करोड संकलन
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
असार २, २०८१ आइतबार २१:१८:५१
![](https://nepalbahas.prixacdn.net/media/albums/panchakot1_9Ubx5YEYbZ_L9njnl2iT5.jpg)
२ असार, बागलुङ । पञ्चकोटमा निर्माणधीन एक सय ५१ फिट अग्लो विश्व शान्ति कलश निर्माणका लागि रु सात करोड बढी रकम सङ्कलन भएको छ । पञ्चकोटको अनन्तश्री बह्माण्डीय महायज्ञमा सङ्कलन भएको रकममध्ये रु सात करोड ९२ लाख रकम बचत भएको हो । उक्त रकमबाट कलश निर्माण सुरु गरिनेछ ।
पछिल्लो समय चर्चित धार्मिक पर्यटकीयस्थलको रुपमा रहेको बागलुङ नगरपालिका–६ सर्वसिद्धिधाम पञ्चकोटले जल सम्पदा र शालग्राम संरक्षण गर्दै पञ्चकोटमा धार्मिक संरचना निर्माणका लागि आयोजना गरेको बह्माण्डीय महायज्ञमा दिइएको दान, सहयोग तथा चढाइएको भेटी बिकरीबाट गरिएको आम्दानीबाट उक्त रकम बचत भएको हो ।
पञ्चकोटमा पञ्चकोटको बार्षिकोत्सवको अवसर पारेर फागुन ९ देखि २३ गतेसम्म आयोजित अनन्तश्री बह्माण्डीय महायज्ञको पञ्चकोट महायत्र मूल आयोजक समितिले सर्वाजनिक गरेको आयव्ययअनुसार पञ्चकोटमा निर्माणाधीन एक सय ५१ फिट अग्लो ‘विश्व शान्ति कलश’ निर्माणमा बचत भएको रकम खर्चने जनाएको छ । कल निर्माणका लागि मात्रै रु ६० करोड लाग्ने विस्तृत अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ ।
महायज्ञमा रु १२ करोड १५ लाख ५५ हजार नौ सय ७४ सङ्कलन भएको थियो भने महायज्ञ अवधिभरमा रु चार करोड २२ लाख ५७ हजार चार सय ९८ खर्च भएको भएको महायज्ञ मूल आयोजक समितिका सदस्य तथा गण्डकी महासभाका प्रवक्ता सुदर्शन प्रपन्नाचार्यले जानकारी दिए । उनका अनुसार महायज्ञको कूल खर्च कटाएर रु सात करोड ९२ लाख ९८ हजार चार सय ५० बचत भएको छ ।
अनन्तश्री विभूषित मुक्तिनाथ पीठाधिश्वर श्री १००८ स्वामी कमलनयनाचार्य मुक्तिनाथ बाबाको सत्संकल्पमा सञ्चालित महायज्ञबाट सङ्कलित रकम सर्वसिद्धिधाम पञ्चकोटको गुरुयोजनाअनुरुप निर्माणाधीन विश्वशान्ति गण्डकी कलशलाई पूर्णता दिन र अन्य भौतिक संरचना निर्माणमा खर्च गरिने प्रवक्ता प्रपन्नाचार्यले जानकारी दिए । कलशको जमिनभित्र ४० फिट र जमिनमाथि एक तला संरचना तयार भइसकेको छ । कलशले पूर्णता पाउँदा उक्त संरचना १० तलाको हुनेछ ।
पञ्चकोटमा हालसम्म रु ५० करोडभन्दा बढीको भौतिक पूर्वाधार निर्माण भइसकेको सर्वसिद्धिधाम पञ्चकोट विकास परिषद्का अध्यक्ष दामोदर शास्त्रीले जानकारी दिए । पञ्चकोट विकास परिषद्का प्रतिनिधि अध्यक्ष दामोदर शास्त्रीले पञ्चकोटमा धेरै देवीदेवताको मन्दिरका साथै, सभाहल निर्माण सम्पन्न भइसकेको बताए ।
पञ्चकोटमा सिसमहल, सत्सङ भवन, गणेश मन्दिर, हनुमानको मूर्ति, पञ्चनारायण मन्दिर, लक्ष्मीनारायण मन्दिर, गरुडशिला, गण्डकी माताको मन्दिर, सडक पूर्वाधारको सुधार तथा निर्माण, खानेपानीको व्यवस्थापनलगायतका निर्माणका काम सम्पन्न भइसकेका छन् भने महायज्ञकै अवसरमा पाँच हजार पाँच सय ५५ केजी रहेको नेपालकै सबैभन्दा ठूलो महाघण्ट स्थापना गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदेशभर मनसुनी वायुको प्रभाव : आज यी ठाउँहरुमा भारी वर्षा हुने
असार १२, २०८१ बुधबार
नेपाल-चीन कूटनीतिक परामर्श संयन्त्रको बैठक सम्पन्न
असार ११, २०८१ मंगलबार
६० केजी सुन तस्करी प्रकरण : दोस्रो चरणको अनुसन्धानमा २० जना पक्राउ, १५ जना अझै फरार
असार ११, २०८१ मंगलबार
टेलिकमको बिलिङ प्रणालीमा अर्ब बढी हिनामिना आरोपमा मुद्दा चलाउने अख्तियारको तयारी
असार ११, २०८१ मंगलबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
असार ११, २०८१ मंगलबार
मुख्यसचिवका दाबेदार गृहसचिव अर्याल ढुक्कै विदेश भ्रमणमा
असार ११, २०८१ मंगलबार
डेढ दशकपछि म्याग्दीको बेनी–भकिम्ली सडक स्तरोन्नति
असार १२, २०८१ बुधबार
युरोकप: समुह 'सी' बाट इङल्याण्ड, डेनमार्क र स्लोभेनिया नकआउट चरणमा
असार १२, २०८१ बुधबार
देशभर मनसुनी वायुको प्रभाव : आज यी ठाउँहरुमा भारी वर्षा हुने
असार १२, २०८१ बुधबार
तपाईको आजको राशीफल कस्तो छ ?
असार १२, २०८१ बुधबार
जंगली च्याउ खाँदा ३ जनाको मृत्यु, १६ बिरामी
असार ११, २०८१ मंगलबार