अल्लु अर्जुन र आमिर खान बक्स अफिसमा आमनेसामने हुने
नेपालबहस संवाददाता
असार ३, २०८१ सोमबार ११:२२:३२
३ असार, काठमाडौं । बलिउडका दुई ठूला सुपर स्टार अल्लु अर्जुन र आमिर खान बक्स अफिसमा आमनेसामने हुने भएका छन् । यस बर्षको क्रिसमस रिलिजमा पुष्पा-२ र सितारे जमिन परको भिडन्त हुने चर्चा बलिउडमा रहेको छ ।
यस अघि पुष्पा-२ अगस्त १५ मा रिलिज हुने भनिएको भएपनि विविध कारण फिल्मको प्रदर्शन सारिएको छ । अहिलेसम्म आधिकारिक रुपमा घोषणा नगरिएको भएपनि हिन्दुस्तान टाइम्सले पुष्पा-२ क्रिसमसमा रिलिज हुने उल्लेख गरेको छ । यस अघि वेलकम-३ पनि क्रिसमसमा रिलिज हुने भएको थियो तर वेलकम-३ को निर्माण टिमले सितारे जमिनलाई सोलो रिलिजको अवसर दिँदै क्रिसमसमा रिलिज नगर्ने बताएका थिए ।
तर अब भने लाल सिंह चड्डापछि कम्ब्याक गर्न लागेका आमिरलाई पुष्पा-२ पनि साथमा रिलिज हुने चर्चा टाउको दुखाइको विषय बनेको छ । अल्लु अर्जुनको हिन्दी बेल्टमा राम्रो फ्यान बेस भएका कारण आमिरको फिल्मलाई ठुलो असर हुने विश्लेषण गरिएको छ ।
यस अघि २०२१ को क्रिसमसमा रिलिज गरिएको पुष्पा ले बक्स अफिसमा राम्रो कमाइ गरेका कारण पनि अहिले पुष्पा-२ पनि क्रिसमसमा रिलिज हुने दाबि गरिएको छ । पुष्पा-२ मा अल्लु अर्जुन, रश्मिका मण्डना, विजय सेतुपतिलगायतको अभिनय रहेको छ भने सितारे जमिन परमा आमिर खानका अलावा जिनेलिया देशमुख, दरशील सफारीलगायतको अभिनय रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफिल्म भूल भुलैया-३ को सस्पेन्सले भरिएको पोष्टर सार्वजनिक
असोज ९, २०८१ बुधबार
भारतबाट 'लापत्ता लेडिज' ओस्कारमा
असोज ७, २०८१ सोमबार
स्त्री-२ बन्यो ६०० करोड कमाई गर्ने बलिउडको दोस्रो फिल्म
असोज ७, २०८१ सोमबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार