कोशीमा ‘एक विद्यालय, एक नर्स कार्यक्रम’ प्रभावकारी
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
असार ३, २०८१ सोमबार १४:३५:१५
![](https://nepalbahas.prixacdn.net/media/albums/school_nurse_HFwIdWgzNd_W6A8yb6jQa.png)
३ असार, झापा । कोशी प्रदेशमा ‘एक विद्यालय, एक नर्स कार्यक्रम’ प्रभावकारी बन्दै गएको छ । विद्यालय तहमा विद्यार्थीको स्वास्थ्य उपचार गर्ने उद्देश्यले सञ्चालन गरिएको सो कार्यक्रमबाट विद्यार्थी लाभान्वित भएका छन् ।
प्रदेशका कूल एक सय ७३ सामुदायिक विद्यालयमा प्रदेश सरकारले नर्सिङ सेवा कार्यक्रम सञ्चालन गरेको छ । उक्त कार्यक्रमको माग गर्ने विद्यालयको सङ्ख्या बर्सेनि बढ्दै गएको छ । तत्कालीन अवस्थामा सामाजिक विकास मन्त्रालयले सञ्चालन गरेको यो कार्यक्रम प्रदेशमा छुट्टै स्वास्थ्य मन्त्रालय स्थापना भएसँगै २०७८ सालदेखि प्रदेश स्वास्थ्य निर्देशनालयमार्फत सञ्चालनमा छ ।
कोशी प्रदेश स्वास्थ्य निर्देशनालय, धनकुटाका प्रमुख ज्ञानबहादुर बस्नेतका अनुसार सुरुमा यो कार्यक्रम प्रत्येक पालिकाका एक÷एक विद्यालयमा सञ्चालन गर्न ल्याइएको थियो । तर पछिल्लो समय एक हजारभन्दा बढी विद्यार्थी सङ्ख्या भएका विद्यालयमा नर्सिङ कार्यक्रम सञ्चालन गर्न सकिने व्यवस्था छ । यो व्यवस्थासँगै धेरै विद्यालयबाट यो कार्यक्रम माग भई आएको उनी बताउछन् ।
चालु आर्थिक वर्षमा मात्रै प्रदेशका विभिन्न १३ विद्यालयमा यो कार्यक्रम सञ्चालनका लागि स्वीकृत भइसकेको निर्देशनालयका प्रमुख बस्नेतले जानकारी दिए। यसअघि एक सय ६० विद्यालयमा मात्रै रहेको नर्सिङ सेवा कार्यक्रम चालु आर्थिक वर्षदेखिनै एक सय ७३ विद्यालयमा लागू गरिएको उनको भनाइ छ ।
प्रमुख बस्नेतले भने, “यही आर्थिक वर्षभित्र कोशी प्रदेशका एक सय ७३ विद्यालयमा यो कार्यक्रम लागू हुँदैछ । माग आउने क्रम बढ्दै गएको छ ।”
विद्यालयमा विशेष गरी किशोरीले आफ्नो स्वास्थ्य समस्याका कारण बीचैमा पढाइ छाड्ने समस्यालाई मध्यनजर गरेर विद्यालयमा नर्सिङ सेवा कार्यक्रम सञ्चालन गरिएको र यसको सकारात्मक प्रभाव परेको प्रमुख बस्नेतको भनाइ छ । यससँगै अस्वस्थकर र स्वास्थ्यमा असर पुग्ने खानेकुराको लत लाग्नबाट जोगाउन र विद्यार्थीमार्फत समुदायमा जनचेतनाका कार्यक्रम चलाउन विद्यालय नर्सिङ कार्यक्रमबाट मद्दत पुगेको उनले बताए ।
स्वास्थ्य मन्त्रालय, स्थानीय तह र विद्यालयबीच त्रिपक्षीय सम्झौता गरी कार्यक्रम सञ्चालन तथा व्यवस्थापन गर्ने गरिएको छ । झापाको कमल गाउँपालिका–५ स्थित मङ्गलमय माविमा नर्सिङ सेवासँगै स्वास्थ्य इकाइको नेतृत्व गरिरहेकी नर्स मुना अधिकारीले नर्सिङ कार्यक्रमका अतिरिक्त स्वास्थ्य चेतनासम्बन्धिका अन्य जनचेतनामूलक कार्यक्रम पनि गर्ने गरिएको बताइन् ।
स्वास्थ्य सम्बन्धिका राष्ट्रिय दिवसका सन्दर्भमूलक कार्यक्रम, बालबालिकालाई लगाइने खोपलगायतका स्वास्थ्य कार्यक्रमलाई लक्षित गरेर विद्यालय तहमा पनि विभिन्न कार्यक्रम गर्ने गरिआएको उनले स्पष्ट पारिन् । उक्त विद्यालय सो कार्यक्रम सञ्चालन गर्ने जिल्लाकै पहिलो हो ।
विद्यालय तहबाटै बालबालिकालाई सन्तुलित र पोषिलो खानेकुराको लेखाजोखा, नियमित स्वास्थ जाँच, प्राथमिक उपचारको व्यवस्था, अभिभावक–बालबालिकालाई स्वास्थ्य सुरक्षाका विषयमा समेत जानकारी गराउने कार्यनियमित रुपमा हुदैआएका छन् । मङ्गलमय माविका निमित्त प्रधानाध्यापक डम्बरुप्रसाद पोखरेलले नर्सिङ सेवाका माध्यमबाट विशेष गरी किशोरीलाई पर्ने स्वास्थ्य समस्या समाधान गर्न सहज भएको उल्लेख गरे । यो कार्यक्रमबाट विद्यार्थीको नियमित स्वास्थ्य जाँच मात्र नभएर विषयगत पठनपाठनमा समेत फाइदा पुगेको उनको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाढी बस्तीमा पसेपछि विराटनगरमा ५ सय बढी घर डुबानमा, वडा नं ६ धेरै प्रभावित
असार १२, २०८१ बुधबार
ओखलढुङ्गामा पहिरोले घरगोठ पुरिँदा एकजनाको मृत्यु, दुई घाइते
असार १२, २०८१ बुधबार
विराटनगर महानगरको बजेट साढे तीन अर्ब
असार १०, २०८१ सोमबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
नेपालबहस संवाददाता
असार ११, २०८१ मंगलबार
अन्तरिक्षबाट घरको छतमा टुक्रा खसेपछि नासाविरुद्ध मुद्धा दायर
नेपालबहस संवाददाता
असार १०, २०८१ सोमबार
भारतको सेमिफाइनल खेलमा वर्षा भयो भने के हुन्छ ?
नेपालबहस संवाददाता
असार १०, २०८१ सोमबार
सर्वोच्चले खारेज गर्यो कोशी प्रदेश सरकार विरुद्धको रिट
असार ११, २०८१ मंगलबार
नेपाल आइडल विजेता करण परियारलाई प्रधानमन्त्रीले दिए बधाई, गितार उपहार
असार १२, २०८१ बुधबार
देशभर मनसुनी वायुको प्रभाव : आज यी ठाउँहरुमा भारी वर्षा हुने
असार १२, २०८१ बुधबार
रहस्यमय मृत्युलाई लिएर कराँचीमा उच्च सतर्कता अवलम्बन
असार १२, २०८१ बुधबार
संसदीय छानबिन समितिले माग्यो गोरखा मिडिया नेटवर्कमा लगानी गरेका सहकारीको कागजात
असार १२, २०८१ बुधबार
तातोपानी गाउँपालिकाले एकल पुरुष भत्ता कार्यक्रम लागू गर्ने
असार १२, २०८१ बुधबार
बाढी पसेपछि विराटनगर विमानस्थल बन्द
असार १२, २०८१ बुधबार
कांग्रेसले स्वास्थ्य तथा गुणस्तरसम्बन्धी गैर सरकारी विधेयक दर्ता गराउने
असार १२, २०८१ बुधबार
ट्राभिस हेड टी-२० वरियताको ब्याट्सम्यानको सूचीमा शिर्ष स्थानमा
असार १२, २०८१ बुधबार