सशस्त्र प्रहरीमा दुई डीआईजीलाई स्पष्टीकरण !
नेपालबहस संवाददाता
असार ३, २०८१ सोमबार २२:१७:१३
३ असार, काठमाडौं । राजनीतिक दलका नेताहरूसँग संगत बढाएको भन्दै सशस्त्र प्रहरी बलका एक डीआईजी अञ्जनीकुमार पोखरेल र दुई एसएसपीलाई स्पष्टीकरण सोधिएको छ ।
यस्तै आगलागी प्रकरणमा अर्का डीआईजी पुरुषोत्तम थापालाई पनि स्पष्टीकरण सोधिएको छ । यो स्पष्टीकरणलाई सशस्त्र प्रहरीले गोप्य राख्न चाहेको छ । डीआईजी पोखरेललाई संगठनको आन्तरिक नीति नियम र आचारसंहिता उल्लंघन गरेको आरोप लगाइएको स्रोतको दावी छ ।
बराह बाहिनीबाट मधेश प्रदेशमा रहेको छिन्नमस्ता बाहिनीमा सरुवा चाहेका डीआईजी पोखरेलले माओवादीका नेताहरूसँग भेटघाट गरेको स्रोतको दावी छ । त्यस्तै थापालाई सशस्त्र प्रहरी बल, नेपाल नं. ९ पशुपतिनाथ बाहिनीबाट सुरक्षा जिम्मेवारीमा रहेका बेला सशस्त्र प्रहरीको केन्द्रीय भण्डारणमा आगलागी भएको थियो ।
सो विषयमा उनलाई कारबाहीको लागी पहिलो चरणमा स्पष्टीकरण सोधिएको सशस्त्र प्रहरी मुख्यालय स्रोतले जनाएको छ । पोखरेल हाल सानो गौचरणमा रहेको स्टाफ कलेजमा कार्यरत रहेका छन् । थापा मुख्यालयमै कार्यरत रहेका छन् । दुवै डीआईजी सिं सं १ का व्याची हुन् । उनीहरू दुवै जना संगठनको भावी नेतृत्वको प्रतिस्पर्धी पनि थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुनसरीबाट करीब ४८० केजी गाँजा बरामद
भदौ २६, २०८१ बुधबार
गृह मन्त्रालयले सशस्त्र प्रहरी सम्बन्धी विधेयक अर्थमा पठायो
भदौ २१, २०८१ शुक्रबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार