दूतावासको आयोजनामा लुम्बिनीमा योगाभ्यास
नेपालबहस संवाददाता
असार ६, २०८१ बिहिबार १४:५७:३६
६ असार, भैरहवा । अन्तर्राष्ट्रिय योग दिवसको पूर्वसन्ध्यामा भारतीय दूतावासको आयोजनामा आज लुम्बिनीमा योगाभ्यास सम्पन्न भएको छ । योगाभ्यास कार्यक्रमको उद्घाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले गरे ।
सो कार्यक्रममा उनले बुद्धले शान्ति, करुणा र समझदारीको मार्गमा अग्रसर गराउनुका साथै मानव जीवनमा योग र ध्यानको महत्वबारे प्रकाश पारे । उनले पूर्वीय सभ्यतासँग जोडिएको योग आज विश्वभर एक सशक्त स्वास्थ्य र कल्याणको मार्गका रूपमा प्रख्यात हुँदै गएको औँल्याए ।
स्वास्थ्यका लागि योग’ विश्वव्यापी चुनौती सामना गरिरहँदा अझ सान्दर्भिक रहेको महराको भनाइ छ । योगले हाम्रो शारीरिक स्वास्थ्य बलियो बनाउने, प्रतिरोधात्मक क्षमता बढाउने र मानसिक दृढता बढाउने महत्त्वपूर्ण साधनको रूपमा काम गरिरहेको छ, यसले हामीलाई तनाव, चिन्ता र अन्योलका बेला सामन्जस्य गर्न मद्दत पुर्याएको छ, उनले भने ।
महाराले लुम्बिनी प्रदेश सरकार नागरिकहरूको स्वास्थ्य र कल्याण प्रवर्द्धन गर्न प्रतिबद्ध रहेको जनाए । योगका फाइदालाई स्वीकार्दै, सार्वजनिक स्वास्थ्यसम्बन्धी पहलमा समावेश गर्न र प्रत्येक व्यक्तिलाई योगलाई आफ्नो दैनिक जीवनमा समावेश गर्न प्रेरित गरिरहेको उनले बताए ।
सोही कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले अन्तर्राष्ट्रिय योग दिवसको पूर्वसन्ध्यामा प्रत्येक वर्ष लुम्बिनीमा योग दिवस मनाउँदै आएको बताए । उनले यस पटकसमेत गरि लुम्बिनीमा यो तेश्रो पटक दिवस मनाइएको र यसलाई दूतावासले प्रत्येक वर्ष मनाउने जानकारी दिए । सन् २०१४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तावमा संयुक्त राष्ट्रसंघले अनुमोदन गरेयता यसलाई मनाइँदै आएको उनले बताए ।
लुम्बिनीको लिटल बुद्धको प्रतिमा अगाडि आयोजित योगाभ्यास कार्यक्रममा मुख्यमन्त्री महरा, राजदूत श्रीवास्तवसहित पूर्वमन्त्रीहरू हृदयेशकुमार त्रिपाठी, देवेन्द्रराज कँडेललगायत पाँच सय बढी योग साधकको सहभागिता रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपडब्लुएचओको प्रतिवेदन भन्छ, मोबाइल फोनको प्रयोगले क्यान्सर हुँदैन
असोज १२, २०८१ शनिबार
के एआईले मधुमेहदेखि मानसिक रोगसम्म पत्ता लगाउन सक्छ ?
असोज ११, २०८१ शुक्रबार
यो बिर्सने रोगले तपाईको ज्यान लिन सक्छ !
असोज ३, २०८१ बिहिबार
सहकारी ठगेर भागेका ढोरपाटनका मेयर देवकुमार नेपाली दिल्लीमा पक्राउ, नेपाल ल्याउने तयारी
असोज ११, २०८१ शुक्रबार
१२ घण्टा यता देशैभर भारी वर्षाः हवाई उडान प्रभावित, मुग्लिन-नारायणगढ सडकमा राती सवारी बन्द
असोज ११, २०८१ शुक्रबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलः चिनियाँ ऋणको बोझबाट कहिले पाउला मुक्ति ?
असोज ११, २०८१ शुक्रबार
काठमाडौं उपत्यका र अन्य भागमा गरी अहिलेसम्म ३० जनाको मृत्यु, ११ जना बेपत्ता
असोज १२, २०८१ शनिबार
डेंगु नियन्त्रण नीति निर्माण गर्न डाक्टर शेरबहादुर पुनको नेतृत्वमा कार्यदल गठन
असोज १२, २०८१ शनिबार
मेटालाई पासवर्ड सुरक्षा त्रुटिको विषयमा १०६ मिलियन डलर जरिवाना
असोज १२, २०८१ शनिबार
काठमाडौँ उपत्यकाबाट ७५० जनाको सकुशल उद्दार, प्रतिकार्य कमाण्ड पोष्ट सक्रिय
असोज १२, २०८१ शनिबार
न्यूजील्याण्ड श्रीलंकाविरुद्धको दोस्रो टेस्टमा फलोअनमा
असोज १२, २०८१ शनिबार
बाढीले बगाएको ग्याँस बुलेट एमालेको केन्द्रीय कार्यालय नजिक अड्कियो
असोज १२, २०८१ शनिबार