आईएल टी-२० फ्रेन्चाइजी गल्फ जायन्टद्वारा दिपेन्द्रसहित १३ खेलाडी रिटेन
नेपालबहस संवाददाता
असार ७, २०८१ शुक्रबार १८:५:१
७ असार, काठमाडौं । नेपाली राष्ट्रिय टोलीका अलराउन्डर दीपेन्द्र सिंह ऐरीलाई युएईको आईएल टी २० लिग फ्रेन्चाइजी गल्फ जायन्टलले रिटेन गरेको छ । गल्फ जायन्टले आउदो सिजनका लागि रिटेन गरेका १३ खेलाडीमा दीपेन्द्र पनि परेका हुन् ।
गल्फ जायन्टले ऐरीसहित जेम्स भिन्स, शिमरोन हेटमायर, क्रिस जोर्डन, आयान खान, जुहाइब जुबैर, ब्लेसिंग मुजरबानी, गेर्हार्ड इरास्मस, जेमी स्मिथ, रिचर्ड ग्लेसन, रेहान अहमद, जोर्डन कक्स र जेमी ओभरटनलाई रिटेन गरेको जानकारी दिएको छ ।
ऐरीले यसअघिको सिजनमा पनि गल्फ जायन्टमा सामेल भएपनि कुनै खेल भने खेल्न पाएका थिएनन् । आइएल टी-२० को आउँदो सिजन ११ जनवरी २०२५ देखि शुरु हुँदै छ ।
यस अघि २०२३ र २०२४ गरी दुई सिजन सम्पन्न भएको यो टी(२० लिगमा २०२३ को पहिलो सिजनमा गल्फ जायन्ट च्याम्पियन बनेको थियो भने २०२४ मा एमआई इमिरेट्स च्याम्पियन बनेको थियो । यस लिगमा आइपिएल फ्रेन्चाइजीका मालिकले टिम बनाएका छन् । गल्फ जायन्ट आइपिएल टिम गुजरात जायन्टसका मालिक अदानी समुहको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपन्यूजील्याण्ड श्रीलंकाविरुद्धको दोस्रो टेस्टमा फलोअनमा
असोज १२, २०८१ शनिबार
आईपीएल टिम कोलकोताको मेन्टर बने ब्राभो
असोज ११, २०८१ शुक्रबार
नेपालले क्यानडा र ओमानसँग त्रिकोणात्मक टी-२० सिरिज खेल्ने
असोज ११, २०८१ शुक्रबार
सहकारी ठगेर भागेका ढोरपाटनका मेयर देवकुमार नेपाली दिल्लीमा पक्राउ, नेपाल ल्याउने तयारी
असोज ११, २०८१ शुक्रबार
१२ घण्टा यता देशैभर भारी वर्षाः हवाई उडान प्रभावित, मुग्लिन-नारायणगढ सडकमा राती सवारी बन्द
असोज ११, २०८१ शुक्रबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलः चिनियाँ ऋणको बोझबाट कहिले पाउला मुक्ति ?
असोज ११, २०८१ शुक्रबार
देशभर ६३ स्थानमा यातायात अवरुद्ध, काठमाडौँ उपत्यका प्रवेश गर्ने सबै नाका बन्द
असोज १२, २०८१ शनिबार
पर्वतमा आमाछोरी पाँच दिनदेखि सम्पर्कविहीन
असोज १२, २०८१ शनिबार
काभ्रेमा बाढी–पहिरोले चारको मृत्यु, १० जना बेपत्ता
असोज १२, २०८१ शनिबार
लगातार वर्षा हुँदा माथिल्लो मनाङमा हिमपात, जनजीवन प्रभावित
असोज १२, २०८१ शनिबार
‘पूर्ण बहादुरको सारङ्गी’ को दोस्रो गीत सार्वजनिक
असोज १२, २०८१ शनिबार