महाधिवेशनमा साझा दस्तावेज लैजाने निर्णय
नेपालबहस संवाददाता
असार ८, २०८१ शनिबार २२:४:१३
८ असार, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालय बैठकले आसन्न महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक प्रतिवेदन, समाजवादी कार्यक्रम, विधानसम्बन्धी र साङ्गठनिक प्रतिवेदनलाई साझा दस्तावेज बनाउने निर्णय गरेको छ ।
पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा केन्द्रीय कार्यालयमा आज बसेको बैठकले चारवटा प्रतिवेदनलाई सर्वसम्मतिले अनुमोदन गरेपछि प्रतिवेदनलाई एउटै दस्तावेज बनाएर महाधिवेशनमा लैजाने विषयमा छलफल गरेको हो ।
यही असार १६ देखि २० गतेसम्म काठमाडौँस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने राष्ट्रिय महाधिवेशनमा सो दस्तावेजमा छलफल गरिने छ । महाधिवेशन तयारी मूल व्यवस्थापन कमिटीले अहिलेसम्म गरेका तयारीबारे जानकारी गराइएको बैठकमा आर्थिक व्यवस्थापनका विषयमा समेत छलफल गरिएको पोलिटब्यूरो सदस्य भाष्कर काफ्लेले जानकारी दिए ।
छनोट गरिएका प्रतिनिधिको कुल सङ्ख्याको पाँच प्रतिशत अर्थात् ९५ जना प्रतिनिधि, क्षेत्र, भूगोल, समावेशी ढङ्गले सन्तुलन मिलाएर विवादरहित तरिका मनोनयन गर्ने विषयमा छलफल गरिएको छ । मुलुकको समसामयिक विषयवस्तु, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिबारे समीक्षा गरिएको बैठकमा समस्त वामपन्थी, प्रगतिशील, देशभक्त, लोकतान्त्रिक शक्तिबीचको सहकार्यलाई जोड दिइएको छ । पार्टीको वैचारिक दृष्टिकोणका साथै नीति तथा कार्यक्रममा पारित गर्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपद्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
गृहमन्त्रीले बोलाए केन्द्रिय सुरक्षा समितको बैठक
असोज १२, २०८१ शनिबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
आशिका तामाङलाई पक्राउ गर्न सूर्यविनायक नगरपालिकाको माग
नेपालबहस संवाददाता
असोज ९, २०८१ बुधबार
कांग्रेसको प्राकृतिक स्रोत विभागमा १० सदस्य मनोनित
नेपालबहस संवाददाता
असोज ९, २०८१ बुधबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
नारायणगढ-मुग्लिङ्ग सडकको ९ किलोमा सडक भासियो
असोज १२, २०८१ शनिबार
अपडेट : बाढी, पहिरो र डुबानमा परी ६६ जनाको मृत्यु, ७९ जना बेपत्ता
असोज १२, २०८१ शनिबार
कोशी ब्यारेजमा पुलमाथि पानी, पैदल हिड्न रोक
असोज १२, २०८१ शनिबार
बाढी-पहिरोले उपत्यकामा ३२ सहित देशभर ५३ जनाको मृत्यु, थुप्रै क्षेत्र जलमग्न
असोज १२, २०८१ शनिबार
एन्फा एकेडेमीका ६ खेलाडी पहिरोमा परे, तिन जनाको शव भेटियो
असोज १२, २०८१ शनिबार