पहिरोले डुम्रे–बेँसीसहर सडक पुनः अवरुद्ध, सयौं यात्री अलपत्र
नेपालबहस संवाददाता
असार ९, २०८१ आइतबार ७:५०:७
९ असार, लमजुङ । गएराति देखि भएको निरन्तरको वर्षाले पहिरो खस्दा पुनः डुम्रे–बेँसीसहर सडक अवरुद्ध भएको छ । यस सडकअन्तर्गत बेँसीसहर नगरपालिका–१ दलालमा आज बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक थानेश्वर चपाईँले पानी परिरहेका र पहिरो पनि निरन्तर खसिरहेकाले बाटो खुल्न समय लाग्ने बताए । सडक अवरुद्ध भएपछि लमजुङबाट सङ्घीय राजधानी काठमाडौँ, गण्डकी प्रदेश राजधानी पोखरा तथा चितवन, भैरहवालगायत स्थान जानेआउने र बेँसीसहरतर्फको सवारी आवागमन बन्द भएको छ । बाटोमा सयौँ यात्री अलपत्र परेका छन् । यसअघि यही असार ४ गते पनि पहिरो खस्दा सडक अवरुद्ध भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनारायणगढदेखि मुग्लिन हुँदै नागढुंगा सडकमा भोली बिहान ५ बजेसम्म सवारी चलाउन रोक
असोज १२, २०८१ शनिबार
काभ्रेभिरमा पहिरो खस्दा बेँसीसहर–चामे सडक अवरुद्ध
असोज ११, २०८१ शुक्रबार
भीमफेदी–कुलेखानी–फाखेल सडक सञ्चालन
असोज ११, २०८१ शुक्रबार
आशिका तामाङलाई पक्राउ गर्न सूर्यविनायक नगरपालिकाको माग
नेपालबहस संवाददाता
असोज ९, २०८१ बुधबार
कांग्रेसको प्राकृतिक स्रोत विभागमा १० सदस्य मनोनित
नेपालबहस संवाददाता
असोज ९, २०८१ बुधबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
नारायणगढ-मुग्लिङ्ग सडकको ९ किलोमा सडक भासियो
असोज १२, २०८१ शनिबार
अपडेट : बाढी, पहिरो र डुबानमा परी ६६ जनाको मृत्यु, ७९ जना बेपत्ता
असोज १२, २०८१ शनिबार
कोशी ब्यारेजमा पुलमाथि पानी, पैदल हिड्न रोक
असोज १२, २०८१ शनिबार
बाढी-पहिरोले उपत्यकामा ३२ सहित देशभर ५३ जनाको मृत्यु, थुप्रै क्षेत्र जलमग्न
असोज १२, २०८१ शनिबार
एन्फा एकेडेमीका ६ खेलाडी पहिरोमा परे, तिन जनाको शव भेटियो
असोज १२, २०८१ शनिबार