कुपोषित बालबालिकालाई पोषणयुक्त आहार वितरण
नेपालबहस संवाददाता
असार १०, २०८१ सोमबार ११:३६:४२
१० असार, काठमाडौं । जिल्लाको नरहरीनाथ गाउँपालिकाका ४६ जना कुपोषित बालबालिकालाई पोषणयुक्त आहार वितरण गरिएको छ । गाउँपालिकाको वडा नं १ देखि ४ सम्मका चारवटा वडामा कुपोषण देखिएका ती बालबालिकालाई पोषणयुक्त आहार वितरण गरिएको हो ।
नरहरीनाथ गापाको छ महिनादेखि ५९ महिना उमेर समूहका बालबालिकाको कुपोषण अवस्था जाँच गर्दा ती बालबालिकामा कुपोषण देखिएको थियो । उनीहरुलाई पोषणयुक्त आहार वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।
कुपोषण पहिचान शिविरमा देखा परेका उनीहरुका लागि पोषणयुक्त खाद्यवस्तु अण्डा, लिटो बनाउने चामल, पाँच केजी मासु, मुसुराको दाल, चना केराउलगायतका आहार वितरण गरिएको नरहरिनाथ गाउँपालिकाले जनाएको छ ।
नरहरीनाथ गाउँपालिकाको चारवटा वडाका पाँच सय ३८ बालबालिकाको कुपोषण जाँच गरिएको थियो । त्यसमध्ये ४१ जनामा मध्यम खालको कुपोषण र छ जनामा कडा खालको कुपोषण देखा परेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मनोज बोगटीले जानकारी दिए ।
“अस्पतालमा आएर जाँच गरि कुपोषण देखा परेका बालबालिकाको अभिभावक फेरि बच्चा लिएर नियमित अस्पताल आउन मान्दैनन्”, उनले भने, “स्याहार सुसार र आहार नपाएरै कुपोषण देखा पर्ने गरेको छ । ग्रामीण भेगमा बालबालिकालाई छाडेर मेलापात, घाँस दाउरा वनपाखा गर्नुपर्ने हुन्छ । उनीहरुको रेखदेख र स्याहार नहुँदा कुपोषण लाग्ने गरेको पाइएको छ ।”
कुपोषण भेटिएका वडामा खानेपानी, सरसफाइ तथा स्वच्छतासम्बन्धी पाँच वर्ष मुनिका बालबालिकाका बाबुआमालाई कक्षा सञ्चालन गरिएको छ । गाउँपालिकाकाले पोषणमैत्री अभियान सञ्चालन गरी कुषोषणमा कमी ल्याउने काम गरिरहेको नरहरिनाथ गाउँपालिकाका अध्यक्ष नगेन्द्र विष्टले बताए।
“कुषोषण न्यूनीकरण गर्न गाउँसभाले बजेट व्यवस्थापनको तयारी गरेको छ”, उनले भने, “पोषणमैत्री पालिका निर्माणका लागि गाउँपालिकाले अन्य सङ्घ संस्थासँग समन्वय र सहकार्य गर्न तयार छ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं–बैंकक ‘रोड कनेक्टिभिटी’ अध्ययन गर्न टिवानको टोली थाइल्याण्ड प्रस्थान
असार १४, २०८१ शुक्रबार
खोला किनारमा मत्ता हात्ती मृत भेटियो
असार १३, २०८१ बिहिबार
राडीपाखी बुन्ने चलन लोपोन्मुख अवस्थामा
असार १२, २०८१ बुधबार
सशस्त्र प्रहरीका एसपी र डीएसपी सरुवामा गृहमन्त्रीको मनलाग्दी
नेपालबहस संवाददाता
असार १२, २०८१ बुधबार
यी राशीमा ३ दिनपछि आर्थिक संकटको छायाँ पर्न सक्छ !
नेपालबहस संवाददाता
असार १२, २०८१ बुधबार
बसमा सवार यात्रुको मृत्यु, चालक र सहचालक पक्राउ
नेपालबहस संवाददाता
असार १३, २०८१ बिहिबार
रास्वपाको भविष्य छैन, दुर्घटना उन्मुख छः महामन्त्री मुकुल
नेपालबहस संवाददाता
असार १२, २०८१ बुधबार
बसमा सवार यात्रुको मृत्यु, चालक र सहचालक पक्राउ
असार १३, २०८१ बिहिबार
जङ्गलमा उम्रिएको झरी च्याउ टिप्दै महिला
असार १३, २०८१ बिहिबार
तपाईको आजको राशीफल कस्तो छ ?
असार १४, २०८१ शुक्रबार
विवादले काठमाडौं महानगरको नगरसभा रोकियो, उपमेयर डंगोलको पोर्चुगल भ्रमण पनि स्थगित
असार १४, २०८१ शुक्रबार
टेरामक्सबारे उचित दिन आएछ भने म यसको जवाफ दिनेछु : सांसद बस्नेत
असार १४, २०८१ शुक्रबार
सर्लाहीमा चट्याङ लागेर महिलाको मृत्यु
असार १४, २०८१ शुक्रबार
अन्नपूर्ण चक्रीय पदमार्गमा रहेको रुप्से झरना
असार १४, २०८१ शुक्रबार
सर्वोच्चको पत्रपछि सांसद देवकोटाले पाए बैठकमा प्रवेश
असार १४, २०८१ शुक्रबार
झारखण्डका पूर्व मुख्यमन्त्री सोरेनलाई जमानत
असार १४, २०८१ शुक्रबार