निरन्तर वर्षाले चौरजहारी-सल्लीबजार सडक अवरुद्ध
नेपालबहस संवाददाता
असार ११, २०८१ मंगलबार १२:४२:३९
११ असार, सुर्खेत । निरन्तर वर्षा हुँदा रुकुम पश्चिमको चौरजहारी-सल्यानको सल्लीबजार सडकखण्ड आज बिहानदेखि अवरुद्ध भएको छ । आँपखोलीदेखि सुनौली बजारभित्र रहेका खहरे खोलाले बगाइ ल्याएको ढुङ्गामाटो सडकमा थुप्रिएपछि सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । यो सडक भेरी करिडोरसँग जोडिने गर्दछ ।
सडक अवरुद्ध भएका कारण चौरजहारी-सल्लीबजार आउजाउ गर्ने यात्रुलाई सास्ती भएको छ । यात्रुहरू बिहानैदेखि सडकमा अलपत्र परेका छन् ।
सडकमा खसेको ढुङ्गामाटो र लेदोले गर्दा यातायात सञ्चालनमा समस्या भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी प्रवक्ता प्रहरी निरीक्षक भवानीप्रसाद धमलाले बताए । सडकमा खसेको ढु्ङ्गामाटो हटाउने काम भइरहेको उनले जानकारी दिए ।
यही सडक हुँदै रुकुम पश्चिमबाट मध्यपहाडी लोकमार्गसमेत जोडिने गर्दछ । भेरी करिडोर, मध्यपहाडी लोकमार्ग तथा लुम्बिनी रारा राजमार्गसमेत यही सडकलाई छुने गर्दछ । पानी निरन्तर पर्ने क्रम जारी रहेकाले मर्मत कार्यमा बाधा पुगेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपहिराले अवरुद्ध पृथ्वी राजमार्ग सञ्चालन अझै अनिश्चित
असोज १२, २०८१ शनिबार
नारायणगढदेखि मुग्लिन हुँदै नागढुंगा सडकमा भोली बिहान ५ बजेसम्म सवारी चलाउन रोक
असोज १२, २०८१ शनिबार
काभ्रेभिरमा पहिरो खस्दा बेँसीसहर–चामे सडक अवरुद्ध
असोज ११, २०८१ शुक्रबार
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
शनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
क्यानडाविरुद्ध नेपालले टस जित्यो
असोज १२, २०८१ शनिबार
विपद् अपडेट : देशभर बाढी, पहिरो र डुबानबाट ८७ जनाको मृत्यु, ७२ बेपत्ता
असोज १२, २०८१ शनिबार
आपत्कालीन उपचारका लागि चौबिसै घण्टा तयार रहन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
असोज १२, २०८१ शनिबार
झ्याप्ले खोलामा पहिरोले पुरिएका २ सवारी साधनबाट १४ शव निकायो
असोज १२, २०८१ शनिबार
काठमाडौं उपत्यकामा वर्षाको ‘रेकर्ड ब्रेक’
असोज १२, २०८१ शनिबार