चलचित्र ‘मोदीबेनी'को अफिसियल पोस्टर सार्वजनिक
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
असार १२, २०८१ बुधबार १२:४३:५७
![](https://nepalbahas.prixacdn.net/media/albums/Modibeni_Poster_release_XQYG0joPWn_rql45qwD4X.jpg)
१२ असार, काठमाडौं। आगामी श्रावण १८ गते रिलिज हुने नेपाली चलचित्र ‘मोदीबेनी'को अफिसियल पोस्टर सार्वजनिक भएको छ। पोस्टरमा अभिनेत्री वर्षा सिवाकोटीलाई केन्द्रमा राखिएको छ।
वर्षाको स्थान अन्य कलाकारहरू भन्दा ठुलो राखिएको छ। यसको मतलब चलचित्रमा वर्षाको भूमिका निकै महत्त्वपूर्ण रहेको अनुमान लगाउन सकिन्छ। पोस्टरमा अभिनेता अमर प्रताप श्रेष्ठ र अभिनेता प्रवीण खतिवडालाई बराबर स्थान दिइएको छ। यसबाट त्रिकोणात्मक कथा चलचित्रमा रहेको अनुमान लगाउन सकिन्छ। त्यस्तै, पोस्टरमा अभिनेत्री रेजिना उप्रेतीलाई साधारण गाउँले महिला र अभिनेता दिलीप केसीलाई गाउँकै सम्भ्रान्त व्यक्तिको रूपमा चित्रण गरिएको छ।
यसअघि अमर र वर्षाको क्यारेक्टर पोस्टर सार्वजनिक भएका थिए, जसमा अमरलाई 'एङ्ग्री योङ म्यान’ र वर्षालाई रहस्यमय अवतारमा देखाइएको थियो। नयाँ पोस्टरको थिम ‘सर्कल थिम’मा रहेको छ, जसमा पोस्टरको पृष्ठभूमिमा राखिएका पुल लगायतका दृश्यहरूलाई घुमाइएको छ। रोचक र रहस्यमय कथा बोल्ने यस पोस्टरमा चलचित्रको शीर्षकलाई पनि सर्कल थिममा नै राखिएको छ।
चलचित्रलाई लिएर जिज्ञासा बढाउने यस पोस्टरको डिजाइन कलात्मक पोस्टर डिजाइनरको रूपमा चिनिने रोयल भीमसेनले गरेका हुन्। भारतको मुम्बईबाट डिजिटल पेन्टिङको शिक्षा लिई नेपाल फर्केका उनले यसअघि ‘जात्रा’, ‘चिसो मान्छे’, ‘महापुरुष’, ‘महाजात्रा’, ‘प्रकाश, ‘पुजार सार्की’ जस्ता चलचित्रहरूका आकर्षक पोस्टर डिजाइन गरेका थिए।
पर्वत जिल्लाको मोदीबेनी क्षेत्रमा घटेको अविश्वसनीय घटनामा आधारित रहेर बनेको यो चलचित्रको कथामा त्यहाँको मात्र कथा नभई नेपालको जुनसुकै स्थानमा पनि त्यस्ता घटनाहरू भइरहेको पाइने निर्देशक शङ्कर कोइरालाले बताए।
यस चलचित्रमा अमर, वर्षा, प्रवीण, रेजिना, दिलीप सहित सरोज खनाल, कमलमणि नेपाल, जीवन भट्टराई, सरोज अर्याल, अनामिका लामिछाने, स्नेहा भट्टराई, लाबिस गर्तौला, सुब्रत आचार्य लगायतको अभिनय रहेको छ। डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा बनेको यो चलचित्रलाई आनन्द विक्रम क्षेत्रीले लेखेका छन्। यसमा दिलीप के.सी. निर्माता र हरि श्रेष्ठ सह-निर्माता रहेका छन्।
चलचित्रका गीतहरूमा शान भुसाल र एसडी योगीको सङ्गीत, राम अविरल बिस्ट र शान भुसालका शब्द रचना तथा स्वरूप राज आचार्य, एसडी योगी, एरिका खाती र विज्ञानी पराजुलीको स्वर रहेको छ। यसमा उत्सव दाहालको डिओपी, भरत रेग्मीको सम्पादन, दीपेन्द्र गौतम (माइकल)को प्रोडक्शन डिजाइन, श्याम बरालको मेकअप, गीता पौडेलको हेयर डिजाइन, भीम श्रेष्ठको ड्रेस डिजाइन र सगुन तामाङको प्रमुख सहायक निर्देशन रहेको छ। ट्राइडेन्ट कन्सेप्टको पोस्टर तथा सोसल मिडिया पब्लिसिटी डिजाइन रहेको गर्ने यस चलचित्रलाई रिच इन्टरटेन्मेन्टले काठमाडौं उपत्यका र एफडी कम्पनीले उपत्यका बाहिर वितरण गर्दैछन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदयाहाङ र मिरुनाको ‘घरज्वाइँ’को ट्रेलर सार्वजनिक
असार १४, २०८१ शुक्रबार
गीतको छायांकनसँगै चलचित्र 'यो मन त मेरो नेपाली हो' को शुटिङ्ग सकियो
असार ११, २०८१ मंगलबार
सुन्धारामा चलिरहेको छ नेपाल अफ्रिका चलचित्र महोत्सव
असार ८, २०८१ शनिबार
सशस्त्र प्रहरीका एसपी र डीएसपी सरुवामा गृहमन्त्रीको मनलाग्दी
नेपालबहस संवाददाता
असार १२, २०८१ बुधबार
यी राशीमा ३ दिनपछि आर्थिक संकटको छायाँ पर्न सक्छ !
नेपालबहस संवाददाता
असार १२, २०८१ बुधबार
बसमा सवार यात्रुको मृत्यु, चालक र सहचालक पक्राउ
नेपालबहस संवाददाता
असार १३, २०८१ बिहिबार
गृहमन्त्री लामिछानेको सचिवालयमा दाम जम्मा गर्न नसक्दा रोकिएको श्रेष्ठ र आचार्यको बढुवा !
असार १४, २०८१ शुक्रबार
एसइईमा फेल भएका सबैले मौका परीक्षा दिन पाउने
असार १४, २०८१ शुक्रबार
युरोकप नकआउट चरणको पहिलो खेलमा आज इटाली र स्वीजरल्याण्ड भिड्दै
असार १५, २०८१ शनिबार
बागलुङमा श्रीमान–श्रीमती घरसहित पहिरोमा पुरिए
असार १५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
असार १५, २०८१ शनिबार
मनसुनी वायुको प्रभाव : देशका विभिन्न ठाउँमा वर्षा, यी स्थानमा ठूलो पानी पर्ने
असार १५, २०८१ शनिबार
टी-२० विश्वकपको फाइनल आज, भारत र दक्षिण अफ्रिका भिड्दै
असार १५, २०८१ शनिबार
कृषि क्षेत्रमा जनशक्तिको अभाव हुनु दुःखद : राष्ट्रपति
असार १५, २०८१ शनिबार