धुलिखेलका एक हजार छ सयलाई सीपमूलक तालिम
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
असार १३, २०८१ बिहिबार १३:१६:२५
![](https://nepalbahas.prixacdn.net/media/albums/palar_dxHHNYvpmX_PBgRd3rnzX.jpeg)
१३ असार, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकामा एक हजार छ सयलाई विभिन्न प्रकारका सीपमूलक तालिम प्रदान गरिएको छ । युवालगायतका परिषद् गठन गरी दुई वर्षको अवधिमा सशक्तिकरण, उद्यमशीलता र सीपमूलक क्षेत्रमा उक्त सङ्ख्याका नागरिकलाई तालिम प्रदान गरेको नगरले जनाएको छ ।
नगरबासीलाई आधुनिक तरिकाले सीप सिकाएर आर्थिकरुपले सशक्त बनाइ आत्मनिर्भर बन्न प्रेरित गर्ने उद्देश्यले विभिन्न सीपमूलक तालिम प्रदान गरिएको जनाइएको हो । विभिन्न क्षेत्रमा उत्पादनमूलक एवं रोजगारमूलक तालिम दिई दक्षजनशक्ति निर्माणका लागि तालिम प्रदान गरिएको नगर प्रमुख अशोक ब्याञ्जूले बताए ।
“सीप सिकेर उद्यम गर्छु भन्नेका लागि उद्यमशीलतासहितको सहुलियत र अनुदानमा पुँजी र प्रविधि उपलब्ध गराएका छौँ, बेरोजगारी न्यूनीकरण गरी रोजगारी दिलाउन तथा आफैँ उत्पादनमूलक क्षेत्रमा लागि रोजगार सिर्जना गर्न विभिन्न आयमूलक र सीपमूलक तालिम उपलब्ध गराउने हाम्रो अभियान निरन्तर जारी छ”, उनले भने ।
नगर प्रमुख ब्याञ्जूका अनुसार उद्यमशीलतासहितको सीपमूलका तालिम र सशक्तिकरणले नगरवासी सचेत र आत्मनिर्भर बन्ने विश्वास लिइएको छ । हाल नगरको युवा परिषद्द्वारा आयोजित ड्राइभिङ, बेकरी तथा मोबाइल मर्मतसम्बन्धी एक सय ६० घण्टे तालिम सकिएको छ ।
नगरले हरेक नागरिकलाई आफ्नो रुचिको क्षेत्र छनोट गरी सीप सिकेर उद्यमी तथा रोजगार बन्न अपिल गर्दै आएको छ । युवा परिषद्मार्फत चालु आर्थिक वर्षमा पनि करिब दुई सय युवालाई बेकरी, मोबाइल मर्मत र ड्राईभिङसम्बन्धी तालिम प्रदान गरिएको छ । परिषद् उपाध्यक्ष सिबी तामाङले विशेषगरी युवा वर्गलाई सशक्तिकरण र सीप सिकेर आत्मनिर्भर बन्न सहयोग पु¥याउने उद्देश्यले फरक–फरक तालिम आयोजना गरेको बताए ।
“नगरका तालिमले स्वदेशमा उद्यम गर्न चाहने तथा विदेशमा जान चाहनेका लागि सहज र सरल हुने गरेको छ”, उनले भने । उनका अनुसार आधारभूत तालिमपछि एड्भान्स तालिमको पनि तयारी गरिएको छ ।
यसैबीच जिल्लाको मण्डनदेउपुर नगरपालिकाले विभिन्न सीपमूलक तालिममार्फत लद्युउद्यमका लागि ८० जना नयाँ उद्यमी जनशक्ति तयार पारेको छ । नगरको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रमअन्तर्गत एक वर्षको अवधिमा ८० महिला तथा पुरुषलाई उद्यमी बनाइएको हो ।
कार्यक्रमअन्तर्गत नगरले विभिन्न समयमा सिलाइ–कटाइ, गलैँचा बुनाइ, ब्यूटिसियन र मोटरसाइकल वर्कशपको एक÷एक महिना तालिम प्रदान गरेको थियो । त्यसैगरी, बाख्रापालन र तरकारी खेतीसम्बन्धी पाँच÷पाँच दिनको तालिम सञ्चालन गरिएको थियो । ४० महिलाका लागि एड्भान्स सिलाइकटाइ तालिमसमेत प्रदान गरिएको जनाइएको छ ।
“सीपमूलक तालिमप्राप्त स्थानीयले स्वरोजगार हुनुभएको छ, नगरमा नयाँ उद्यमी थपिएकोमा खुसी छौँ”, नगरप्रमुख टोकबहादुर वाईबाले भने । उनले एक महिनाको सिलाइकटाइ तालिम पूरा गरेकालाई थप दुई महिनाको एड्भान्स तालिम दिने तयारी भएको बताए ।
यस्तै सिलाइकटाइ, गलैँचा बुनाइ र ब्यूटिसियन तालिममा महिला मात्र सहभागी थिए । नगरले एड्भान्स तालिमको व्यवस्थापन गर्नेछ भने मेसिन खरिदमा साझेदारी गर्ने जनाएको छ । नगरले अब लघुउद्यम कार्यक्रमर्फत समाजमा पछिपरेका वर्ग र समुदायलाई पहिलो प्राथमिकताका दिइने जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाउनदेखि अनलाइबाटै वैदेशिक रोजगार मागपत्रको प्रमाणीकरण गराइने
असार १५, २०८१ शनिबार
इजरायलले माग्यो दीर्घकालीन स्याहार केन्द्रमा काम गर्ने ८ सय नेपाली कामदार, आवेदन खुल्ला
असार ११, २०८१ मंगलबार
रास्वपाले लुकाउन नसकेका पाँच झूट
विनोद त्रिपाठी
असार १९, २०८१ बुधबार
एकीकृत समाजवादीले घोषणा गरेका ९३ जना केन्द्रीय सदस्यभित्र अटाएनन् प्रेम आले
नेपालबहस संवाददाता
असार २१, २०८१ शुक्रबार
भान्छा कोठामा पसेको बिषालु गोमन सर्प
नेपालबहस संवाददाता
असार २१, २०८१ शुक्रबार
एकीकृत समाजवादीले घोषणा गरेका ९३ जना केन्द्रीय सदस्यभित्र अटाएनन् प्रेम आले
असार २१, २०८१ शुक्रबार
भान्छा कोठामा पसेको बिषालु गोमन सर्प
असार २१, २०८१ शुक्रबार
युरोकपको क्वाटरफाइनलमा आज राती पोर्चुगल र फ्रान्स भिड्दै
असार २१, २०८१ शुक्रबार
अब बन्ने सरकारलाई असफल हुने छुट छैन : अध्यक्ष ओली
असार २१, २०८१ शुक्रबार
बेलायती निर्वाचन : सुनकमा राजनीतिक स्पर्शको अभाव
असार २१, २०८१ शुक्रबार
दार्चुलामा बिहिबारदेखि निरन्तर वर्षा, बाढीपहिरोबाट १६ परिवार बिस्थापित
असार २१, २०८१ शुक्रबार
काठमाडौं प्रहरीको आधुनिक नयाँ भवन बन्यो, अब भद्रकालीबाट सेवा प्रदान गर्ने
असार २१, २०८१ शुक्रबार
राष्ट्रिय राजनीतिमा एकीकृत समाजवादीको भूमिका महत्वपूर्ण रहन्छ : अध्यक्ष नेपाल
असार २१, २०८१ शुक्रबार
सहज वातावरण नबनेको भन्दै पत्रकार महासंघको निर्वाचन पुनः स्थगित
असार २१, २०८१ शुक्रबार