मानव–वन्यजन्तुबीचको द्वन्द्व हटाउन वन्यजन्तु विज्ञहरुसँग छलफल
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
असार १३, २०८१ बिहिबार १६:५८:२९
![](https://nepalbahas.prixacdn.net/media/albums/hatti_mepM1pO3sg_2qWmm62T4R.png)
१३ असार, गुलरिया 'बर्दिया' । बर्दिया राष्ट्रिय निकुञ्जलगायत मध्यवर्ती क्षेत्रमा हुने मानव–वन्यजन्तुबीचको द्वन्द्व हटाउन वन्यजन्तु विज्ञहरुसँग छलफल गरिएको छ । मानव र वन्यजन्तुबीचको द्वन्द्व नघटेपछि बर्दिया राष्ट्रिय निकुञ्ज तथा राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दिया संरक्षण कार्यक्रमको संयुक्त प्रयासमा बाघ, हात्ती, चितुवा, सालक लगायतका वन्यजन्तुका विज्ञसहितको टोलीबीच गरिएको हो ।
दुई दिनसम्म चलेको सम्मेलनमार्फत मानव–वन्यजन्तु बीचको द्वन्द्व न्यूनीकरण गर्न तीनै तहका सरकारबीच सहमति र सहकार्य गरी समुदायलाई संरक्षणमा सहभागी गराउनुपर्ने उपाय निकाल्ने प्रयास गरिएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा अशोककुमार रामले बताए । पीडित समुदायलाई राहत सहजरुपमा गराउन सके द्वन्द्व व्यवस्थापन भई सहअस्तितव कायम गर्न सहज हुनेमा विज्ञहरु एकमत भएका छन् ।
एकअर्काको अस्तित्व स्वीकार्न नसक्दा सहअस्तित्व खल्बलिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका वरिष्ठ इकोलोजिष्ट हरिभद्र आचार्य बताउछन् । वन्यजन्तुको बासस्थानमा अव्यवस्थित बसाइँसराइले एकअर्काबीच द्वन्द्व हुने गरेको उनको भनाइ छ । वन्यजन्तु जङ्गलमै बस्ने भए पनि कहिलेकाहीँ जङ्गलसँग जोडिएका बस्तीमा पुग्दा द्वन्द्वात्मक अवस्था सिर्जना हुन्छ । मानव र वन्यजन्तुबीच असमझदारी बढ्दै जाँदा मानवीय, कृषि, पशुचौपाया लगायतको क्षति हुने गरेको छ ।
मानव र वन्यजन्तुको स्वभाव फरक हुने भएकाले एकअर्काबीच सहअस्तित्व स्वीकार हुन नसकेको आचार्य बताउछन् । विज्ञसहितको छलफलका क्रममा वन्यजन्तुको आनीवानी, मानव–वन्यजन्तु द्वन्द्वका कारण र रोक्ने उपाय, लगायतका विषयमा छलफल गरिएको राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दिया संरक्षण कार्यक्रमका संरक्षण अधिकृत अजित तुम्बाहाम्फेले बताए।
छलफल कार्यक्रममा विभिन्न निकुञ्जका संरक्षण अधिकृत, मध्यवर्ती सामुदायिक वनका अध्यक्षलगायत संरक्षणकर्मीको सहभागिता रहेको थियो । छलफलबाट द्वन्द्व न्यूनीकरणको उपाय निकालिएको अधिकृत तुम्बाहाम्फेको भनाइ छ । बर्दियामा बाघ, हात्ती, गैँडा, चितुवा लगायतका वन्यजन्तुका कारण मध्यवर्ती क्षेत्रका बासिन्दाले जनधनको क्षति व्यहोर्नु परेको छ ।
वन्यजन्तुबाट क्षति, घाइते एवम् परिवार गुमाएका व्यक्तिलाई समयमै राहत उपलब्ध गराउन नसके समस्या बल्झिदै जाने बर्दियाका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताए । जैविक विविधता संरक्षणमा तीनै तहका सरकारको भूमिका बराबर हुनुपने उनको भनाइ छ । प्रजिअ शर्माले भने, “वन्यजन्तु व्यवस्थापन गर्न राज्यले लगानी बढाउनुपर्छ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइस्मा गाउँपालिकाले प्राविधिक शिक्षा निःशुल्क पढाउने
असार १३, २०८१ बिहिबार
जसपा नेपालले फिर्ता लियो लुम्बिनीमा माओवादी नेतृत्वको सरकारलाई दिएको समर्थन
असार ९, २०८१ आइतबार
कमजोर आर्थिक अवस्थाले मुसहर बालबालिका विद्यालय शिक्षाबाट वञ्चित
असार ४, २०८१ मंगलबार
बसमा सवार यात्रुको मृत्यु, चालक र सहचालक पक्राउ
नेपालबहस संवाददाता
असार १३, २०८१ बिहिबार
फेल भएका एक लाख २६ हजार विद्यार्थीले कक्षा १० मा दोहोर्याएर पढ्नुपर्ने
नेपालबहस संवाददाता
असार १३, २०८१ बिहिबार
६ अर्ब रकम ठगेको आरोपमा पुल्चोकस्थित लालीगुराँस सहकारीका सीईओ भण्डारी पक्राउ
असार १५, २०८१ शनिबार
ओलीलाई भेट्न पत्नी आरजुसहित देउवा किन पुगे बालकोट ?
असार १५, २०८१ शनिबार
रौतहटमा यात्रुबाहक बस दुर्घटना हुँदा एकको मृत्यु , ८ जना घाईते
असार १५, २०८१ शनिबार
आज देशमा पहिलोपटक संसद् बैठक बसेको दिन
असार १६, २०८१ आइतबार
कोपा अमेरिकामा अर्जेन्टिनाको लगातार तेस्रो जित
असार १६, २०८१ आइतबार
इरानमा राष्ट्रपतिको लागि दोस्रो चरणमा पेजेस्कियान र जलीली भिड्ने
असार १६, २०८१ आइतबार
रोहित र विराटले लिए टी–२० अन्तर्राष्ट्रिय खेलबाट सन्यास
असार १६, २०८१ आइतबार
जर्मनी युरोकपको क्वाटरफाइनलमा
असार १६, २०८१ आइतबार
एकीकृत समाजवादीको दशौं राष्ट्रिय महाधिवेशन आजदेखि, १ हजार ८४९ प्रतिनिधिले भाग लिँदै
असार १६, २०८१ आइतबार