रौतहटमा बिजुली काटेर स्कार्पियो गाडी चोरी
नेपालबहस संवाददाता
असार १४, २०८१ शुक्रबार १८:४९:२९
१४ असार, रौतहट । रौतहटको दुर्गा भगवती गाउँपालिका वडा नं.–३ मत्सरीमा स्कोर्पियो गाडी चोरी भएको छ । घर अगाडि पार्किङ गरी राखेको बागमती प्र ०१ ०२६ च ५८६४ नम्बरको स्कोर्पियो गाडी चोरी भएको हो । स्थानीय राजन झाको घर अगाडि राखिएको सो गाडी मंगलबार अबेर राती अन्दाजी १ देखि ३ बजेको समयमा चोरी भएको थियो।
राजेश कुमार झाको नाममा रहेको सो गाडी चोरी हुनु भन्दा पहिला गाउँभरीको विद्युत लाइन काटेर बाटोमा रहेको सिसी टीभी बन्द हुने बित्तिकै गाडी चोरी भएकाले चोरीमा गाउँको मान्छेको पनि संलग्नता हुन सक्ने गाडी धनीले दाबी गरेका छन ।
प्रहरीमा उजुरी दिए पनि गाडी चोरी भएको ३ दिन बितिसक्दा पनि अहिले सम्म प्रहरीबाट कुनै किसिमको सूचना नआएको गाडी धनीको गुनासो रहेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटले चोरीको घटना बारे अनुसन्धान भइरहेको जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमधेसमा २० वर्ष नपुगी विवाह गर्ने ५० प्रतिशत भन्दा बढी
असार १५, २०८१ शनिबार
आईटी आर्मीका कार्यकर्ताहरूले श्रममन्त्रीको पुतला जलाए
असार १४, २०८१ शुक्रबार
सिंहदरबार पुगेर ओलीले प्रचण्डलाई सुनाए देउवाका कुरा
असार १६, २०८१ आइतबार
नेपालमै पहिलो पटक रोबोटबाट ३ बिरामीको सर्जरी, बिएण्डबीले राख्यो रेकर्ड !
असार १६, २०८१ आइतबार
अहिलेको आवश्यकता उद्यमशीलता र व्यावसायिकता हो : अध्यक्ष ओली
असार १६, २०८१ आइतबार
विवाद समाधान गरी निर्वाचन प्रक्रियामा जान पत्रकार महासंघलाई पूर्वसभापतिहरुकोे अपिल
असार १६, २०८१ आइतबार
रवीन्द्र जडेजाले पनि लिए टि–२० बाट सन्न्यास
असार १६, २०८१ आइतबार
पेट्रोलियम पदार्थको मूल्य बढ्यो
असार १६, २०८१ आइतबार
भक्तपुरका विद्यार्थी धान रोपाईमा व्यस्त
असार १६, २०८१ आइतबार
वैध कागजातका अभावमा मलेसियामा धेरै नेपाली बन्दी
असार १६, २०८१ आइतबार