जबज नेपाली क्रान्तिलाई बाटो देखाउने सिद्धान्त : ओली
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
असार १४, २०८१ शुक्रबार १९:२:३७
![](https://nepalbahas.prixacdn.net/media/albums/oli_SAxTqOqR1K_yXzDXArWby.jpg)
१४ असार, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जनताको बहुदलीय जनवाद (जबज) नेपाली क्रान्तिलाई बाटो देखाउने सिद्धान्तका रुपमा रहेको बताएका छन् ।मदन भण्डारी फाउन्डेसनले आज ललितपुरको च्यासलस्थित एमाले पार्टी कार्यालयमा आयोजना गरेको ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार तथा जबजः राजनीतिक विकास र स्थायित्व’ विषयक विचार गोष्ठीमा उनले देशको आवश्यकता र अति जरुरी सिद्धान्तका रुपमा जबज रहेको बताए ।
जबजले अहिले पनि मार्गदर्शन गरिरहेको भन्दै पार्टीले अहिले जबजलाई प्रभावकारी रुपमा अघि बढाइरहेको उनको भनाइ छ । उनले देश, जनताको समस्या समाधानप्रति जबज प्रतिबद्ध रहेको धारणा राखे । अध्यक्ष ओलीले जनताका हितलाई सुनिश्चित गर्ने अनुकूल परिस्थिति प्रदान गर्ने प्रयास नै जबज रहेको बताए ।
मदन भण्डारीको अगुवाइमा एमालेले जबज प्रतिपादन गरेको उल्लेख गर्दै जबज सङ्घर्षको अनुभवबाट निस्केको निष्कर्ष रहेको उहाँको धारणा थियो । देशको राजनीति र विकासको अवस्थालाई उन्नत स्थितिमा पु¥याउन, आधुनिकतालाई उन्नत आधुनिकीकरणमा पु¥याउन, अर्थतन्त्रलाई माथिल्लो स्तरमा लैजान र शासक प्रशासकलाई उच्चस्तर बनाउने काम जबजले गरेको उनको जिकिर थियो ।
उनले भने, “हाम्रो समाजमा रहेका विकृति–विसङ्गतिलाई हटाउँदै सुन्दर, समानतायुक्त, न्याययुक्त समाज, सांस्कृतिक हिसाबले उन्नत र सुसंस्कृत, मानवीय समाजमा लैजाने भन्ने कुरा जबजमा छ ।” उनले नेपालको भूराजनीतिक विषयमा दुई ठूला मित्र राष्ट्रसँगको सम्बन्धलाई सदुपयोग गर्नुपर्ने धारणा राखे । “हाम्रो मित्र हुन् भन्ने ठानेर हामीले हाम्रो रूचिका विषयबारे खुलस्त कुरा गर्नुपर्दछ,” उनले भने, “हाम्रो रुचि यो हो हाम्रो जायज माग यो हो भनेर कुरा गर्नुपर्दछ र हामी यस्तो धारणा राख्दछौँ, हाम्रो कुरा सही छ भनेर भन्नुपर्दछ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअहिलेको आवश्यकता उद्यमशीलता र व्यावसायिकता हो : अध्यक्ष ओली
असार १६, २०८१ आइतबार
अहिले पनि लोकतन्त्र खतरामा छ : अध्यक्ष नेपाल
असार १६, २०८१ आइतबार
सिंहदरबार पुगेर ओलीले प्रचण्डलाई सुनाए देउवाका कुरा
असार १६, २०८१ आइतबार
नेपालमै पहिलो पटक रोबोटबाट ३ बिरामीको सर्जरी, बिएण्डबीले राख्यो रेकर्ड !
असार १६, २०८१ आइतबार
अहिलेको आवश्यकता उद्यमशीलता र व्यावसायिकता हो : अध्यक्ष ओली
असार १६, २०८१ आइतबार
विवाद समाधान गरी निर्वाचन प्रक्रियामा जान पत्रकार महासंघलाई पूर्वसभापतिहरुकोे अपिल
असार १६, २०८१ आइतबार
रवीन्द्र जडेजाले पनि लिए टि–२० बाट सन्न्यास
असार १६, २०८१ आइतबार
पेट्रोलियम पदार्थको मूल्य बढ्यो
असार १६, २०८१ आइतबार
भक्तपुरका विद्यार्थी धान रोपाईमा व्यस्त
असार १६, २०८१ आइतबार
वैध कागजातका अभावमा मलेसियामा धेरै नेपाली बन्दी
असार १६, २०८१ आइतबार