वायुसेवा निगमको वाइडबडी विमानले सी–चेक पायो
नेपालबहस संवाददाता
असार १४, २०८१ शुक्रबार १९:३१:२४
१४ असार, काठमाडौं । नेपाल वायुसेवा निगमको वाइडबडी विमानको सम्पूर्ण मर्मत (सी–चेक) प्राप्त भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङको पहलपछि निगमको वाइडबडी विमानले सी–चेक पाएको हो ।
पर्यटनमन्त्री तामाङले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक र निगमका कार्यकारी अध्यक्षसँग चरणबद्ध छलफल गरी निर्देशन दिएपछि कल साइन नाइन एनएनवाई विमानले सी–चेक पाएको हो । क्यानले बिनाअनुमति दुबई हुँदै इटाली जहाज लगेको भन्दै सी–चेकको अनुमति दिएको थिएन । मन्त्री तामाङले क्यानको नेतृत्वसँग छलफल गरेपछि आज क्यानले निगमलाई सो अनुमति प्रदान गरेको हो ।
मन्त्री तामाङले क्यान र निगमका प्रतिनिधिलाई सिंहदरबारस्थित मन्त्रालयमा बोलाएर विमान मर्मतको पछिल्लो अवस्थाबारे जानकारी लिँदै छिटो सी–चेक सम्पन्न गर्न निर्देशन दिएका थिए ।
क्यानको हवाई सेवा निर्देशनालयका उपमहानिर्देशक प्रेमनाथ ठाकुरले सी–चेकका लागि क्यानले निगमलाई अनुमति दिएको जानकारी दिए । वायुसेवा निगमले जुन २२ मा निगमको एक वाइडबडी विमान दुबई हुँदै मर्मतका लागि इटाली पठाएको थियो । सो जहाज ३० दिनभित्र मर्मत सकेर उडानमा ल्याउने भनिएको छ । इटालियन कम्पनी एटिटेक एसपिएलाई मर्मतको जिम्मेवारी दिइएको छ ।
निगमका प्रवक्ता रमेश पौडेलले वाइडबडी जहाजको सी–चेकका लागि क्यानले अनुमति दिएको पत्र निगमलाई प्राप्त भएको राससलाई जानकारी दिए । दुईवटा वाइडबडी विमानमध्ये कल साइन नाइन एनएनवाई जहाज यही जुन २५ देखि सी–चेक नभएकाले उडान गर्न पाएको थिएन । यस विमानको मर्मत सम्पन्न भएपश्चात् निगमको अर्को ए ३३० जहाज नाइन एन–एएलजेडलाई पनि मर्मत गराउन सोही मर्मत कम्पनीमा जुलाई २०२४ को अन्तिम सातामा पठाउने तयारी गरिरहेको निगमले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविवाद समाधान गरी निर्वाचन प्रक्रियामा जान पत्रकार महासंघलाई पूर्वसभापतिहरुकोे अपिल
असार १६, २०८१ आइतबार
पेट्रोलियम पदार्थको मूल्य बढ्यो
असार १६, २०८१ आइतबार
वर्षाले जलमग्न भैरहवा, अधिकांस पसलमा पानी पस्यो (फोटोफिचर)
असार १६, २०८१ आइतबार
सिंहदरबार पुगेर ओलीले प्रचण्डलाई सुनाए देउवाका कुरा
असार १६, २०८१ आइतबार
नेपालमै पहिलो पटक रोबोटबाट ३ बिरामीको सर्जरी, बिएण्डबीले राख्यो रेकर्ड !
असार १६, २०८१ आइतबार
अहिलेको आवश्यकता उद्यमशीलता र व्यावसायिकता हो : अध्यक्ष ओली
असार १६, २०८१ आइतबार
विवाद समाधान गरी निर्वाचन प्रक्रियामा जान पत्रकार महासंघलाई पूर्वसभापतिहरुकोे अपिल
असार १६, २०८१ आइतबार
रवीन्द्र जडेजाले पनि लिए टि–२० बाट सन्न्यास
असार १६, २०८१ आइतबार
पेट्रोलियम पदार्थको मूल्य बढ्यो
असार १६, २०८१ आइतबार
भक्तपुरका विद्यार्थी धान रोपाईमा व्यस्त
असार १६, २०८१ आइतबार
वैध कागजातका अभावमा मलेसियामा धेरै नेपाली बन्दी
असार १६, २०८१ आइतबार