रोहित र विराटले लिए टी–२० अन्तर्राष्ट्रिय खेलबाट सन्यास
नेपालबहस संवाददाता
असार १६, २०८१ आइतबार ७:३७:५८
१६ असार, काठमाडौं । टी-२० विश्वकप जितेपछि भारतीय टोलीका कप्तान रोहित शर्मा र सिनियर खेलाडी विराट कोहलीले टी–२० अन्तर्राष्ट्रियबाट सन्यासको घोषणा गरेका छन् । खेलपछि पत्रकार सम्मेलनमा रोहित शर्माले दक्षिण अफ्रिकाविरुद्ध खेलिएको टी–२० विश्वकपको फाइनल खेल आफ्नो टी–२० अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल भएको बताए ।
रोहित शर्माले भने, 'यो मेरो अन्तिम खेल पनि थियो । मलाई हरेक पल मनपर्यो । म यही चाहन्थेँ, म भारतलाई विश्वकप जिताउन चाहन्थेँ ।' यद्यपि रोहित शर्माले भारतको टेस्ट र एक दिवसीय क्रिकेट खेल्न जारी राख्नेछन् । रोहितअघि विराट कोहलीले पनि टी–२० अन्तर्राष्ट्रिय फर्म्याटबाट सन्यासको घोषणा गरेका थिए ।
कोहलीले भने- 'यो मेरो अन्तिम टी-२० विश्वकप थियो । यो हामीले हासिल गर्न चाहेका थियौं, यो मेरो भारतका लागि अन्तिम टी-२० खेल हो । हामी यो कप उठाउन चाहन्थ्यौँ । अब समय आएको छ, टी-२० क्रिकेटलाई युवा खेलाडीहरूले अगाडि बढाउने छन् ।'
रोहित शर्माको नेतृत्वमा भारतले १७ वर्षपछि टी- २० विश्वकप जित्न सफल भएको छ । यस अघि भारतले टी-२० विश्वकपको उपाधि २००७ मा महेन्द्र सिंह धोनीको नेतृत्वमा जितेको थियो । अमेरिका र वेस्ट इन्डिजबीच भएको विश्वकपको फाइनल खेलमा भारतले दक्षिण अफ्रिकालाई ७ रनले पराजित गरेर उपाधि जितेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपटी- २० विश्वकपको 'टिम अफ द टुर्नामेन्ट' घोषणा, भारतका ६ खेलाडी सामेल
असार १८, २०८१ मंगलबार
पोर्चुगल युरोकपको क्वाटरफाइनलमा
असार १८, २०८१ मंगलबार
बेल्जियमलाई हराउँदै फ्रान्स युरोकपको क्वाटरफाइनलमा, बेल्जियमको युरो यात्रा समाप्त
असार १८, २०८१ मंगलबार
सिंहदरबार पुगेर ओलीले प्रचण्डलाई सुनाए देउवाका कुरा
नेपालबहस संवाददाता
असार १६, २०८१ आइतबार
क्षमायाचनासहित समाचार हटाइएको बारे
नेपालबहस संवाददाता
असार १७, २०८१ सोमबार
एमालेका मन्त्री र सांसदलाई हाइअलर्ट रहन ओलीको निर्देशन, सत्ता समीकरण फेरिँदै
असार १७, २०८१ सोमबार
क्षमायाचनासहित समाचार हटाइएको बारे
असार १७, २०८१ सोमबार
बालकोटमा एमालेका मन्त्रीहरुसँग ओलीले राखे छलफल
असार १७, २०८१ सोमबार
एसईई पुरक परीक्षाको तालिका सर्वाजनिक
असार १८, २०८१ मंगलबार
टी- २० विश्वकपको 'टिम अफ द टुर्नामेन्ट' घोषणा, भारतका ६ खेलाडी सामेल
असार १८, २०८१ मंगलबार
आजको मौसम : यी ठाउँहरुमा भारी वर्षा हुने
असार १८, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
असार १८, २०८१ मंगलबार
एमालेसँगको सहमतिसँगै देउवाले बोलाए पदाधिकारी बैठक
असार १८, २०८१ मंगलबार
पोर्चुगल युरोकपको क्वाटरफाइनलमा
असार १८, २०८१ मंगलबार