समझदारी अनुमोदन गर्दै कांग्रेस, नेपालसँगको भेटबारे देउवाको ब्रिफिङ
नेपालबहस संवाददाता
असार १९, २०८१ बुधबार ८:५:१६
१९ असार, काठमाडौं । नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक बसिरहेको छ । बैठकले नेकपा एमालेसँग भएको सत्ता सहकार्यको समझदारी अनुमोदन गर्नेछ । बैठक केहीबेरअघि पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा सुरु भएको हो ।
बैठकमा सभापति शेरबहादुर देउवाले हिजोको भेटघाटबारे जानकारी गराएका छन् । मंगलबार साँझ एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र देउवाबीच बूढानीलकण्ठमा छलफल भएको थियो । भेटमा पछिल्लो घटनाक्रमबारे छलफल भएको देउवाले बैठकमा जानकारी गराएका छन् । कांग्रेस र एमालेले सहकार्य गरेर राष्ट्रिय सहमतिको सरकार बनाउन लागेको जानकारी दिएपछि अध्यक्ष नेपालले पार्टीमा छलफल गरेर औपचारिक जानकारी गराउने बताएका थिए ।
पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले एमालेसँग कांग्रेसले गरेको गठबन्धनका लागि भएका समझदारीलाई अनुमोदन गर्न कार्य सम्पादन समितिको बैठकमा छलफल भइरहेको जानकारी दिए । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवम् सदस्यहरूलाई उपस्थिति रहेको छ ।
कांग्रेस र एमालेबीच आलोपालो सरकारको नेतृत्व गर्ने, संविधान संशोधन गर्ने र नयाँ सरकारलाई राष्ट्रिय सहमतिको स्वरुप दिने लगायतका विषयमा समझदारी छ । कांग्रेस–एमालेले माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मार्गप्रशस्त गर्न आग्रह गरेका छन् । तर प्रचण्डले तत्काल राजीनामा नदिने बरु संसदमा विश्वासको मत सामना गर्ने तयारी गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमन्त्री प्रदीप पौडेलको काभ्रेका विपद प्रभावित स्वास्थ्यकर्मी र विरामीसँग अन्तरक्रिया
असोज १९, २०८१ शनिबार
अखिल क्रान्तिकारीको स्थगित राष्ट्रिय सम्मेलन मङ्सिरमा हुने
असोज १९, २०८१ शनिबार
प्रहरीमा चार हजार दरबन्दी रिक्त, कासमु देखाएर वृत्ति विकासमा बन्ध्याकरण !
नेपालबहस संवाददाता
असोज १८, २०८१ शुक्रबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
असोज १९, २०८१ शनिबार
प्रकाशमानसिंह राउत सर्वोच्चको प्रधानन्यायाधीशमा नियुक्त
असोज २०, २०८१ आइतबार
अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन बढ्यो
असोज २०, २०८१ आइतबार
काठमाडौं महानगरको बजार अनुगमन, कर्मकाण्डी
असोज २०, २०८१ आइतबार
बजारमा खसीबोका चिन्नु, हरियो संकेत भएको किन्नु
असोज २०, २०८१ आइतबार
दाङको डाँडापातुवामा घरभित्र छिर्यो माइक्रो, ६ जना घाइते
असोज २०, २०८१ आइतबार