किसानलाई कृषि उपकरणसँगै बीउविजन वितरण
नेपालबहस संवाददाता
असार १९, २०८१ बुधबार १४:१६:३८
१९ असार, घोराही । दाङको घोराही उपमहानगरपालिकाले कृषि व्यवसायमा आवद्ध किसानका लागि चालु आर्थिक वर्षमा विभिन्न कार्यक्रम गरेको छ । कृषि व्यवसायलाई प्रबद्र्धन गर्न किसानलाई विभिन्न कृषि उपकरण प्रदान गरेको छ । उपमहानगरपालिकाल नीति तथा कार्यक्रममै पहिलो प्राथमिकतामा राखेर बजेट विनियोजन गरेर काम गरेको हो ।
कृषिबाट नागरिकलाई समृद्ध बनाउन सकिन्छ भन्ने लक्ष्य लिएको घोराहीमा अहिले यसको नतिजासमेत देखिन थालेको छ । कृषिका लागि आवश्यक पूवार्धार तयार पार्नेदेखि काम गर्ने वातावरण बनाउने काम पालिकाले गरेको छ । विगतका वर्ष जस्तै यस वर्ष पनि व्यावसायिक रुपमा जोडिएका किसानलाई विभिन्न उपकरणसँगै बीउविजन अनुदानमा उपलब्ध गरेको छ ।
कृषि पेसा, व्यवसायबाट जीविकोपार्जन गर्दै आएका किसानलाई ती अनुदानका कार्यक्रमले सहज पनि बनाएको छ । उपमहानगरपालिकाको कृषि तथा पशुपक्षी व्यवसाय प्रबद्र्धन शाखाले चालु आर्थिक वर्षमा आकस्मिक बाली संरक्षण सेवा अन्तर्गत विभिन्न विषादी किसानलाई अनुदानमा विरण गरिएको छ ।
व्यावसायिक कृषि फार्म चलाएका १० किसानलाई एक÷एक थान घाँस काट्ने विद्युतीय च्यापकटर, सात जनालाई एक÷एक पम्पसेट, १५ किसानलाई एक÷एक थान मोटर र एक जनालाई एक थान कर्न सेलर (मकै फोक्ने मेसिन) हस्तान्तरण गरिएको तथा ६ वटा अधुरा डिप बोरिङ निर्माण गरिएको उपमहानगरपालिकाका कृषि तथा पशुपक्षी व्यवसाय प्रबद्र्धन शाखा प्रमुख श्रीधर अधिकारीले बताए । यस्तै २५ किसानलाई शीतभण्डारका लागि ५० प्रतिशत भाडा तिर्न अनुदान दिइएको छ । यस्तै ३५ किसानलाई व्यवसायमा जोड्न र उद्यमी बनाउन च्याउ खेतीसम्बन्धी तालिम दिइएको छ ।
प्रमुख अधिकारी किसान समूह र समितिलाई तरकारीको बीउ वितरण गरिएको बताउनुहुन्छ । अस्सी प्रतिशत अनुदानमा प्याजको बीउ प्रदान गरिएको छ । किसानको जीवनस्तरमा सुधार ल्याउन विभिन्न तालिमसमेत दिँदै आएको उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले बताउनुभयो । धेरै जनशक्तिले गर्ने काम अहिले कृषि उपकरणको प्रयोगले क्षणभरमै गर्न सकिने भएको छ ।
शाखा प्रमुख अधिकारीका अनुसार ५० प्रतिशत अनुदानमा बाख्रा र भेडापालन गर्दै आएका १० परिवारलाई समूहमार्फत खोर निर्माणका लागि सहयोग गरिएको छ । आन्तरिक तथा बाह्य परजीवी नियन्त्रण गर्न दुई पशुपालन समूहलाई तालिम प्रदान गरिएको छ । यस्तै भेडाबाख्रा र बङ्गुरपालनसम्बन्धी तालिम दिइएको छ । पशु चिकित्सक टोलीले गोठमै पुगेर पशुको स्वास्थ्य परीक्षण, समस्या पहिचान र निदान गर्ने गरी डोर टू डोर कार्यक्रम गरेको छ । पालिकाभित्रका पशुपालक किसानको पशुमा देखिएको बाँझोपनको समस्या पहिचान गरी गोठमै पुगेर उपचार गर्ने कामबाट ५० फार्मले सेवा प्राप्त गरेका छन् ।
व्यावसायिक रुपमा पशुपालन गर्दै आएका एक सय ७५ किसानलार्ई जोखिम न्यूनीकरण गर्न जुनेटिक रोगसम्बन्धी अभिमुखिकरण कार्यक्रम गरिएको शाखा प्रमुख अधिकारीले बताउनुभयो । विदेशबाट फर्किएका युवालाई उनीहरुको मागको आधारमा विद्युतीय घाँस काट्ने मेसिन वितरण गरिएको छ । मुक्त कमलरीलाई आयआर्जन गर्न कुखुराका चल्ला वितरण गरिएको उनले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपत्यकामा बिक्री हुने ११ ब्राण्डका पानीमा भेटियो कोलिफर्म, २ लाख तिराएर छाड्ने तयारी
असोज १३, २०८१ आइतबार
स्थानीय तहको उपनिर्वाचनका लागि दल दर्ता आजदेखि
असोज १०, २०८१ बिहिबार
स्थानीय तहको उपनिर्वाचनका लागि दल दर्ता गर्न निर्वाचन आयोगको आग्रह
असोज ९, २०८१ बुधबार
प्रहरीमा एक एआईजी, पाँच डीआईजी खाली, आरोपीलाई चुपचाप बिदाई
नेपालबहस संवाददाता
असोज १५, २०८१ मंगलबार
जनताका आँखा राजा ज्ञानेन्द्रतिर
बद्रीनरसिंह के.सी.
असोज १५, २०८१ मंगलबार
अख्तियारले दोहोर्याएर किन छापा हान्यो ‘क्यान’मा ?
असोज १६, २०८१ बुधबार
महिला भलिबलमा काठमाडौंले गण्डकीलाई हरायो
असोज १६, २०८१ बुधबार
हिजबुल्लाहविरुद्धको जमिनी लडाईमा इजरायलका आठ सैनिकको मृत्यु
असोज १६, २०८१ बुधबार
मधेस प्रदेश सरकारले बाढीपहिरो पीडितलाई एक लाख दिने
असोज १६, २०८१ बुधबार
एआइको प्रयोग मानवताको साझा हितमा गरिनुपर्छ : मन्त्री डा राणा
असोज १६, २०८१ बुधबार