एसइईमा बैतडीका १८ सामुदायिक विद्यालयको नतिजा शून्य
नेपालबहस संवाददाता
असार २०, २०८१ बिहिबार १६:४०:०
२० असार, बैतडी । बैतडीका १८ विद्यालयले माध्यमिक शिक्षा परीक्षा 'एसइई' मा शून्य नतिजा ल्याएका छन् । एक सय २८ सामुदायिक विद्यालयमध्ये १८ वटाको नतिजा शून्य आएको हो ।
परीक्षामा एक सय २८ सामुदायिक र चार संस्थागत विद्यालयको सहभागिता रहेको बताउँदै १८ सामुदायिक विद्यालयको नतिजा शून्य आएको जिल्लास्थित शिक्षा विकास तथा समन्वय एकाइका प्राविधिक सहायक रामचन्द्र भट्टले जानकारी दिए । पछिल्लो समय सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर खस्कँदै गएकाले सोको प्रभाव एसइई नतिजामा देखिएको उनले बताए ।
नतिजाअनुसार सबैभन्दा बढी सुर्नया गाउँपालिकाका छवटा सामुदायिक विद्यालयको नतिजा शून्य आएको छ । दशरथचन्द नगरपालिकाका चार, मेलौली नगरपालिकाका तीन, दोगडाकेदार गाउँपालिकाका दुई, पाटन नगरपालिका, पञ्चेश्वर गाउँपालिका र सिगास गाउँपालिकाका एक–एक विद्यालयको नतिजा शून्य आएको हो ।
सुर्नयाका राष्ट्रिय मावि फाटीगडा, नेपाल राष्ट्रिय मावि ग्वानी, सिगास मावि मुसे, केदार मावि कठमडा, कैलपाल मावि झाडबो र उदयदेव मावि पालीगडाको नतिजा शून्य आएको छ ।
सदरमुकामस्थित दशरथचन्द नगरपालिकाका गुरुकुल मावि सेरा, सरस्वती संस्कृत मावि नगतडी, शोभा मावि देउमडा र कैलपालेश्वर मावि ऐँचेकाँडाको नतिजा शून्य आएको छ । यस्तै मेलौली नगरपालिकाको केदारेश्वर मावि दुर्गास्थान, सुदर्शन मावि लिखोडा र भरतपुर मावि गाउँकोट तथा दोगडाकेदार गाउँपालिकाको रौलेश्वर मावि कफलकोट र चनैराज मावि बडियाको नतिजा शून्य आएको छ ।
यसैगरी पाटन नगरपालिकाको निलपालेश्वर मावि डङसिली, सिगास गाउँपालिकाको भूमेश्वर मावि थला र पञ्चेश्वर गाउँपालिकाको देवथला मावि बस्कुको नतिजा शून्य आएको शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ । जिल्लाबाट २०८० सालको एसइईमा सहभागीमध्ये ३१ दशमलव ४९ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका शिक्षा विकास एकाइका प्राविधिक सहायक भट्टले जानकारी दिए । परीक्षाका लागि पाँच हजार ८७ ले फारम भरेकामा चार हजार आठ सय ९४ जना सहभागी भएका थिए ।
माध्यमिक तहसम्मको शिक्षा हेर्ने अधिकार अहिले स्थानीय तहलाई भए पनि शिक्षा क्षेत्रलाई प्राथमिकतामा नराख्दा गुणस्तर खस्किँदै गएको शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख नरेन्द्र अवस्थीले बताए । “सहरबजारका विद्यार्थी सबै प्रविधिको पहुँचमा हुने र दुर्गमका विद्यार्थी सबै प्रविधिका बारेमा जानकार नहुँदा पनि नतिजा कमजोर आएको हो”, उनले भने । ग्रामीण क्षेत्रका विद्यालयको शैक्षिकस्तर सुधार गर्न तिनै तहका सरकारले प्रभावकारी योजना बनाएर कार्यान्वयन गर्नुपर्नेमा उनले जोड दिए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएसईईमा उत्कृष्ठ नतिजा ल्याउने विद्यार्थीलाई वालिङमाले गर्यो पुरस्कृत
असार २१, २०८१ शुक्रबार
एसइईमा कञ्चनपुरका आठ विद्यालयको नतिजा शून्य
असार २०, २०८१ बिहिबार
पढाइप्रति आकर्षित गर्न परीक्षामा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई छात्रवृत्ति
असार २०, २०८१ बिहिबार
एकीकृत समाजवादीले घोषणा गरेका ९३ जना केन्द्रीय सदस्यभित्र अटाएनन् प्रेम आले
नेपालबहस संवाददाता
असार २१, २०८१ शुक्रबार
भान्छा कोठामा पसेको बिषालु गोमन सर्प
नेपालबहस संवाददाता
असार २१, २०८१ शुक्रबार
ओली नेतृत्वमा एक मात्रै उपप्रधानमन्त्री हुने कुराले विष्णु पौडेल तनावमा
नेपालबहस संवाददाता
असार २०, २०८१ बिहिबार
संविधानको धारा ७६ (२) बमोजिम नयाँ सरकार गठन हुन्छ : प्रमुख सचेतक लेखक
असार २२, २०८१ शनिबार
देशभर बाढीपहिरोले ठाउँठाउँमा सडक अवरुद्ध
असार २२, २०८१ शनिबार
उरुग्वे कोपा अमेरिकाको सेमिफाइनलमा
असार २३, २०८१ आइतबार
एकीकृत समाजवादीको बैठक बस्दै
असार २३, २०८१ आइतबार
राष्ट्रपति बाइडेनलाई उम्मेदवारी छोड्न चन्दादाताको दबाब
असार २३, २०८१ आइतबार
युरोकपको सेमिफाइनलको समीकरण पुरा
असार २३, २०८१ आइतबार
प्रतिनिधिसभाको बैठक आज बस्दै
असार २३, २०८१ आइतबार
महाकालीमा पानीको बहाव बढ्यो, शारदा ब्यारेजमा सवारीसाधन चलाउन बन्देज
असार २३, २०८१ आइतबार