यस वर्ष चितवनमा विपदबाट एक लाख २८ हजार प्रभावित हुने अनुमान
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
असार २०, २०८१ बिहिबार १६:५२:२
![](https://nepalbahas.prixacdn.net/media/albums/badii-1200x560_2BVV5vNt8B_VicYEyOFXG.jpg)
२० असार, चितवन । जिल्लामा विपद्बाट २५ हजार पाँच सय ८८ परिवार प्रभावित हुने अनुमान गरिएको छ । यस वर्ष मनसुनजन्य विपद्बाट एक लाख २८ हजार पाँच सय ६५ जना प्रभावित हुने जिल्ला विपद् व्यवस्थापन समितिले अनुमान गरेको छ ।
समितिले तयार पारेको मनसुन पूर्वतयारी प्रतिकार्य योजना, २०८१ अनुसार जिल्लाका सात पालिकामा विभिन्न नदी र खोलाबाट हुने डुबान र कटानको अनुमानित विवरण लिइएको सहायक प्रमुख जिल्ला अधिकारी खिमानन्द भुसालले जानकारी दिए ।
भुसालको संयोजकत्वमा गठित प्रतिकार्य योजना तयारी समितिले विपद् व्यवस्थापन समितिमा प्रस्तुत गरेको तथ्याङ्कानुसार जिल्लामा सबैभन्दा बढी राप्ती नगरपालिकामा कटान तथा डुबानबाट नौ हजार आठ सय ६० परिवारका ५० हजार नौ सय ५० जना प्रभावित हुने देखिएको छ ।
भरतपुर महानगरपालिकामा छ हजार छ सय २५ परिवारका ३३ हजार एक सय ७५, माडी नगरपालिकाका चार हजार एक सय ६१ परिवारका १९ हजार सात सय ३०, रत्ननगर नगरपालिकाका दुई हजार तीन सय ८१ परिवारका ११ हजार नौ सय पाँचजना प्रभावित हुने अनुमान गरिएको सहायक प्रजिअ भुसालले बताए ।
इच्छाकामना गाउँपालिकामा मनसुनका कारण एक हजार दुई सय ५६ परिवारका छ हजार दुई सय ८०, कालिका नगरपालिकामा एक हजार पाँच परिवारका पाँच हजार २५ र खैरहनी नगरपालिकाका तीन सय परिवारका एक हजार पाँच सयजना प्रभावित हुने योजनामा जनाइएको छ ।
बाढीका कारण सबैभन्दा बढी भरतपुर महानगरपालिका प्रभावित हुने भुसालले जानकारी दिए । उनका अनुसार बाढीबाट भरतपुर–१६, १७, १८, २७, २८ र २९ तथा माडी–१, २, ३, ६ र ७ प्रभावित हुने देखिएको छ ।
पहिरोका कारण भरतपुर महानगरपालिका र इच्छाकामना गाउँपालिका, डुबानबाट माडी र राप्ती नगरपालिका, खडेरीबाट भरतपुर महानगरपालिका, राप्ती र माडी नगरपालिका, महामारीबाट भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, माडी नगरपालिका एवं सुकुम्बासी बस्ती रहेको क्षेत्र, सहरी क्षेत्र र पहाडी क्षेत्र अतिप्रभावित हुने कार्ययोजनामा उल्लेख गरिएको छ ।
जिल्लामा रहेका ठूला नदी नारायणी, राप्ती, रिउसहितका अन्य खोलाबाट ती क्षेत्र प्रभावित हुने अनुमान गरिएको भुसालले जानकारी दिए । उनले भने, “स्थानीय तहको सहकार्यमा मनसुन पूर्वतयारी प्रतिकार्य योजना निर्माण गरिएको छ ।” बाढी, डुबान, नदी कटानलगायत अन्य विपद्पश्चात् उपलब्ध सीमित स्रोत र साधनको अधिकतम उपयोग गरी जिल्ला विपद् व्यवस्थापन समितिबाट गरिने प्रतिकार्य प्रभावकारी बनाउन, जोखिम कम गर्र्न यो योजना निर्माण गरिएको उनले बताए ।
मनसुनबाट हुने क्षति कम गर्न आवश्यक तयारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी भुसालले बताए । उनका अनुसार आवश्यक जनशक्ति नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल र स्थानीयलाई तयारी अवस्थामा राखिएको छ ।
क्षति पुग्ने ठाउँको आँकलन गरी त्यसलाई सुरक्षित ठाउँको खोजी गरिएको, खाद्यान्नलगायत अत्यावश्यक वस्तु तयारी अवस्थामा राखिएको जनाउँदै सहायक प्रजिअ भुसालले स्थानीय तहमा रहेको विपद् कोषलाई सक्रिय बनाइराख्न पनि आग्रह गरिएको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं महानगरपालिकाको तिलगंगा क्षेत्रमा पार्क निर्माण
असार २१, २०८१ शुक्रबार
मौरी विकास पकेट क्षेत्रमा किसानलाई अनुदानमा लिचीका बिरुवा
असार २०, २०८१ बिहिबार
गुठीको जग्गामा अख्तियारकी आयुक्तको घर, ललितपुर महानगरले चलायो डोजर
असार १९, २०८१ बुधबार
एकीकृत समाजवादीले घोषणा गरेका ९३ जना केन्द्रीय सदस्यभित्र अटाएनन् प्रेम आले
नेपालबहस संवाददाता
असार २१, २०८१ शुक्रबार
भान्छा कोठामा पसेको बिषालु गोमन सर्प
नेपालबहस संवाददाता
असार २१, २०८१ शुक्रबार
ओली नेतृत्वमा एक मात्रै उपप्रधानमन्त्री हुने कुराले विष्णु पौडेल तनावमा
नेपालबहस संवाददाता
असार २०, २०८१ बिहिबार
संविधानको धारा ७६ (२) बमोजिम नयाँ सरकार गठन हुन्छ : प्रमुख सचेतक लेखक
असार २२, २०८१ शनिबार
देशभर बाढीपहिरोले ठाउँठाउँमा सडक अवरुद्ध
असार २२, २०८१ शनिबार
उरुग्वे कोपा अमेरिकाको सेमिफाइनलमा
असार २३, २०८१ आइतबार
एकीकृत समाजवादीको बैठक बस्दै
असार २३, २०८१ आइतबार
राष्ट्रपति बाइडेनलाई उम्मेदवारी छोड्न चन्दादाताको दबाब
असार २३, २०८१ आइतबार
युरोकपको सेमिफाइनलको समीकरण पुरा
असार २३, २०८१ आइतबार
प्रतिनिधिसभाको बैठक आज बस्दै
असार २३, २०८१ आइतबार
महाकालीमा पानीको बहाव बढ्यो, शारदा ब्यारेजमा सवारीसाधन चलाउन बन्देज
असार २३, २०८१ आइतबार