ट्राफिक प्रहरीको पुलिस मिरर बिमोचन
नेपालबहस संवाददाता
असार २०, २०८१ बिहिबार १७:१४:५४
२० असार, काठमाडौं । ट्राफिक प्रहरीले पहिलो पटक प्रकाशन गरेको ’ट्राफिक पुलिस मिरर २०२४’ को आज बिमोचन भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आज आयोजित एक कार्यक्रमका बीच प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरले मिररको बिमोचन गरेका हुन् ।
प्रहरी महानिरीक्षक कुँवरले ट्राफिक पुलिसको इतिहास र विकासक्रमका साथै सडक सुरक्षा र ट्राफिक व्यवस्थापनमा गरिएका प्रयासहरूलाई समेटेर तयार पारिएको ट्राफिक पुलिस मिररको प्रथम संस्करणको प्रकाशन कार्य प्रशंसनीय रहेको समेत बताए ।
शुभकामना मन्तव्यको क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक केशव बरालले विगतमा ट्राफिक प्रहरीले गरेका कामहरु देखाउने ऐनाको रुपमा मिरर प्रकाशन भएको र यो मिररले ट्राफिक व्यवस्थापनको विगत र वर्तमानलाई स्पष्ट पार्नेमा विश्वस्त रहेको बताए ।
विमोचन कार्यक्रममा यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव प्रसाद रिजालले ट्राफिक पुलिस मिररले विगतलाई स्मरण गर्न महत्वपूर्ण भुमिका खेल्ने बताए ।
त्यस्तै काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेलले स्वागत मन्तव्य व्यक्त गर्दै ट्राफिक पुलिसको इतिहास देखि वर्तमान गतिविधि मिररमा प्रष्ट पारिएको उल्लेख गरे । उनले ट्राफिक प्रहरीको ऐतिहासिक विकासक्रम, ज्ञान, सिप तथा ट्राफिक प्रहरीका क्रियाकलापलाई लोप हुन नदिन मिरर प्रकाशन गरिएको बताए ।
कार्यक्रममा धन्यवाद ज्ञापन गर्नु हुँदै प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले पहिलो पटक लिखित दस्तावेजको रुपमा प्रकाशन भएको ट्राफिक पुलिस मिररले २००७ सालदेखि हालसम्म ट्राफिक प्रहरीले गर्दै आएका कार्यलाई छर्लङ्ग पारेको बताए ।
रामशाह पथमा सम्पन्न भएको कार्यक्रममा अवकाश प्राप्त प्रहरी अधिकृत , यातायात व्यवस्थापनसँग सरोकार राख्ने सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिहरू, यातायात व्यवसायी, यातायात मजदुर , प्रहरी वरिष्ठ अधिकृत तथा जुनियर अधिकृतहरू, सकल दर्जाका प्रहरी कर्मचारीहरूका साथै विभिन्न संघ–सस्थाका प्रतिनिधिहरू र संचारकर्मीहरुको समेत उपस्थिति रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपडीआईजी पोखरेलको बढुवा सिफारिसमा गृहमन्त्रीकै कमजोरी
असार २२, २०८१ शनिबार
काठमाडौं प्रहरीको आधुनिक नयाँ भवन बन्यो, अब भद्रकालीबाट सेवा प्रदान गर्ने
असार २१, २०८१ शुक्रबार
ललितपुरबाट ५० लाख नगद र सुन गाल्ने मेसिनसहित शंकास्पद करोबारमा संलग्न ५ जना पक्राउ
असार २१, २०८१ शुक्रबार
एकीकृत समाजवादीले घोषणा गरेका ९३ जना केन्द्रीय सदस्यभित्र अटाएनन् प्रेम आले
नेपालबहस संवाददाता
असार २१, २०८१ शुक्रबार
भान्छा कोठामा पसेको बिषालु गोमन सर्प
नेपालबहस संवाददाता
असार २१, २०८१ शुक्रबार
ओली नेतृत्वमा एक मात्रै उपप्रधानमन्त्री हुने कुराले विष्णु पौडेल तनावमा
नेपालबहस संवाददाता
असार २०, २०८१ बिहिबार
संविधानको धारा ७६ (२) बमोजिम नयाँ सरकार गठन हुन्छ : प्रमुख सचेतक लेखक
असार २२, २०८१ शनिबार
देशभर बाढीपहिरोले ठाउँठाउँमा सडक अवरुद्ध
असार २२, २०८१ शनिबार
राष्ट्रपति बाइडेनलाई उम्मेदवारी छोड्न चन्दादाताको दबाब
असार २३, २०८१ आइतबार
युरोकपको सेमिफाइनलको समीकरण पुरा
असार २३, २०८१ आइतबार
प्रतिनिधिसभाको बैठक आज बस्दै
असार २३, २०८१ आइतबार
महाकालीमा पानीको बहाव बढ्यो, शारदा ब्यारेजमा सवारीसाधन चलाउन बन्देज
असार २३, २०८१ आइतबार
पहिरोमा पुरिएकी महिलाको शव भेटियो, दुईजनाको खोजी गरिँदै
असार २३, २०८१ आइतबार
कर्णालीमा हवाई तथा सडक यातायात अवरुद्ध
असार २३, २०८१ आइतबार