स्याङ्जाको वालिङमा सिटिजन्स बैंकको १९४औँ शाखा संचालनमा
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
असार २१, २०८१ शुक्रबार १२:४०:३०
![](https://nepalbahas.prixacdn.net/media/albums/citizens-bank-_3DAtjzb170_g9mckDi3T4.jpg)
२१ असार, काठमाडौं । विगत १८ वर्ष देखि सर्वसाधारण माझ अनवरत रुपले सरल र सहज बैंकिंङ सेवा पुर्याउँदै आएको यस सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखा विस्तार गर्ने क्रममा आफ्नो १९४औँ शाखा गण्डकी प्रदेश, स्याङजाको वालिङमा संचालनमा ल्याएको छ । यससँगै गण्डकी प्रदेशमा संचालनमा रहेका शाखाहरू १५ पुगेका छन् ।
वालिङमा आज आयोजित एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत श्री गणेश राज पोखरेलले नयाँ शाखाको शुभारम्भ गरे । कार्यक्रमलाई संवोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले ग्राहकहरूलाई उत्कृष्ट सेवा सुविधा पुर्याउने क्रममा स्याङ्जा जिल्लामा पहिलोपटक सेवाको सुरुवात गरेको र बैंकले स्याङ्जा बासीहरुबाट भरपुर साथ र सहयोग पाउने आशा राखेको र बैंकले पनि सेवामा कुनै कमि हुन नदिने कुरा व्यक्त गरे ।
उक्त शाखाको उद्घाटन समारोहमा स्थानीय निकायका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरूहरूकाे उपस्थिति रहेको थियो । सुविधा सम्पन्न यो शाखा मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिंङ सेवा प्रदान गर्नुका साथै साना तथा कर्पोरट व्यवसायीहरू माझ वित्तीय पहुँच पु¥याउने लक्ष्य बैंकले राखेको छ ।
नयाँ शाखा संचालनको अवसरमा यो शाखामा खाता खोल्दा कर्पाेरेट मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ जस्ता सेवाहरु पहिलो वर्ष निःशुल्क प्राप्त गर्न सकिनेछ । डि-म्याट खाता खोल्दा लाग्ने शुल्कमा पहिलो वर्षको लागि छुटको व्यवस्था रहेको छ । साथै लकर सुविधा लिँदा लकर अनिवार्य मौज्दातमा २५५ र पहिलो बर्ष लकर शुल्कमा ५०५ छुट उपलब्ध रहेको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १९४ वटा शाखा, १५७ वटा ए.टि.एम. र ९८ वटा शाखा रहित बैंकिङ ईकाईहरुबाट १७ लाख ६० हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ । हाल ५७ जिल्लामा आफ्नो सेवा प्रदान गर्दै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले यसै आर्थिक वर्ष थप ३ शाखाहरू विस्तार गरेर आगामी दिनमा देशको ६० वटा जिल्लामा सेवा प्रदान गर्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसिटिजन्स बैंकका ग्राहकलाई कावासोती हस्पिटलमा विशेष छुट
असार २३, २०८१ आइतबार
चन्द्रागिरि र एनआईसीबीच नवजात शिशुको मुद्दती खाता खोल्ने सम्झौता
असार २१, २०८१ शुक्रबार
श्री भवानी हस्पिटल एण्ड रिसर्च सेन्टरले सिटिजन्स बैंकका ग्राहकलाई विशेष छुट दिने
असार २१, २०८१ शुक्रबार
एकीकृत समाजवादीले घोषणा गरेका ९३ जना केन्द्रीय सदस्यभित्र अटाएनन् प्रेम आले
नेपालबहस संवाददाता
असार २१, २०८१ शुक्रबार
उरुग्वे कोपा अमेरिकाको सेमिफाइनलमा
नेपालबहस संवाददाता
असार २३, २०८१ आइतबार
गणेश नेपालीको गजलमा जोस अनुजको स्वर र अभिनय
असार २४, २०८१ सोमबार
विमानस्थलको अनियमितता अनुगमन गर्न पोखरा पुग्यो संसदीय उपसमिति
असार २४, २०८१ सोमबार
सोमबार सुनको मूल्य घट्दा चाँदीको स्थिर, तोलाको कति ?
असार २४, २०८१ सोमबार
रोनाल्डोले किन लिदैनन् सन्यास ?
असार २४, २०८१ सोमबार
बाढीका कारण कञ्चनपुरमा १६ सय २२ जना प्रभावित
असार २४, २०८१ सोमबार