जिपी फाउण्डेशनद्वारा बाल आश्रमलाई नगद सहयोग
![यज्ञप्रसाद भट्टराई](
https://nepalbahas.prixacdn.net/media/albums/yagya_Bhattarai_2v6w3d0oyr.jpg
)
यज्ञप्रसाद भट्टराई
असार २१, २०८१ शुक्रबार १३:४७:२२
२१ असार, मोरङ । गिरिजाप्रसाद कोइराला फाउण्डेशन झापा र सुनरीको संयुक्त आयोजनामा मोरंग जिल्लाको उर्लाबारी स्थित नमूना बाल गृहमा रहेका ६० भन्दा बढी बालबालिकाहरुका लागि खाद्यान्न खरिद गर्न ११ हजार नगद सहयोग गरिएको छ ।
फाउण्डेशनका सुनसरी संयोजक केशब भट्टराईका अनुसार गिरिजाप्रसाद कोइरालाको शतबार्षिकीका उपलक्ष्यमा सहयोग गरिएको हो । जिपी फाउण्डेशनले प्रत्येक बर्ष सामाजिक सेवाका बिबिध कार्यक्रमहरु सञ्चालन गरेर गिरिजाबाबुलाई संझने काम गरिरहेको फाउण्डेशनका झापा जिल्ला संयोजक यज्ञप्रसाद भट्टराईले बताए ।
नेपाली राजनीतिमा सधैं नेतृत्व तहमा रहेका गिरिजाप्रसाद कोइराला सामाजिक उत्तरदायित्वको काममा समेत उत्तिकै चासो राख्ने नेता भएकाले उनको सम्झनामा सामाजिक सेवाका काम भइरहेका छन् । यसै क्रममा नमूना बाल आश्रममा आयोजित कार्यक्रममा जिपी फाउण्डेशनका सुनसरी जिल्ला सदस्य तथा बरिष्ठ सल्लाहकार मनोज कुमार चौधरीले नगद ११ हजार आश्रमकी अध्यक्ष तथा समाजसेवी मिना बराललाई हस्तान्तरण गरेका हुन् ।
आश्रममा रहेका बालबालिकाहरुलाई पौष्टिक आहारमा थप सहयोग पुगोस् भन्ने हेतुले आफुले नगद सहयोग गरेको चौधरीले बताए । कोइरालाको सल्लाह र सहयोगमा स्थापना भएको बाल आश्रममा अहिले ६५ जना बालबालिकाहरु रहेको अध्यक्ष मिना बरालले जानकारी दिइन् ।
उनले बिगत १६ बर्ष अगाडि गिरिजाबाबुले दिनुभएको एम्बुलेन्स बिग्रिएको अवस्थामा रहेको देखाउदै बालबालिकाहरुको स्वास्थ्य उपचारमा सहयोग पुर्याउन उक्त एम्बुलेन्स मर्मत गर्न पूर्ब उपप्रधानमन्त्री तथा गिरिजाबाबुकी सुपुत्री सुजाता दिदिसँग अनुरोध गरिदिन आग्रह समेत गरेकि थिइन ।
जिपी फाउण्डेशनका सुनसरी जिल्ला संयोजक केशब भट्टराईको अध्यक्षतामा सम्पन्न उत्तः कार्यक्रमको सञ्चालन जिपी फाउण्डेशनका झापा जिल्ला अध्यक्ष यज्ञप्रसाद भट्टराईले गरेका थिए । उक्त कार्यक्रममा बाल आश्रमकी अध्यक्ष मिना बराल, सचिब खगेन्द्र प्रसाद गुरागाई, सदस्य प्रल्हाद थापा सहित नेपाल किसान महासंघ कोशी प्रदेश अध्यक्ष राजेन्द्र भट्टराई समेतको उपस्थिति रहेको थियो ।
यज्ञप्रसाद भट्टराई
यज्ञप्रसाद भट्टराई पूर्वको झापामा रहेर राजनीतिक, सामाजिक अभियानमा क्रियाशील छन् । सहकारी आन्दोलनमा समेत सरिक रहेका भट्टराईले पछिल्लो समय नेपालबहस डटकममा आबद्ध रहेर लेखन तथा पत्रकारिता गरिरहेका छन् ।
लेखकबाट थपकोशी प्रदेश लोकसेवा आयोगको अध्यक्षमा गुरागाईं
असार २३, २०८१ आइतबार
जिपी फाउण्डेशनले सुनसरीमा मनायो गिरिजाप्रसादको जन्मसताब्दी
असार २०, २०८१ बिहिबार
झापामा हात्तीको त्रास, चालु आवमा छ जनाको मृत्यु
असार १८, २०८१ मंगलबार
एकीकृत समाजवादीले घोषणा गरेका ९३ जना केन्द्रीय सदस्यभित्र अटाएनन् प्रेम आले
नेपालबहस संवाददाता
असार २१, २०८१ शुक्रबार
उरुग्वे कोपा अमेरिकाको सेमिफाइनलमा
नेपालबहस संवाददाता
असार २३, २०८१ आइतबार
एक सातादेखि कर्णालीका पाँच जिल्लामा सडक र हवाई सेवा अवरुद्ध
असार २४, २०८१ सोमबार
अल्पमतमा परेपछि एक सेकेण्ड पनि सत्तामा बस्न मिल्दैन : ठाकुर गैरे
असार २४, २०८१ सोमबार
लगातार वर्षाका कारण डुबान परेको कञ्चनपुर
असार २४, २०८१ सोमबार
सप्तकोशीमा पानीको बहाव घट्यो
असार २४, २०८१ सोमबार
मनकामना केबलकार केही समयका लागी बन्द हुने
असार २४, २०८१ सोमबार
अविरल वर्षाले खोटाङका ग्रामीण सडक अवरुद्ध
असार २४, २०८१ सोमबार