१५ सय विस्थापितमध्ये २ सय घर फर्किए बेलौरीका बाढी प्रभावित परिवार
नेपालबहस संवाददाता
असार २६, २०८१ बुधबार ११:१२:३
२६ असार, कञ्चनपुर । बेलौरी नगरपालिकामा तीन दिनअघि चौधर नदी र दोदा नदीको बाढी बस्तीमा पस्दा विस्थापनमा परेका परिवार मौसममा क्रमिक रूपमा सुधार आएपछि घर फर्कन सुरु गरेका छन् । डुबानबाट विस्थापनमा परेका एक हजार पाँच सय परिवारमध्ये दुई सय परिवार घर फर्केका छन् ।
बस्तीमा अझै डुबानकै अवस्था रहँदा एक हजार तीन सय परिवार विद्यालय, सामुदायिक भवन, धार्मिक भवनलगायत सुरक्षित स्थानमा बसेका छन् । विस्थापनमा परेका परिवारलाई नगरपालिकाले खाद्यन्न राहतका रूपमा उपलब्ध गराएको छ ।
विस्थापित भई सुरक्षित स्थानमा बसेका परिवार बसेको ठाउँमा पुगेर राहत वितरण सुरु गरिएको नगर उपप्रमुख जोगराम चौधरीले बताए । डुबान अझै रहेकाले हिँडेर विस्थापित परिवारसम्म पुग्न सकिने अवस्था छैन । ट्रयाक्टर मार्फत विस्थापित परिवारसम्म पुगेर राहत वितरण जारी राखेका छौँ, उनले भने ।
बेलडाँडीको इमलियास्थित निर्माण गरिएको माटोको बाँध भत्केर चौधर नदी नगरपालिकाको वडा नं १० को कुण्डा, बन्दाजाला, भुडा, भुडागौँडी, सडकघाट, शिवनगर वडा नं ८ को कानपुर, पिसिएन टोल, कलकत्ता, कलकत्ता बजार, पचुँइको पश्चिम टोलमा पसेको थियो । वडा नं ७ का १० घर र वडा नं २ का सात घर डुबानमा परेका थिए ।
यसैगरी, वडा नं ५ को रामनगरमा दोदा नदीको बाढीको पानी पस्दा स्थानीय बासिन्दा डुबानमा परेका थिए । बाढी अझै नघटेकाले धेरै विस्थापित परिवार सुरक्षित स्थानमा बसिरहेका छन् । घरभित्र अन्न भण्डारणका लागि राखेका माटोका भकारी (डेहरी) बाढीको पानीले भिजाउँदा फुटेका छन् ।
भकारी फुट्दा पूरै अन्न भिजेर कामै नलाग्ने भएको नगरउपप्रमुख चौधरीले बताए । भकारी फुट्दा केही अन्न भिजेर उम्रिने अवस्थामा पुगेको छ भने केही अन्न बाढीको पानीले बगाएको छ । यसबाट आदिवासी जनजाति थारू समुदाय बढी प्रभावित भएका छन् । वर्षभरिका लागि खान राखेको अन्न पूरै बाढीको पानीमै विलिन भएपछि भोकमरीको अवस्था सृजना भएको उनले बताए ।
धान, गहुँ, मकै, तोरी, केराउ, मुसुरो, चनालगायत अन्नसँगै घरभित्र दैनिक खानका लागि राखिएको चामल, पिठोलगायत बाढीको पानीले भिजाउँदा कामै नलाग्ने भएको छ । डुबान क्षेत्रमा सरुवा रोगको सङ्क्रमण फैलिन सक्ने अवस्थालाई मध्यनजर गरी दातृ संघसंस्थासँग मद्दतका लाग गुहार मागिएको उपप्रमुख चौधरीले बताए ।
स्वास्थ्य शाखाबाट पनि स्वास्थ्यकर्मीको टोलीलाई सतर्क अवस्थमा राखिएको छ । बेलडाँडी गाउँपालिका र दोधारा चाँदनी नगरपालिका बाढी प्रभावित परिवार पनि मौसममा सुधार हुन थालेपछि घर फर्कन थालेको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाइबेरियाका चरा आए कञ्चनपुर, सिमसार क्षेत्रमा आगन्तुक चराको संख्या बढ्यो
कात्तिक २८, २०८१ बुधबार
बाढीले बगर बनाएको गोटीखेल बजारमा ६ अर्बका संरचना ध्वस्त
कात्तिक २५, २०८१ आइतबार
बाढीपहिरो पीडितलाई न फूल न बत्तीको झिलिमिली
कात्तिक १७, २०८१ शनिबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
पहिरो नियन्त्रणपछि गाउँ फर्किए विस्थापित
मंसिर २, २०८१ आइतबार
लमजुङ दरबार निर्माणकार्य ठप्प
मंसिर २, २०८१ आइतबार
देउवा दम्पती उग्रतारा मेलामा
मंसिर २, २०८१ आइतबार
आजको मौसमः कोशी र गण्डकीमा हल्का वर्षा हुने, तराई क्षेत्रमा हुस्सु
मंसिर २, २०८१ आइतबार
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमय दर
मंसिर २, २०८१ आइतबार
स्थानीय तह उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता
मंसिर २, २०८१ आइतबार