नेपाली कांग्रेस सधै प्रेस स्वतन्त्रताका पक्षमा लड्ने : सभापति देउवा
इन्द्र रिजाल
बैशाख १५, २०७६ आइतबार १९:३:५२
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी सधै प्रेस स्वतन्त्रताका पक्षमा लड्ने बताएका छन् ।
नेपाल पत्रकार महासंघको आइतबार बिहान १६ बुँदे ध्यानाकर्षण पत्र बुझ्दै देउवाले भने, ‘काँग्रेस सधै लोकतन्त्र र प्रेस स्वतन्त्रताको पक्षमा लड्दै आएको छ । लडिरहन्छ ।’
सभापति देउवाले लोकतन्त्र र प्रेस स्वतन्ताको विरुद्धमा काँग्रेस जान नसक्ने पनि स्पष्ट पारे । उनले पछिल्लो समय केपी शर्मा ओली नेतृत्वको सरकार प्रेसप्रति अनुत्तरदायी भएको आरोप समेत लगाउँदै प्रेसमाथिको ज्यादतीप्रति भर्सना समेत गरेका छन् ।
सभापति देउवाले प्रेस स्वतन्त्रताबारे पार्टीभित्र पनि छलफल चलाउने आश्वासन दिएका छन् । महासंघका अध्यक्ष गोविन्द आचार्यको नेतृत्वमा गएको टोलीले देउवालाई ध्यानाकर्षण पत्र बुझाएको हो ।
महासंघले पत्रकारिता सम्बन्धी जोडिएर बन्दै गरेका कानुनसंगै पछिल्लो समय पत्रकारमाथि भएका ज्यादती, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको विरुद्धमा आएका अभिव्यक्ति लगायतमा गम्भीर हुँदै आइतबारदेखि विभिन्न पार्टीका अध्यक्षहरुलाई भेटेर ध्यानाकर्षण पत्र बुझाउन थालेको हो ।
पत्रकार महासंघले प्रेस स्वतन्त्रतामाथिको ज्यादति नसहने भन्दै सरकारले आफूहरुका माग पूरा नगरे सशक्त आन्दोलन गर्ने चेतावनी दिएको छ । देउवालाई देउवा निवास बुढानीलकण्ठमा ज्ञापनपत्र बुझाउने बेलामा काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा पनि संगसंगै थिए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपगृहमन्त्री लामिछानेको सचिवालयमा दाम जम्मा गर्न नसक्दा रोकिएको श्रेष्ठ र आचार्यको बढुवा !
असार १४, २०८१ शुक्रबार
गृहसचिव जानुपर्ने बिमस्टेक बैठकमा सुरक्षा सल्लाहकार वैरागीको चासो, प्रस्ताव मन्त्रिपरिषदमा !
असार १४, २०८१ शुक्रबार
टेलिकमको बिलिङ प्रणालीमा अर्ब बढी हिनामिना आरोपमा मुद्दा चलाउने अख्तियारको तयारी
असार ११, २०८१ मंगलबार
सशस्त्र प्रहरीका एसपी र डीएसपी सरुवामा गृहमन्त्रीको मनलाग्दी
नेपालबहस संवाददाता
असार १२, २०८१ बुधबार
यी राशीमा ३ दिनपछि आर्थिक संकटको छायाँ पर्न सक्छ !
नेपालबहस संवाददाता
असार १२, २०८१ बुधबार
बसमा सवार यात्रुको मृत्यु, चालक र सहचालक पक्राउ
नेपालबहस संवाददाता
असार १३, २०८१ बिहिबार
गृहमन्त्री लामिछानेको सचिवालयमा दाम जम्मा गर्न नसक्दा रोकिएको श्रेष्ठ र आचार्यको बढुवा !
असार १४, २०८१ शुक्रबार
एसइईमा फेल भएका सबैले मौका परीक्षा दिन पाउने
असार १४, २०८१ शुक्रबार
मेसिनबाट धान रोप्दै प्रधानमन्त्री प्रचण्ड (तस्बिरहरू)
असार १५, २०८१ शनिबार
गुल्मीमा पहिरोले पुरिएर एकै परिवारका ५ जनाको मृत्यु
असार १५, २०८१ शनिबार
स्याङ्जामा पहिरोले घर पुरिँदा आमा–छोरीको मृत्यु
असार १५, २०८१ शनिबार
युरोकपको नकआउटमा जर्मनी र डेनमार्क खेल्दै
असार १५, २०८१ शनिबार
शरीरलाई चलायमान नबनाए हुन सक्छ हृदयघात, मधुमेह र स्तन क्यान्सर जस्ता रोग !
असार १५, २०८१ शनिबार
पराग्वेमाथि ब्राजिलको फराकिलो जित
असार १५, २०८१ शनिबार