पाकिस्तानमा यो वर्षको ६ महिनामा ७ जना पत्रकारको हत्या
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
असार २९, २०८१ शनिबार ६:४७:१३
![](https://nepalbahas.prixacdn.net/media/albums/press-2_sHxQrRwUV6_GHHmidnoxW.jpg)
२९ असार, काठमाडौं । पाकिस्तानमा २०२४ को पहिलो छ महिनामा सात पत्रकारको हत्या भएको छ । गत सालको तुलनामा यो सङ्ख्या उच्च हो ।
पछिल्लो पटक पत्रकार खलील जिब्रान मरिएका थिए ।अफगानिस्तानसँग सीमा जोडिएको खैबर पख्तुनख्वा प्रान्तको स्थानीय प्रेस क्लबका पूर्व अध्यक्ष समेत रहेका जिब्रानले चलाउँदै गरेको गाडीलाई दुई व्यक्तिले आक्रमण गरी गाडीबाट बाहिर निकालेर गोली हानी हत्या गरेका थिए।
पत्रकार हत्याको अनुसन्धान गर्ने संस्थाका लागि काम गर्ने आदिल जवादले भन्छन –“सात वटा घटनाहरू मध्ये चार जनाको हत्याको कारण पत्रकारितासँग सम्बन्धित हुन सक्छ”।
धेरैजसो पत्रकारहरूको हत्या स-साना बजार र सहरहरूमा भएको छ । यस्ता ठाउँमा पेशेवर पत्रकारहरूको प्रोफाइल विस्तार गर्न र नागरिक रिपोर्टरहरूलाई प्लेटफर्म दिन सामाजिक सञ्जालको भूमिका सबैभन्दा महत्त्वपूर्ण हुने महसुस गरिएको छ।
प्रेस स्वतन्त्रताको वकालत गर्ने फ्रिडम नेटवर्कको अनुसार- सन् २०१२ देखि २०२२ सम्म ५३ जना पत्रकारको पत्रकारिताकै क्रममा हत्या भएको छ । सोही अवधिमा दुई वटा घटनामा मात्रै दोषीलाई सजाय भएको बताएको छ ।
हालैका वर्षहरूमा पाकिस्तानमा सामाजिक सञ्जालको प्रयोगमा वृद्धि र मुख्य धारको प्रेसमाथिको अङ्कुशका कारण नागरिक पत्रकारिता मौलाउँदै गएको छ । बिग्रँदै गएको शान्ति व्यवस्था र सत्ताधारी वर्गमा भएको भ्रष्टाचारलाई बाहिर ल्याउन सर्वसाधारणले पत्रकारको रूपमा काम गरिरहेका छन् ।
स्थानीय राजनीतिज्ञ, जमिनदार र सामन्ती शासकहरूलाई आफ्नो पत्रकारिता मार्फत लेखाजोखा गर्ने चिर-परिचित पत्रकार नसरुल्लाह गडानीको सिन्ध प्रान्तको बदिन जिल्लामा गएको मे महिनाको अन्त्यमा हत्या भयो । यस हत्यापछि जनमानसमा विरोधको लहर सुरु भयो। मृतकका भाइ याकुब गडानीले स्थानीय सांसद खालिद लुन्डले हत्याको योजना बनाएको आरोप लगाएका छन् । संसद् लुन्डले आरोप अस्वीकार गर्दै आएका छन् ।
गडानीको हत्या हुनुभन्दा मात्र तीन दिन अघि खैबर पख्तुनख्वाको उत्तरी वजिरिस्तान जिल्लामा अर्का पत्रकार कामरान दावरको हत्या भएको थियो।
यी पत्रकारहरूको हत्या प्रति प्रतिक्रिया दिँदै अन्तर्राष्ट्रिय पत्रकार महासङ्घका महासचिव एन्थोनी बेलाङ्गरले त्यही समयमा भनेका थिए –“पाकिस्तानमा पत्रकार र मिडियाकर्मीहरूसँग अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक अधिकार छ । तर पत्रकारहरूमाथि लक्षित आक्रमण, हातपात र हत्याहरूले गर्दा यो व्यवस्था कमजोर देखिएको छ । पत्रकारहरू प्रतिशोधको डर बिना मिडिया काम गर्न स्वतन्त्र छन् भन्ने कुराम सरकारले सुनिश्चित गर्नुपर्छ । साथै यी हत्याहरूको तत्काल र पूर्ण रुपमा पारदर्शी अनुसन्धानको साथै सजायको पनि सुनिश्चितता गर्नुपर्दछ।”
रिपोर्टर्स विदाउट बोर्डर्सद्वारा प्रकाशित यस वर्षको विश्व प्रेस स्वतन्त्रता सूचाङ्कमा पाकिस्तान दुई स्थान झरेर १८० देशहरूमध्ये १५२ मा आइपुगेको छ । सूचाङ्कले पाकिस्तान “पत्रकारका लागि संसारको सबैभन्दा खतरनाक देशहरू मध्ये एक हो भनेर देखाएको छ । साथै सूचाङ्कले पत्रकारहरूको हत्या भ्रष्टाचार वा अवैध ओसारपसारका मुद्दाहरूको रिपोर्टसँग जोडिएको र दोषीहरूलाई पूर्ण रूपमा दण्डित नहुने परिपाटी रहेको देखाएको छ। श्रोत: आइएनएस-स्वतन्त्र समाचार
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबङ्गलादेशमा अन्तरिम सरकारको नेतृत्व गर्न युनुस तयार
साउन २२, २०८१ मंगलबार
कमला ह्यारिसद्वारा उपराष्ट्रपतिको उम्मेदारमा टिम वाल्जको चयन
साउन २२, २०८१ मंगलबार
बंगलादेशमा रोकिएन लुटपाट, कैयौं प्रहरी चौकीमा आगलागी
साउन २२, २०८१ मंगलबार
धनुषामा नेपाल प्रहरी र सशस्त्रका एसपी गिरीकै निर्देशनमा लाइन खुला
नेपालबहस संवाददाता
साउन २०, २०८१ आइतबार
आजै केही एआईजीको सरुवा तयारी, पाँच बजे मन्त्रिपरिषद बैठक
नेपालबहस संवाददाता
साउन २२, २०८१ मंगलबार
अनुसन्धान प्रभावित पार्ने, रविको बचाउमा लाग्ने आईजीपी कुँवरमाथि समितिको निगरानी
साउन २२, २०८१ मंगलबार
आजै केही एआईजीको सरुवा तयारी, पाँच बजे मन्त्रिपरिषद बैठक
साउन २२, २०८१ मंगलबार
बंगलादेशमा हसिनालाई सत्ताच्यूत गर्ने तीन विद्यार्थी नेता
साउन २२, २०८१ मंगलबार
बङ्गलादेशमा अन्तरिम सरकारको नेतृत्व गर्न युनुस तयार
साउन २२, २०८१ मंगलबार
जुन घर सुरक्षित छ भनेर जम्मा भए, त्यही घरलाई नै पहिरोले लग्यो...
साउन २२, २०८१ मंगलबार
सुुस्तामा झोलुुङ्गे पुल, आन्तरिक पर्यटकीय गतिविधि बढ्दै
साउन २२, २०८१ मंगलबार
पर्साको दूधेश्वरनाथ महादेव मन्दिरका दुई दर्शनार्थी मृत फेला
साउन २२, २०८१ मंगलबार
नेपाल फाइनलमा प्रवेश गरेपश्चात खेलाडीहरु खुशी साटसाट गर्दै
साउन २२, २०८१ मंगलबार
गण्डकीमा भारी वर्षा : नौ जिल्लामा उच्च सतर्कता अपनाउन आग्रह
साउन २२, २०८१ मंगलबार