आज केपी ओली प्रधानमन्त्री बन्दै, शपथग्रहण भोलि
नेपालबहस संवाददाता
असार ३०, २०८१ आइतबार ७:६:३३
३० असार, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली आज नयाँ प्रधानमन्त्री नियुक्त हुँदैछन्। उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले आज नयाँ प्रधानमन्त्री नियुक्त गर्न लागेका हुन् । उनको शपथग्रहण भने सोमबारलाई तय भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । ओलीको नियुक्ति आज र शपथग्रहण भोलि बिहान ११ बजे हुनेछ ।
शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभामा विश्वासको मत गुमाएपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको हो । राष्ट्रपतिले बहुमतको सरकार गठनका लागि आह्वान गरे लगत्तै नेपाली कांग्रेस र एमालेले ओलीलाई प्रधानमन्त्री बनाउन राष्ट्रपति समक्ष प्रस्ताव पेश गरिसकेका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार नेपालको संविधानको धारा ७६ (२) बमोजिम प्रतिनिधिसभामा रहेका दुई वा दुईभन्दा बढी दललाई प्रधानमन्त्रीको दाबी पेस गर्न आइतबार अपराह्न ५ बजेसम्मको समय दिएका छन्। ओली बाहेक अन्य कुनै पनि दलले प्रधानमन्त्रीका लागि दाबी प्रस्तुत गर्ने सम्भावना नभएकाले आज नै ओली प्रधानमन्त्री नियुक्त हुने भएका हुन् ।
ओलीले प्रधानमन्त्रीको शपथ लिएसँगै केही मन्त्रीहरूको पनि शपथग्रहण गर्ने गरी तयारी छ । केही साना दलका लागि समेत मन्त्रालय राखेर कांग्रेस र एमालेले समान हैसियतमा बाँडफाँट गर्ने सहमति बनेको छ । देउवा र ओली बसेर मन्त्रालय बाँडफाँट तथा आआफ्ना पार्टीका मन्त्रीको नाम समेत तय गरिसकेको बताइन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपन्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
लेबनानमा रहेका नेपालीहरुलाई आफ्नो विवरण उपलब्ध गराउन सरकारको आग्रह
असोज ११, २०८१ शुक्रबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार