कांग्रेसबाट को को बन्दैछन् मन्त्री ?
नेपालबहस संवाददाता
असार ३१, २०८१ सोमबार १०:१६:१५
३१ असार, काठमाडौं । नेपाली कांग्रेसबाट मन्त्री हुनेको नाम टुंगिएको छ । कांग्रेसबाट प्रकाशमान सिंहको नेतृत्वमा सरकारमा जाँदै छ । उनलाई उपप्रधानसहित शहरी विकास मन्त्रालय दिइने भएको छ । त्यस्तै रमेश लेखक गृहमन्त्री, आरजु देउवा राणा परराष्ट्रमन्त्री हुने निश्चित भएको छ ।
त्यसैगरी अजय चौरासिया कानुन, न्याय तथा संसदीय मामिला मन्त्री हुने भएका छन् भने दीपक खड्का ऊर्जामन्त्री बन्ने भएका छन् । त्यस्तै ऐनबहादुर शाही वन मन्त्री बन्ने निश्चित भएको छ । सभापति देउवाले शेखर–गगन समूहलाई स्वास्थ्य तथा जनसंख्या, युवा तथा खेलकुद, पर्यटन र कृषि मन्त्रालय दिइएको छ ।
जसमा तेजुलाल चौधरीको पनि नाम टुंगो लागेको छ भने अन्य दुई मन्त्रीमा सहमहामन्त्री जीवन परियार, सांसदहरू प्रदीप पौडेल, हृदयराम थानी र रामनाथ अधिकारीको दाबेदारी रहेको छ । यी चार मध्ये दुईको नाम टुंगो लगाउन शेखर कोइरालाले उपसभापति धनराज गुरुङ र महामन्त्री थापासँग छलफल गरिरहेको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपन्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
लेबनानमा रहेका नेपालीहरुलाई आफ्नो विवरण उपलब्ध गराउन सरकारको आग्रह
असोज ११, २०८१ शुक्रबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार