मैले पत्र लेखेकी हुँ, अनैतिक कार्य गरेको छैनः उपसभामुख
नेपालबहस संवाददाता
साउन ४, २०८१ शुक्रबार १६:७:५७
४ साउन, काठमाडौं । उपसभामुख इन्दिरा राना मगरले अमेरिकी दूतावासलाई लेखेको पत्र करुणा भावले भएको र यसमा कुनै अरु गलत मनसाय नभएको बताएकी छन् । आफूले सहयोग गर्न खोजेको भए पनि अहिले आएर पत्र सार्वजनिक गर्नु नियोजित कदम भएको उनको भनाइ छ ।
उनले एक विज्ञप्ति जारी गर्दै यस्तो बताएकी हुन् । मलाई नजिकबाट चिन्नेहरू मेरो स्वभावसँग जानकार नै हुनुहुन्छ । मेरा स्वभावगत कमजोरीहरू धेरै होलान्, त्यसबाट फाइदा उठाउनेहरू पनि धेरै होलान् तर अनैतिक कार्य मबाट भएको छैन, हुने छैन, उनले भनेकी छन् ।
उपसभामुख रानाले करिब डेढ वर्षअघि अमेरिकी दूतावासलाई लेखेको पत्रका सम्बन्धमा सार्वजनिक प्रष्टीकरण दिएकी हुन् । जिम्मेवारी वहन गरेको केही साताभित्र आएका निमन्त्रणामा सँगै जानुपर्ने भनी आएको अनुरोधलाई स्वीकार गरी पत्र लेखेको उनले बताएकी छन् । उनले यसलाई आफू विरुद्धको नियोजित कदमका रूपमा चित्रण गरेकी छन् ।
आफूसँगै एउटै कार्यक्रममा सहभागी हुन निमन्त्रण आएको र उक्त कार्यक्रममा आफ्नो सहयोगीसमेत भइदिने हुँदा अन्तर्वार्ताका लागि मिति लिइदिन अनुरोध गरेपछि आफूले सो पत्र लेखेको उनको भनाइ छ । ‘मैले नेपालस्थित अमेरिकी राजदूतावासलाई अन्तर्वार्ताको मिति राखिदिन अनुरोधमात्र गरेको थिएँ । कसैलाई भिसा दिने वा नदिने स्वः निर्णय राजदूतावासले आफ्नो नीति र प्रक्रिया बमोजिम नै गर्ने हुन्छ । मैले कसैको भिसाका लागि अनुरोध गरेको छैन,’ उनले भनेकी छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल–बङ्गलादेशबीच जनता जनतामा सम्बन्ध विस्तार हुनुपर्छ : ऊर्जामन्त्री खड्का
कात्तिक २३, २०८१ शुक्रबार
एमाले बागमतीले उपनिर्वाचनका उम्मेदवारको नाम टुङ्गायो
कात्तिक २३, २०८१ शुक्रबार
सहकारी ठगीमा संलग्नलाई जोगाउनु हुँदैन : संयोजक शाही
कात्तिक २३, २०८१ शुक्रबार
स्याङ्जाकै उत्कृष्ट कृषि सहकारी
नेपालबहस संवाददाता
कात्तिक २१, २०८१ बुधबार
रुसबाट ५ सय ६३ युक्रेनी सैनिकको शव फिर्ता
नेपालबहस संवाददाता
कात्तिक २३, २०८१ शुक्रबार
जीबी राई भगाउन सहयोग गर्ने सहसचिवलाई पुरस्कार !
नेपालबहस संवाददाता
कात्तिक २३, २०८१ शुक्रबार
रुसबाट ५ सय ६३ युक्रेनी सैनिकको शव फिर्ता
कात्तिक २३, २०८१ शुक्रबार
जीबी राई भगाउन सहयोग गर्ने सहसचिवलाई पुरस्कार !
कात्तिक २३, २०८१ शुक्रबार
राम्रो काम नगरेपछि अढाई वर्षका लागि कालोसूचीमा पर्यो उर्जा राज्यमन्त्री कान्छारामको कन्सट्रक्सन
कात्तिक २३, २०८१ शुक्रबार
गौतमबुद्ध विमानस्थलमा धमाधम अन्तर्राष्ट्रिय उडान
कात्तिक २४, २०८१ शनिबार
पश्चिमी र स्थानीय वायुको प्रभावः केही स्थानमा वर्षाको सम्भावना
कात्तिक २४, २०८१ शनिबार
यु–१९ महिला विश्वकप क्रिकेट छनोट: नेपालले आज युएईविरुद्व खेल्ने
कात्तिक २४, २०८१ शनिबार
सरकारलाई थप कमजोर बनाउने कि गतिशील र प्रभावकारी ?
कात्तिक २४, २०८१ शनिबार
हिजबुल्लाहद्वारा एकैदिन इजरायलमा पाँचवटा रकेट आक्रमण
कात्तिक २३, २०८१ शुक्रबार
इरानमा आतङ्कवाद विरोधी अभियानमा चार आतङ्कवादी मारिए
कात्तिक २३, २०८१ शुक्रबार