जेल भोगेर पनि नसुध्रिएका लुटेरा नाइके धनबहादुर !
नेपालबहस संवाददाता
साउन १४, २०८१ सोमबार १६:२०:३
१४ साउन, काठमाडौं । समाजमा सामान्य लुटपाटका घटनालाई सामान्य रुपले नै हेर्ने गरिन्छ । नेपाल प्रहरीले पनि परिस्थितिजन्य अपराधमा लागेकाहरूलाई सुधारिने मौका दिन्छ । उसबाट फेरी अपराधका घटनाहरू नदोहोरिउन भन्ने सामाजिक न्यायको सिद्धान्त अनुसार दीक्षित भएका केही सुधारिन्छ पनि । तर, केहीले परिस्थितिजन्य भएको अपराधलाई पछि गएर पेशा नै बनाउँछन् । यस्तै लुटेराका नाइके हुन धनबहादुर स्याङतान पनि ।
अरूलाई लुटेर आफ्नो जीविकोपार्जन चलाउने गिरोह मध्ये उनी एक सक्रिय लुटेरा हुन् । यही साउन १२ गते प्रहरीले नागार्जुन नगरपालिका स्थित स्युचाटारबाट एक जना लुटेरालाई पक्राउ गर्यो । लुटपाटपछि सुरक्षित स्थानसम्म पुग्ने क्रममा उनी प्रहरीको हात परे । धनबहादुर स्याङतानका नामले चिनिने उनी उपत्यका र आसपासका क्षेत्रमा ठूलो रकम र गरगहना लुटपाट गर्ने समूहका नाइके भएको प्रहरी बताउँछ । स्याङतान यसअघि यस्तै लुटपाटको घटनामा समातिएर लामो समय जेल बसको थिए । ।
११ वर्ष जेल बसेर निस्किएको केही समयमै उनी पुरानै पेशामा फर्किए । अरूलाई हतियार देखाएर धम्क्याउने र भएको नगद तथा जिन्सी लिएर सुरक्षित स्थानतर्फ लाग्नु उनको दैनिकी नै थियो । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए अनुसार स्याङ्तानको सही पृष्ठभूमि बुझ्न प्रहरी अहिले अनुसन्धानमै छ । पछिल्लो समय एक हाइकिङ टोलीलाई लुटपाट गरेपछि उनी समातिएका हुन् । उनको चोरी र डकैतीको इतिहास लामै छ ।
अधिकारीका अनुसार २०६९ जेठ २८ मा लुटपाट र जबर्जस्ती करणी मुद्दामा उनीमाथि सजाय सुनाइएको थियो । तोकिएको सजाय अनुसार ११ वर्ष ६ महिना २४ दिन जेल बसेर गत वर्ष माघ ११ गते उनी जेलमुक्त भएका थिए । जेल सजाय काटेर आएपछि उनी सुधारिएको अपेक्षा गरिएको थियो । तर, यसपछि पनि उनी पुरानै काममा लाग्न थाले । अहिले उनी माथिको अनुसन्धान जारी नै छ ।
२०८० चैत १२ गते काठमाडौंको चन्द्रागिरि नगरपालिका चाखेल देउरालीमा इन्द्रकुमारी लामाले सञ्चालन गरेको टहरामा समेत लुटपाट भएको घटनामा पनि स्याङतानकै समूह रहेको प्रहरी बताउँछ । काठमाडौंका प्रवक्ता अधिकारीका अनुसार असार पटक पटक बुढानीलकण्ठमा भएको लुटपाटमा पनि उनकै संलग्नता देखिएको छ ।
असार २८ गते राति नौ बजे बूढानीलकण्ठ नगरपालिका– ३ स्थित तारे भीरतर्फ जाने क्रममा गिरिजा शान्ति पार्कमा दुई जनालाई खुकुरी देखाएर दुई थान मोबाइल उनले लुटपाट गरेका थिए । उनले पीडित महिलालाई जबर्जस्ती करणीको प्रयास समेत गरेका थिए । लगत्ते असार २९ गते बिहान साढे १० बजे बूढानीलकण्ठ स्थित बागद्वारतर्फ हाइकिङ जाने क्रममा दीपक शर्मा पोख्ररेललगायत ६ जना व्यक्तिलाई खुकुरी देखाएर ६ वटा मोबाइल र दुई वटा घडी लुटपाट गरेको घटनामा पनि स्याङ्तानकै संलग्नता खुलेको अधिकारीले बताए ।
असार २९ मै सोही पार्क जाने क्रममा प्रवीण शेर्माबाट स्याङ्तानको समूहले दुई वटा मोबाइल, सुनको औँठी र सिक्री लुटपाट गरेको प्रहरीले जनाएको छ । हाइकिङ टोली लुटिएको घटनामा उनलाई समाउन प्रहरीले निकै प्रयास गर्नु परेको थियो । उनीसँगै लुटपाटमा संलग्न अन्य ३ जनाको खोजी भइरहेको प्रहरीको भनाइ छ । उनी मकवानपुरगढी गाउँपालिका– १ फूलबारीका हुन् । स्याङ्तानले विगतको आपराधिक पृष्ठभूमिलाई अहिले पनि निरन्तरता दिएको प्रहरीको भनाइ छ ।
उनी साउन १२ गते नागार्जुन नगरपालिका स्थित स्युचाटारबाट पक्राउ पर्नुअघि उनले हाइकिङमा गएका ६ जना सर्वसाधारणलाई खुकुरी देखाएर लुटपाट गरेका थिए । छिमेकी अमिर लामा, भाञ्जा प्रविन शाही र छोरा सुरज स्याङ्तानलाई समेत साथमा लिएर उनले लुटपाट धन्दालाई निरन्तरता दिएको खुलेको छ । नागार्जुनको विन्दावासिनी जंगलमा खुकुरी देखाएर स्याङ्तानको समूहले ७ तोला ६४ ताल बराबरको सुनको गरगहना, चाँदीको ब्रासलेट र १३ हजार ४ सय लुटपाट गरेर भाग्दै गर्दा प्रहरीले छेकारो हानेर स्याङ्तानलाई पक्राउ गरेको थियो ।
त्यतिबेला लामा र उनका छोरा नव बुद्ध लोलाई खुकुरी प्रहार गरी घाइते बनाएर टहराबाट १ लाख सात हजार सुनका गरगहना समेत लुटी स्याङ्तानको समूह भागेको थियो । घटनास्थलमा स्याङ्तानले नोकिया मोबाइल छाडेर भागेका थिए । प्रहरीले सीमकार्ड दर्ता अभिलेख हेर्दा उनकी श्रीमतीको नाममा दर्ता रहेको खुलेको अधिकारीले बताए । फर्पिङमा समेत गत असारमा स्याङ्तानले लुटपाट गरेको रहस्य खुलेको छ । बिहानै हाइकिङमा हिँडेका ७ जना सर्वसाधारणलाई खुकुरी देखाएर उनीहरूको साथमा रहेको ८ वटा मोबाइल लुटेर भागेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
ललितपुरका खोकनामा सञ्चालित एक बालगृहमा खुकुरी र पेस्तोल देखाएर दुई लाख ७६ हजार लुटपाट गरी पीडित महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा उनी नख्खु कारागार चलान भएका थिए । पछिल्लो समयमा पनि लुटिएको मोबाइलमध्ये एउटा स्याङ्तानकै साथबाट फेला परेपछि उनले नै लुटपाट गरेको तथ्य प्रमाणित भएको हो । उनले यसपछि लुट्नका लागि बनाएको योजनाबारे पनि प्रहरीले अनुसन्धान गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचोरीका सुनको गरगहनासहित दुई जना पक्राउ
कात्तिक ३०, २०८१ शुक्रबार
अनलाइनमा बालयौन दुव्र्यवहारको सामग्री प्रसारण गरेको अभियोगमा पक्राउ
कात्तिक ३०, २०८१ शुक्रबार
अनुमति नलिइ वन्यजन्तु पाल्ने दुई जना पक्राउ
कात्तिक ३०, २०८१ शुक्रबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
कात्तिक ३०, २०८१ शुक्रबार
हनी ट्रयापमा जोडिएका एसपी थापाको सीआईबीमा बयान, मुद्दा यसै साता बुझाइने
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाली सेनामा खुल्यो विभिन्न पदमा विज्ञापन
कात्तिक ३०, २०८१ शुक्रबार
कोप–२९ सम्मेलनमा हिमालका मुद्दाबारे छलफल
कात्तिक ३०, २०८१ शुक्रबार
राज्माखेतीमा ढुसीको सङ्क्रमण
कात्तिक ३०, २०८१ शुक्रबार
गाजा युद्धविरामका लागि हमास ‘तयार’, इजरायललाई ‘दबाब’ दिन ट्रम्पलाई आग्रह
कात्तिक ३०, २०८१ शुक्रबार
स्वास्थ्य प्रवर्द्र्धन केन्द्रबाटै नागरिकलाई निःशुल्क एक्स–रे सेवा
कात्तिक ३०, २०८१ शुक्रबार
चोरीका सुनको गरगहनासहित दुई जना पक्राउ
कात्तिक ३०, २०८१ शुक्रबार
प्रतिलिटर ३ रुपैयाँले डिजेल र मट्टितेलको मूल्य बढ्यो
कात्तिक ३०, २०८१ शुक्रबार