आजै केही एआईजीको सरुवा तयारी, पाँच बजे मन्त्रिपरिषद बैठक
नेपालबहस संवाददाता
साउन २२, २०८१ मंगलबार १२:८:१८
२२ साउन, काठमाडौं । नेपाल प्रहरीमा केही एआईजीहरुको जिम्मेवारी हेरफेर हुने संभावना रहेको छ । आज साँझ बस्ने मन्त्रिपरिषद बैठकले एआईजीहरुको जिम्मेवारी हेरफेर गर्ने संभावना रहेको गृह मन्त्रालय स्रोतले जनाएको छ ।
एआईजी श्याम ज्ञवालीलाई प्रदेश समन्वय विभागमा सरुवाको तयारी भएको छ । सीआईबीमा काठमाडौं उपत्यका कार्यालयबाट दीपक थापा, अपराध अनुसन्धान विभागबाट टेकबहादुर तामाङ वा एकेडेमीबाट सुदीप गिरी मध्ये एकलाई पठाउने तयारी भएको स्रोतले जनाएको छ ।
यसैगरी कार्य विभागमा रहेकी किरण बज्राचार्यलाई पनि राम्रो जिम्मेवारी दिने संभावना रहेको स्रोतले जनाएको छ । ६० किलो सुन तस्करी प्रकरणमा अनुसन्धान गरेकी बज्राचार्यलाई डिल्लीराज आचार्यको सुन आयोगले कारवाहीको सिफारिस गरेको भन्दै रवि लामिछाने नेतृत्वको गृहमन्त्रालयले हतारमा सरुवा गरेकाे थियो ।
सुन तस्करीमा माओवादीको कनेक्शन पत्ता लगाउने उनलाई माओवादी निकट रहेका आचार्यले प्रतिशोधपूर्ण ढंगले आरोप लगाएको भन्दै आलोचना भएको थियो । आजको मन्त्रिपरिषद बैठकले एआईजी रामदत्त जोशीको पनि प्रहरी प्रधान कार्यालयमा पदस्थापन गर्ने बताइएको छ ।
यसैगरी गृहमन्त्रालयले रिक्त रहेको दुई डीआईजी पदमा एसएसपीको सिफारिस गर्ने बताइएको छ । एसएसपी सिद्धि विक्रम शाह, गणेश चन्द, भोला रावल मध्येबाट सिफारिस गर्ने संभावना रहेको स्रोतको दावी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआतंकवादी समूहसँग नेपाल प्रहरीका डीएसपी कसरी जोडिए ?
भदौ २२, २०८१ शनिबार
नेपाल प्रहरी र सशस्त्र प्रहरी जवानको पेन्सन अवधि १६ प्रस्ताव
भदौ २२, २०८१ शनिबार
आतंकवादी समूहसँग नेपाल प्रहरीका डीएसपी कसरी जोडिए ?
नेपालबहस संवाददाता
भदौ २२, २०८१ शनिबार
नेपाल प्रहरी र सशस्त्र प्रहरी जवानको पेन्सन अवधि १६ प्रस्ताव
नेपालबहस संवाददाता
भदौ २२, २०८१ शनिबार
दाजुको हत्या गरेको आरोपमा पक्राउ
भदौ २४, २०८१ सोमबार
कोशी नदीमा आधारित पर्यटनको विकास गर्नुपर्छ : अध्यक्ष प्रचण्ड
भदौ २४, २०८१ सोमबार
सत्तारुढ दलको बैठक : सरकार र संसद्का कामलाई थप प्रभावकारी बनाउने सहमति
भदौ २४, २०८१ सोमबार
इरानले रुसलाई मिसाइल पठाएको दाबीबारे इयु ‘अवगत’, तेहरानद्वारा खण्डन
भदौ २४, २०८१ सोमबार
‘नेपाली कांग्रेसले बीपीको बाटो भुल्न नहुने’
भदौ २४, २०८१ सोमबार