रौतहटमा डुबेर बेपत्ता युवकको शव फेला
नेपालबहस संवाददाता
साउन २३, २०८१ बुधबार १०:५०:५४
२३ साउन, रौतहट । रौतहट स्थित लालबकैया नदीमा नुहाउने क्रममा बेपत्ता भएको स्थान बाट ४ किलोमीटर टाढा युवकको शव सशस्त्र प्रहरीले बरामद गरेको छ।
नुहाउने क्रममा डुबेर बेपत्ता भएका परोहा नगरपालिका ४ का सर्वजीत रायको छोरा बर्ष १६ को सचिन कुमार रायको शव घटनास्थल बाट ४ किलोमीटर टाढा सशस्त्र प्रहरीले मंगलवार अबेर साँझ फेला पारेको सशस्त्रका एसपी बिक्रम हुमागाईंले बताएका छन्।
गत आईतवार अपरान्ह ४ बजे आफ्नै गाउँ छेउको लालबकैया नदीमा नुहाउने क्रममा सचिन डुबेर बेपत्ता भएका थिए। घटनाको खबर लगतै सशस्त्र प्रहरी बल ११ नम्बर हेक्वा रौतहटबाट बिपद उद्धारका सामग्री सहीत गएका १० जनाको टोलीले लगातारको प्रयास पछी मंगलवार अबेर साँझ घटनास्थल बाट ४ किलोमीटर टाढा बैरिया पुल नजिक लालबकैया नदीबाट सचिनको शव फेला पारेको एसपी हुमागाईंले बताएका छन ।
मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा पठाइएको तथा घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपखोलाले मोटरसाइकल बगाउँदा दुई जनाको मृत्यु
भदौ २४, २०८१ सोमबार
सवारी साधन एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु
भदौ २४, २०८१ सोमबार
ट्याक्टरले ठक्कर दिँदा बालिकाको मृत्यु
भदौ २३, २०८१ आइतबार
आतंकवादी समूहसँग नेपाल प्रहरीका डीएसपी कसरी जोडिए ?
नेपालबहस संवाददाता
भदौ २२, २०८१ शनिबार
नेपाल प्रहरी र सशस्त्र प्रहरी जवानको पेन्सन अवधि १६ प्रस्ताव
नेपालबहस संवाददाता
भदौ २२, २०८१ शनिबार
दाजुको हत्या गरेको आरोपमा पक्राउ
भदौ २४, २०८१ सोमबार
कोशी नदीमा आधारित पर्यटनको विकास गर्नुपर्छ : अध्यक्ष प्रचण्ड
भदौ २४, २०८१ सोमबार
सत्तारुढ दलको बैठक : सरकार र संसद्का कामलाई थप प्रभावकारी बनाउने सहमति
भदौ २४, २०८१ सोमबार
इरानले रुसलाई मिसाइल पठाएको दाबीबारे इयु ‘अवगत’, तेहरानद्वारा खण्डन
भदौ २४, २०८१ सोमबार
‘नेपाली कांग्रेसले बीपीको बाटो भुल्न नहुने’
भदौ २४, २०८१ सोमबार