भारतीय विदेश सचिव मिस्रीको भ्रमण: राष्ट्रपति, प्रधानमन्त्री र चारमन्त्री भेट्ने, द्विपक्षीय छलफल नहुने
नेपालबहस संवाददाता
साउन २७, २०८१ आइतबार १३:१५:२१
२७ साउन, काठमाडौं । आइतबार विहान काठमाडौं आइपुगेका भारतीय विदेश सचिव विक्रम मिस्रीको नेपाल भ्रमणमा द्विपक्षीय छलपल नहुने भएको छ । उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्सालले स्वागत गरेपछि सिधै विमानस्थलबाट भारतीय दूतावास लैनचौर पुगेका थिए ।
मिश्रीको दुई दिने नेपाल भ्रमणमा नेपाल–भारत द्विपक्षीय प्रतिनिधिमण्डलस्तरिय बैठक नहुने परराष्ट्र सौले जानकारी दिएको छ । मिश्रीको भ्रमणमा परिचयात्मक मात्र हुनेछ । नेपालका परराष्ट्र सचिव लम्सालको निमन्त्रणामा विदेश सचिव मिस्री आएका हुन् । विदेश सचिव भएपछि उनको यो पहिलो नेपाल भ्रमण हो भने नेपालमा केपी ओलीको नेतृत्वमा नयाँ सरकार बनेपछि भारतबाट पहिलो भ्रमण हो ।
विदेश सचिव मिस्रीले २ बजे राष्ट्रपति रामचन्द्र पौडेल र त्यसपछि ३ बजे प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गर्न जाने कार्यक्रम छ । उनले उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंह र अर्का उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल तथा गृहमन्त्री रमेश लेखकसँग पनि शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
आइतबार बेलुकी परराष्ट्र सचिव लम्सालले समकक्षी मिस्रीलाई रात्रीभोज दिने छिन् । सोमबार ११ बजे परराष्ट्रमन्त्री आरजु राणा देउवासँग शिष्टाचार भेटवार्ता गरि बेलुकी नयाँ दिल्ली फर्कने कार्यक्रम रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपसभामुख राना रुसी महासंघ प्रस्थान
असोज १, २०८१ मंगलबार
रौतहटमा दर्जनौं नेता कार्यकर्ता जसपामा प्रवेश
असोज १, २०८१ मंगलबार
प्रहरीको ३० वर्षे सेवा अवधि ३ चरणमा हटाउने प्रस्ताव
नेपालबहस संवाददाता
भदौ ३०, २०८१ आइतबार
संवैधानिक परिषदमा प्रचण्डको अस्वाभाविक बार्गेनिङ !
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
संवैधानिक परिषदमा प्रचण्डको अस्वाभाविक बार्गेनिङ !
असोज १, २०८१ मंगलबार
कांग्रेस लुम्बिनी प्रदेशसभा सचेतक गिरीले दिइन् पदबाट राजीनामा
भदौ ३१, २०८१ सोमबार
अमेरिकामा इन्ट्रा कप भलिबल, रुकुम र बेलमण्ट विजयी
असोज १, २०८१ मंगलबार
नेपाल एयरलाइन्सलाई दिएको ऋण चाँडो उठाउन सञ्चय कोषलाई अर्थमन्त्रीको निर्देशन
असोज १, २०८१ मंगलबार
फिल्म ‘मायावी’ को रिलिज मिति पछि सर्यो
असोज १, २०८१ मंगलबार
खोलाले बगाएर बेपत्ता तीर्थयात्रीको शव फेला
असोज १, २०८१ मंगलबार
करिब २ सय ९६ किलो गाँजासहित महोत्तरी र मोरङबाट चार जना पक्राउ
असोज १, २०८१ मंगलबार