बाँकेमा उद्धार गरियो रातो ‘कोरल रेड कुक्री’ प्रजातिको सर्प
नेपालबहस संवाददाता
साउन ३२, २०८१ शुक्रबार २१:४९:१५
३२ साउन, बाँके । बाँकेमा नेपालमा कमै मात्रामा पाइने रातो सर्पको उद्धार गरिएको छ । बाँके राष्ट्रिय निकुञ्जको टोलीले राप्तीसोनारी गाउँपालिका–८ पेरानीस्थित एक विद्यालयको कक्षाकोठाबाट ‘कोरल रेड कुक्री’ प्रजातिको सर्पलाई उद्धार गरेको हो । निकुञ्जका रेन्जर यामबहादुर रावतकानुसार यस प्रजातिको सर्प भारत र नेपालका केही स्थानमा मात्र पाइने गरेको छ । दुर्लभ नभए पनि अत्यन्त कम मात्रामा पाइने यो सर्प विशेष गरेर नरम माटोभित्र लुकेर बस्ने गरेको पाइएको उनले जानकारी दिए ।
“नेपालमा चितवन राष्ट्रिय निकुञ्ज, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्जमा यस प्रजातिको सर्प पाइएको छ । बाँकेमा दुई वर्षअघि निकुञ्जकै कम्पाउन्डभित्र रातो सर्प पाइएको थियो”, उनले भने । झट्ट हेर्दा यस सर्पको टाउको र घाँटी छुट्टिएको स्पष्ट देखिँदैन । यो अन्य सर्पभन्दा कमै मात्रामा पाइने मन्द विषालु सर्पको प्रजातिमा पर्दछ । उद्धार गरेर ल्याइएका सर्पहरूलाई निकुञ्जको जङ्गल क्षेत्रभित्र लगेर व्यवस्थापन गर्दै आएको रेन्जर राउतले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशुक्लाफाँटा निकुञ्जमा मृत हात्ती भेटियो
असोज १९, २०८१ शनिबार
बाढीपहिरामा परी अहिलसम्म २ सय ३९ जनाको मृत्यु
असोज १९, २०८१ शनिबार
प्रहरीमा चार हजार दरबन्दी रिक्त, कासमु देखाएर वृत्ति विकासमा बन्ध्याकरण !
नेपालबहस संवाददाता
असोज १८, २०८१ शुक्रबार
टि–ट्वान्टी सिरिजमा नेपालले ओमानलाई हरायो
नेपालबहस संवाददाता
असोज १७, २०८१ बिहिबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
असोज १९, २०८१ शनिबार
‘फूड सिस्टम इनोभेसन च्यालेन्ज २०२४’ प्रतियोगितामा नेपाललाई सफलता
असोज १९, २०८१ शनिबार
माल्दिभ्सका राष्ट्रपति मुइज्जु आइतबारदेखि भारत भ्रमण गर्दै
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
असोज १९, २०८१ शनिबार
मन्त्री प्रदीप पौडेलको काभ्रेका विपद प्रभावित स्वास्थ्यकर्मी र विरामीसँग अन्तरक्रिया
असोज १९, २०८१ शनिबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
असोज १९, २०८१ शनिबार