सर्वोच्च अदालतबाट माओवादीका प्रवक्ता सापकोटाविरुद्ध पक्राउ आदेश जारी हुनसक्ने
नेपालबहस संवाददाता
भदौ १२, २०८१ बुधबार ११:३५:३७
१२ भदौ, काठमाडौं । नेकपा माओवादीका प्रवक्ता एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटाविरुद्ध सर्वोच्च अदालतले पक्राउ आदेश गर्न सक्ने बुझिएको छ । २०६९ मंसिरमा दर्ता भएको हत्यासम्बन्धी मुद्दामा सर्वोच्चले बुधबार निर्णय दिने भएको हो । अन्य कुनै प्राविधिक कारण नआएमा उनीविरुद्धको मुद्दाको फैसला आज हुनेछ । सर्वोच्च स्रोतका अनुसार संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई लिएर यस मुद्दाको फैसला नहुने सम्भावना पनि छ ।
संक्रमणकालीन न्याय सम्बन्धि टीआरसी विधेयक हालै मात्र पारित भएको छ । यो विधेयक अनुसार सवोच्चले पनि सत्यनिरुण तथा मेलमिलाप आयोग गठनभएपछि सोही आयोगले हेर्ने गरी निर्णय दिनसक्छ, स्रोतले भन्यो । अन्यथा सापकोटाविरुद्ध संवैधानिक इजलासले फैसला सुनाउनेछ ।
काभ्रेका अर्जुन लामाको हत्या आरोपमा सापकोटासहितका नेताहरूमाथि अनुसन्धान हुनुपर्ने भन्दै उनकी श्रीमती पूर्णिमाया लामाले २०६९ को मंसिरमा सर्वोच्चमा रिट दायर गरेकी थिइन् । त्यो रिट सरेको सरेकै भएर यहाँसम्म आइपुगेको छ । संवैधानिक इजलासले बुधवार सो मुद्दाको फैसला सुनाउने मिति तोकेको थियो भने त्यही अनुसार पेशी रहेको छ । यसअघि असार १२ गते एक न्यायाधीश अनुपस्थित भएपछि मिति सरेको थियो ।
काभ्रेका अर्जुन लामाको हत्या आरोपमा कर्तव्य ज्यान मुद्दामा अनुसन्धान माग गर्दै दायर भएको रिटमा जेठ २३ गते बहस सकिएर निसु तोकिएको थियो । संवैधानिक इजलासले दुवै पक्षको बहसपछि निर्णय सुनाउने भनेपनि वरिष्ठतम न्यायाधीश प्रकाशमान सिंह राउत उपस्थित नहुँदा रोकिएको थियो । गत जेठ २३ गते प्रधानन्यायाधीश श्रेष्ठ, प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मी रहेको संवैधानिक इजलासले सुनुवाइ सकेर निर्णय सुनाउने मिति असार १२ गते तोकेको थियो ।
त्यस यता मिति सर्दै आजको मितिमा आएको हो । प्रतिवादीहरूले यो घटना द्वन्द्वकालीन भएकाले संक्रमणकालीन न्यायसम्बन्धी संयन्त्रले हेर्नुपर्ने माग गरेका थिए । इजलासले दुवैको तर्क सुनेर फैसला सुनाउन लागेको हो । अर्को तर्फ संक्रमणकालीन न्यासम्बन्धीको टीआरसी विधेयक हालै मात्र संस्दबाट पारित भएकाले सर्वोच्चले यसमा पुनःविचार गर्न सक्ने पनि देखिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रकाशमानसिंह राउत सर्वोच्चको प्रधानन्यायाधीशमा नियुक्त
असोज २०, २०८१ आइतबार
प्रधानन्यायाधीशमा राउतको आज शपथ, सर्वोच्चमा स्वागत र विदाइको विशेष कार्यक्रम
असोज २०, २०८१ आइतबार
प्रहरीमा चार हजार दरबन्दी रिक्त, कासमु देखाएर वृत्ति विकासमा बन्ध्याकरण !
नेपालबहस संवाददाता
असोज १८, २०८१ शुक्रबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
असोज १९, २०८१ शनिबार
धरानमा तालिम प्राप्त कुकुरसहित प्रहरी चेकजाँच सुरु
असोज २०, २०८१ आइतबार
गाजास्थित मस्जिदमा भएको इजरायली आक्रमणमा २१ जनाको मृत्यु
असोज २०, २०८१ आइतबार
पदमार्ग र अन्नपूर्ण आधार शिविरमा खेलाडीद्वारा सरसफाइ
असोज २०, २०८१ आइतबार
प्रधानमन्त्री उद्धार कोषमा नेपाल बैंकको दुई करोड
असोज २०, २०८१ आइतबार
दाउन्नेमा भासिएको सड्कको दुईतर्फी सञ्चालनमा
असोज २०, २०८१ आइतबार
चाडपर्व नजिकिएसँगै घर फर्कंदै नेपाली
असोज २०, २०८१ आइतबार