मकवानपुरमा उद्योग बन्द हुने क्रम बढ्दो
नेपालबहस संवाददाता
भदौ १२, २०८१ बुधबार १७:२४:३३
१२ भदौ, बागमती । पछिल्लो पाँच वर्षयता मकवानपुर जिल्लामा नयाँ उद्योग व्यापार दर्ता घट्दो र बन्द गर्ने क्रम बढ्दै गएको छ । विश्वव्यापी रुपमा देखिएको आर्थिक तरलता, बैंक तथा वित्तीय संस्थाबाट ऋण लगानी कम हुनु, पुँजीको अभाव, दोहोरो दर्ताको व्यवस्था लगायतका कारण यहाँ बर्सेनी नयाँ उद्योग व्यापार दर्ता घट्दै र बन्द हुने क्रम बढ्दै गएको हो ।
उद्योग तथा वाणिज्य कार्यालयका अनुसार मकवानपुरमा आर्थिक वर्ष २०८०/८१ मा उद्योगतर्फ तीन सय ६६ र वाणिज्यतर्फ तीन सय ३५ नयाँ उद्योग व्यापार दर्ता भएको छ, भने सो आवमा उद्योगतर्फ दुई सय ६८ र वाणिज्यतर्फ तीन सय ३६ उद्योग व्यापार बन्द भएको उद्योग तथा वाणिज्य कार्यालय मकवानपुरका प्रमुख रामप्रसाद भुसालले जानकारी दिए ।
उनका अनुसार आर्थिक वर्ष २०७९/८० मा उद्योगतर्फ पाँच सय ७९ र वाणिज्यतर्फ चार सय ३० नयाँ उद्योग व्यापार दर्ता हुँदा उद्योगतर्फ र वाणिज्यतर्फका गरी दुई सय ८३ वटा उद्योगको लगतकट्टा गरिएको थियो ।
यसअघि आव २०७८/७९ मा उद्योगतर्फ सात सय ६७ र वाणिज्यतर्फ सात सय ७० नयाँ दर्ता भएको थियो । सो आर्थिक वर्षमा उद्योगतर्फ र वाणिज्यतर्फ गरी एक सय १० वटा उद्योग व्यापारको मात्र लगतकट्टा भएको थियो । आव २०७७/७८ मा उद्योगतर्फ आठ सय २० र वाणिज्यतर्फ आठ सय १० नयाँ उद्योग व्यापार दर्ता भएकामा सो आवमा उद्योगतर्फ र वािण्ज्यतर्फ गरी तीन सय ४० उद्योगको लगतकट्टा गरिएको सो कार्यालयको तथ्याङकले देखाएको छ ।
आव २०७६÷७७ मा उद्योगतर्फ एक हजार पाँच सय ३६ र वाणिज्यतर्फ एक हजार पाँच सय २५ नयाँ उद्योग व्यापार दर्ता भएको थियो । सो आवमा उद्योगतर्फ र वाणिज्यतर्फका गरी दुई सय ४० उद्योग व्यापारको लगतकट्टा गरिएको थियो । यसरी पछिल्लो पाँच वर्षको अवधिमा नयाँ उद्योग व्यापार दर्ता घट्दै जाँदा उद्योग व्यापार बन्द हुने क्रम बढ्दै गएको छ ।
विभिन्न निकायबाट अनुदान प्राप्त गर्न उद्योग व्यवसाय दर्ता गराउने र अनुदान पाइसकेपछि बन्द गर्ने प्रवृति, छोराछोरीलाई विदेश पठाउन व्यावसायिक पुँजी देखाउनका लागि मात्र व्यापार व्यवसाय दर्ता गराउने र पछि छोराछोरी विदेश गएपछि व्यापार व्यवसाय बन्द गर्ने, व्यापार घाटा हुनु र उद्योग कार्यालयमा दर्ता भएपछि स्थानीय तहमासमेत दर्ता गराउनुपर्ने दोहोर व्यवस्थाका कारण पनि उद्योग व्यापार दत्र्ता भन्दा बन्द गराउने क्रम बढेको प्रमुख भुसालको भनाइ छ ।
लामो समयदेखिको आर्थिक मन्दिका कारण हेटौँडामा सटरको भाडा तिर्न नसक्दा व्यापारी सम्पर्कविहीन हुने क्रम बढदै गएको छ । यसरी सम्पर्कविहीन हुनेमा धेरैजसो सहकारी, स्कुल, सुन पसल, किराना पसल, टेलरिङ, मदिरा पसललगायत चलाएर व्यापार व्यवसाय गर्ने रहेका छन् ।
तीन करोड २२ लाख राजस्व सङ्कलन
उद्योग तथा वाणिज्य कार्यालय मकवानपुरले आर्थिक वर्ष २०८०/८१ मा विभिन्न शीर्षकमा रु तीन करोड २२ लाख ४९ हजार राजस्व सङ्कलन गरेको छ । सो कार्यालयका अनुसार उद्योगतर्फ नयाँ उद्योग दर्ता, नवीकरण, नामसारी, पुँजी वृद्धि खारेजी, ठाउँसारी लगायतका शीर्षकबाट रु एक करोड ५१ लाख २५ हजार तथा वाणिज्यतर्फ नयाँ दर्ता, नवीकरण, नामसारी, ठाउँसारी, पुँजीवृद्धि, प्रतिलिपी लगायतका शीर्षकबाट रु एक करोड ६१ लाख ९९ हजार राजस्व सङ्कलन भएको छ । सो अवधिमा एक सय ७६ महिला र एक सय ९० पुरुष नयाँ उद्यमीका रुपमा थपिएका प्रमुख भुषालले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपडेढसय यात्रु लिएर काठमाडौं आउनुपर्ने निगमको न्यरोबडी दुबईमै थन्कियो
भदौ २९, २०८१ शनिबार
सुगर विरामीका कारण डाइभर्ट भएको भिस्ताराको जहाज बाँकी यात्रु बोकेर दिल्ली उड्यो
भदौ २८, २०८१ शुक्रबार
तनहुँमा सात सय सत्तरी साना उद्योग थपिए
भदौ २८, २०८१ शुक्रबार
उपसभामुख पद जोगाउन रविको हारगुहार, प्रधानमन्त्री ओलीसँग मिलेन कुरा
नेपालबहस संवाददाता
भदौ २६, २०८१ बुधबार
नेटोसँग रुसको युद्ध हुनसक्ने पुटिनको चेतावनी
भदौ २८, २०८१ शुक्रबार
सहकारी प्रकरणको छानविन प्रतिवेदनलाई अन्तिम रूप दिन संसदीय समितिले बोलायो गृहमन्त्री
भदौ २८, २०८१ शुक्रबार
माओवादी केन्द्रले बोलायो संसदीय दलको बैठक
भदौ २८, २०८१ शुक्रबार
बाल अधिकार संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री कार्की
भदौ २९, २०८१ शनिबार
डेढसय यात्रु लिएर काठमाडौं आउनुपर्ने निगमको न्यरोबडी दुबईमै थन्कियो
भदौ २९, २०८१ शनिबार
कस्तो छ आइसक्रिमको इतिहास ?
भदौ २९, २०८१ शनिबार
अधुरै रह्यो भुपेन्द्रको ‘शी लिड्स आइकन’ बन्ने सपना
भदौ २९, २०८१ शनिबार
काठमाडौंका यी स्थानमा आज विद्युत् अवरूद्ध हुने
भदौ २९, २०८१ शनिबार
झापामा चक्कु प्रहार गरी युवतिको हत्या
भदौ २९, २०८१ शनिबार