प्रतिनिधि सभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची
नेपालबहस संवाददाता
भदौ १३, २०८१ बिहिबार १०:५:४
१३ भदौ, काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । अपरान्ह १ बजे बस्ने बैठकमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेस गर्ने कार्यसूची छ । सोबिता गौतमले ‘हवाई क्षेत्रसँग सम्बन्धित अन्तर्राष्ट्रिय संगठनहरुले नेपालका हवाई उड्डयन क्षेत्रलाई असुरक्षित भनिरहेको, हवाई दुर्घटनाहरूले एयरलाइन्स र हवाई यातायात उद्योगको छवि र विश्वासमा समेत असर परेको हुँदा तत्काल सुधारात्मक कदम चाली विश्वसनियता बढाउन आवश्यक भएको’ विषयको जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
उक्त प्रस्तावको समर्थकमा डोलप्रसाद अर्याल, सन्तोष परियार, तोसिमा कार्की, हरि ढकाल, मनिष झा, निशा डांगी, विनिता कठायत, शिव नेपाली, अशोक कुमार चौधरी, सुमना श्रेष्ठ, डा. चन्दा कार्की (भण्डारी), गणेश पराजुली र विन्दवासिनी कांसकार रहनेछन् ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय मानव अधिकार आयोगको २३ औँ वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९/०८० पेस गर्ने कार्यसूची छ । त्यस्तै सभामुख देवराज घिमिरेले संविधानसभाका सदस्य श्रवणकुमार अग्रवालको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसडक बालबालिकालाई २०८१ भित्रै सडकबाट मुक्त गर्नेछौँः प्रधानमन्त्री
भदौ २९, २०८१ शनिबार
होटललाई उद्योग सरहको मान्यता दिन्छौं : उपप्रधानमन्त्री पौडेल
भदौ २८, २०८१ शुक्रबार
अहिलेको सरकारले देशलाई सुशासन दिन्छ : नेता महत
भदौ २८, २०८१ शुक्रबार
उपसभामुख पद जोगाउन रविको हारगुहार, प्रधानमन्त्री ओलीसँग मिलेन कुरा
नेपालबहस संवाददाता
भदौ २६, २०८१ बुधबार
नेटोसँग रुसको युद्ध हुनसक्ने पुटिनको चेतावनी
भदौ २८, २०८१ शुक्रबार
सहकारी प्रकरणको छानविन प्रतिवेदनलाई अन्तिम रूप दिन संसदीय समितिले बोलायो गृहमन्त्री
भदौ २८, २०८१ शुक्रबार
माओवादी केन्द्रले बोलायो संसदीय दलको बैठक
भदौ २८, २०८१ शुक्रबार
बाल अधिकार संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री कार्की
भदौ २९, २०८१ शनिबार
डेढसय यात्रु लिएर काठमाडौं आउनुपर्ने निगमको न्यरोबडी दुबईमै थन्कियो
भदौ २९, २०८१ शनिबार
कस्तो छ आइसक्रिमको इतिहास ?
भदौ २९, २०८१ शनिबार
अधुरै रह्यो भुपेन्द्रको ‘शी लिड्स आइकन’ बन्ने सपना
भदौ २९, २०८१ शनिबार
काठमाडौंका यी स्थानमा आज विद्युत् अवरूद्ध हुने
भदौ २९, २०८१ शनिबार
झापामा चक्कु प्रहार गरी युवतिको हत्या
भदौ २९, २०८१ शनिबार