महामन्त्रीद्वयको प्रस्तावले देउवा संकटमा, आज पनि छलफलमा
नेपालबहस संवाददाता
भदौ १३, २०८१ बिहिबार १०:३४:१७
१३ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पनि महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापासँग छलफल शुरु गरेका छन् । सभापति देउवाले महामन्त्रीद्वयले पेश गरेको प्रस्ताव बारे केहीबेर अघि देखि देउवा निवास बुढानिलकण्ठमा छलफल शुरु भएको हो । यस अघि मंगलबार भएको छलफलमा महामन्त्री थापा र शर्माले आफ्नो प्रस्तावबाट पछि नहट्ने अडान लिए पछि निष्कर्षमा पुगेको थिएन ।
पार्टीको महासमिति बैठकमा महामन्त्री थापाले आगामी निर्वाचनदेखि कसैसँग पनि गठबन्धन गर्न नहुने र अर्का महामन्त्री शर्माले नेताहरु एक पटक राष्ट्रपति, दुई पटक प्रधानमन्त्री, तीन पटक मन्त्री र चार पटकभन्दा बढी सांसद बन्न नपाउने प्रस्ताव अगाडि सारेको विषयमा छलफल गर्न लागेका हुन् । पार्टी केन्द्रीय समितिमा महामन्त्रीद्वयको प्रस्तावमा छलफल जारी रहेका बेला सभापति देउवाले यस प्रस्तावलाई परिमार्जित गर्न चाहेको बुझिएको छ ।
महामन्त्री शर्माले अगाडि सारेको प्रस्ताव पारित भएमा देउवाका लागि अब प्रधानमन्त्री हुने बाटो बन्द हुने छ । सभापति देउवाले चुनावमा गठबन्धन गर्ने विषय नीतिगत नभएर पार्टीको रणनीतिक योजना भएकाले यसलाई अहिले नै निर्णय गरेर जान नहुने पक्षमा रहेका छन् । त्यस्तै देउवा पक्षले महामन्त्री शर्माले राखेको प्रस्ताव मान्य नहुने भन्दै सो प्रस्ताव फिर्ता लिनुपर्ने धारणा राख्दै आएका छन् । महामन्त्रीद्वयको प्रस्तावमा सहमति हुन नसक्दा मंगलबार बस्ने भनिएको केन्द्रीय समितिको बैठक भदौ १६ गते बोलाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसडक बालबालिकालाई २०८१ भित्रै सडकबाट मुक्त गर्नेछौँः प्रधानमन्त्री
भदौ २९, २०८१ शनिबार
होटललाई उद्योग सरहको मान्यता दिन्छौं : उपप्रधानमन्त्री पौडेल
भदौ २८, २०८१ शुक्रबार
अहिलेको सरकारले देशलाई सुशासन दिन्छ : नेता महत
भदौ २८, २०८१ शुक्रबार
उपसभामुख पद जोगाउन रविको हारगुहार, प्रधानमन्त्री ओलीसँग मिलेन कुरा
नेपालबहस संवाददाता
भदौ २६, २०८१ बुधबार
नेटोसँग रुसको युद्ध हुनसक्ने पुटिनको चेतावनी
भदौ २८, २०८१ शुक्रबार
सहकारी प्रकरणको छानविन प्रतिवेदनलाई अन्तिम रूप दिन संसदीय समितिले बोलायो गृहमन्त्री
भदौ २८, २०८१ शुक्रबार
बाल अधिकार संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री कार्की
भदौ २९, २०८१ शनिबार
डेढसय यात्रु लिएर काठमाडौं आउनुपर्ने निगमको न्यरोबडी दुबईमै थन्कियो
भदौ २९, २०८१ शनिबार
कस्तो छ आइसक्रिमको इतिहास ?
भदौ २९, २०८१ शनिबार
अधुरै रह्यो भुपेन्द्रको ‘शी लिड्स आइकन’ बन्ने सपना
भदौ २९, २०८१ शनिबार
काठमाडौंका यी स्थानमा आज विद्युत् अवरूद्ध हुने
भदौ २९, २०८१ शनिबार
झापामा चक्कु प्रहार गरी युवतिको हत्या
भदौ २९, २०८१ शनिबार