पहिरोले साँफे–मार्तडी सडक अवरुद्ध
नेपालबहस संवाददाता
भदौ १३, २०८१ बिहिबार १०:३९:०
१३ भदौ, अछाम । लगातारको वर्षाका कारण साँफे–मार्तडी सडक अवरुद्ध भएको छ । साँफेबगर नगरपालिका–१३ स्थित बुढाबगर पहिरो खस्दा सडक अवरुद्ध भएको हो । निरन्तर पहिरो खसिरहेकाले बाटो खुलाउन जोखिम बनेको हो । पहिरोका कारण बाजुराबाट धनगढी र धनगढीबाट बाजुरा जान लागेका यात्रुवाहक बस वारिपारि रोकिएका अछाम जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए ।
उनले पहिरो खस्ने क्रम रोकिएपछि सडक खुलाउने प्रयास गरिने बताउनुभयो । सडक अवरुद्ध भएसँगै बाजुराबाट बाहिरिने र भित्रिने सवारीसाधन रोकिएका छन् । योसँगै यात्रुले सास्ती खेप्नुपरेको छ । इलाका प्रहरी कार्यालय साँफेबगरका इन्चार्ज प्रहरी निरीक्षक खगेन्द्र साउदको कमाण्डमा प्रहरीको टोली पहिरोस्थलमा खटिएको जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपहिरोले कर्णाली राजमार्ग पुनः अवरुद्ध
भदौ २७, २०८१ बिहिबार
विश्व बैंकको सहयोगमा तीन सडक स्तरोन्नति गरिँदै
भदौ २७, २०८१ बिहिबार
स्थानीयवासी परिचालन गरी सडक स्तरोन्नति सुरु
भदौ २५, २०८१ मंगलबार
उपसभामुख पद जोगाउन रविको हारगुहार, प्रधानमन्त्री ओलीसँग मिलेन कुरा
नेपालबहस संवाददाता
भदौ २६, २०८१ बुधबार
नेटोसँग रुसको युद्ध हुनसक्ने पुटिनको चेतावनी
भदौ २८, २०८१ शुक्रबार
सहकारी प्रकरणको छानविन प्रतिवेदनलाई अन्तिम रूप दिन संसदीय समितिले बोलायो गृहमन्त्री
भदौ २८, २०८१ शुक्रबार
बाल अधिकार संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री कार्की
भदौ २९, २०८१ शनिबार
डेढसय यात्रु लिएर काठमाडौं आउनुपर्ने निगमको न्यरोबडी दुबईमै थन्कियो
भदौ २९, २०८१ शनिबार
कस्तो छ आइसक्रिमको इतिहास ?
भदौ २९, २०८१ शनिबार
अधुरै रह्यो भुपेन्द्रको ‘शी लिड्स आइकन’ बन्ने सपना
भदौ २९, २०८१ शनिबार
काठमाडौंका यी स्थानमा आज विद्युत् अवरूद्ध हुने
भदौ २९, २०८१ शनिबार
झापामा चक्कु प्रहार गरी युवतिको हत्या
भदौ २९, २०८१ शनिबार